कारोबार संवाददाता
बुधवार, श्रावण १४, २०७७
1301

सामसङले ‘मेगा एक्स्चेन्ज अफर’ नामक नयाँ एक्स्चेन्ज अफर प्रस्तुत गरेको छ । कम्पनीले ल्याएको योजनाअनुसार ग्राहकले आफ्नो पुरानो स्मार्टफोनलाई नयाँ ग्यालेक्सी एस२० वा एस२०ं सँग साट्न सक्नेछन् ।
योजनाअनुसार पुरानो स्मार्टफोनसँग ग्यालेक्सी एस २०ं साट्दा ग्राहकहरुले तत्काल क्यास ब्याक वा सामसङ एलईडी टीभी प्राप्त गर्नेछन् । ग्राहकले ३२ इन्चको सामसङ एलईडी टीभी वा २२ हजार रुपैयाँको क्यास ब्याक मध्ये एक छनौट गर्न सक्नेछन् ।

ग्यालेक्सी एस२० को हकमा भने १९ हजार रुपैयाँ क्यास ब्याक प्राप्त हुने छ । यसबाहेक ग्राहकले थप आकर्षक उपहार पनि प्राप्त गर्न सक्नुहुने कम्पनीले जनाएको छ ।
यो योजना जुलाई ३१ तारिखसम्म लागू हुनेछ । यी फोनमा ६४ मेगापिक्सलको क्यामरा, दुवै फोनमा उच्चस्तरीय फोटो खिच्नको लागि सेन्सर राखिएको छ । दुवै फोनमा ३० गुणासम्मको जुम छ । सिंगल टेकले अनिवार्य रुपमा यसमा भएका सबै लेन्सको प्रयोग आफ्नो रियर क्यामरामा गर्दछ ।
यसमा ग्राहकले विभिन्न फम्र्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सक्नेछन् जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनः खिच्न आवश्यक हुँदैन । ग्यालेक्सी एस२० ८के भिडियो खिच्ने संसारको पहिलो स्मार्टफोन हो ।