कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५
462

ओट्टो फोन्सले, फ््रयाङ्क सिरिजमा अर्को नयाँ आकर्षक तथा स्टाइलिस फोन ओट्टो फ्रान्क ७ प्रस्तुत गरेको छ । ओट्टो फ्रान्क सिरिजअन्तर्गतको ओट्टो फ्रान्क डुयलले प्राप्त गरेको उल्लेखनीय प्रतिक्रिया र समर्थनसँगै ओट्टो फोन्सले फ्रान्क सिरिजमा नयाँ, आकर्षक तथा स्टाइलिस बजेट स्मार्टफोन मात्र ८,५९६ मा बजारमा पइने पनि जनाएको छ । ओट्टो फ्रान्क ७ नेपालको बजारमा अद्वितीय तथा सर्वश्रेष्ठ उत्पादन प्रस्तुति हो भन्दै कम्पनीले सम्पूर्ण ब्रस मेटल फिनिस, रियर फिङ्गरप्रिन्ट सेन्सरसहितको कर्भड बडी, कर्भड २.५ डी ग्लास अगाडि र पछाडि दुवैतिर फ्ल्याससहितको गुणस्तरीय क्यामरा भएको ओट्टो फ्रान्क ७ हातमा तथा पकेटमा सजिलोसँग अटाउने जनाएको छ