कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७
548

डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्यले खल्ती डिजिटल वालेटले मोबाइल एप र खल्ती डटकम वेबपेजमार्फत् कारोबार गर्ने ग्राहकका लागि ‘खल्तीको दुई गुणा अफर’ नामको प्रवर्धनात्मक योजना ल्याएको छ ।
यो योजना असार १७ देखि ११ दिनसम्म रहने कम्पनीले जनाएको छ । योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अवसर पाउने कम्पनीले जनाएको छ । बिजेताको वालेटमा खल्तीले ग्राहकले पठाएजति नै रकम जम्मा गरिदिने छ ।

विजेता नबन्नेहरूले आफूले पठाएजति रकम असार ३१ भित्र वालेटमै फिर्ता पाउने छन् । योजना अवधिमा १० रूपैयाँदेखि ५०० रूपैयाँसम्म पठाउनेको मात्र नगद दोब्बर हुने कम्पनीले जनाएको छ ।
योजनामा सहभागी हुनेले असार २७ सम्म आफ्नो ग्राहकको व्यक्तिगत विवरण (केवाइसी) प्रमाणित गरिसक्नु पर्ने र प्रवर्धनात्मक योजनामा ‘खल्ती’का सबै प्रयोगकर्ता साथै एजेन्टहरू पनि सहभागी हुन सक्ने जनाइएको छ । ११ दिनको अवधिमा रकम पठाउनेमध्ये ५० जना विजेताको घोषणा असार २८ मा गरिने जनाइएको छ ।