कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
924

नेपालका उपभोक्ताहरुले अब चाँडै नै आकर्षक बन्डल सेवासहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाको लागि बुकिङ सुरु गरेको घोषणा गरेको छ ।
एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरिय र भरपर्दो वायरफ्री प्लस वाइफाइ सेवा ल्याउन लागेको जनाएको छ । यो सेवा लिनको लागि इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सक्नेछन् ।

सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरादेखि पूर्वको मोरङ, सुनसरी र धनकुटासम्म देशका विभिन्न ४० भन्दा बढी जिल्लामा यो सेवा उपलब्ध हुनेछ । विशेष योजना अन्तर्गत यो प्रि– बुकिङ सिमित अवधिको लागि मात्र ल्याइएको हो । हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवाले ग्राहकलाई इन्टरनेट सेवाको नयाँ अनुभव प्रदान गर्नेछ ।
आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याइसकेको छ ।‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ । व्यावसायिक उडान सुचारु भए एनसेलले श्रावणको तेस्रो हप्ताबाट यो सेवा सुचारु गर्नेछ ।