कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७
1133

सामसङले आफ्ना ४ स्मार्टफोन मोडलको मूल्य घटाएको छ । कम्पनीले नेपाली बजारमा ग्यालेक्सी १० लाइट, ए ७१, ए ५१ र ट्याब १०.१ को मूल्य कम गर्ने भएको हो । यसअघि ६७ हजार ५ सय ९९ रहेको सामसङ ग्यालेक्सी नोट १० लाइट अब ५८ हजार ९ सय ९९ मा उपलब्ध हुने भएको छ । कम्पनीले यो फोनमा ८ हजार ६ सय रुपैयाँ छुट उपलब्ध गराएको हो ।
ग्यालेक्सी नोट १० लाइटमा ट्रिपल क्यामेरा, ६.७ इन्चको एसएमोलेड डिस्प्ले, एयर एक्सन रहेको एस–पेन, सुपर फास्ट चार्जिङ भएको ४ हजार ५ सय एमएएच ब्याट्री र १ टीबीसम्म एक्स्पान्डेबल सुविधासहित १२८ जीबीको स्टोरेज छ । त्यसैगरी, खरिदकर्ताहरुलाई आकर्षित गर्न कम्पनीले ग्यालेक्सी ए ७१ र ए ५१ को पनि मूल्य घटाएको छ ।

अब ए ७१ को मूल्य ४९ हजार ९ सय ९९ कायम भएको छ । यसमा ६.७ इन्चको इन्फिनिटी–ओ–एसएमोलेडप्लस डिस्प्ले छ । जसले आकर्षक भिडियो क्वालिटी दिन्छ र साथै उत्कृष्ट ६४ मेगापिक्सेल क्यामेराले तस्बिरलाई जीवन्त बनाउँछ ।
फोनमा ६ हजार ३ सय रुपैयाँ छुट दिइएको हो । कम्पनीका अनुसार ग्यालेक्सी ए५१ को नयाँ मूल्य ३९ हजार ९ सय ९९ कायम गरिएको छ । ग्यालेक्सी ए ५१ मा ५.६ इन्चको इन्फिनिटी–ओ–एसएमोलेड डिस्प्ले छ । जसले आकर्षक भिडियो क्वालिटी दिन्छ भने ४८ इन्चको क्वाड क्यामेराले उत्कृष्ट फोटो र भिडियो खिच्छ ।
सामसङले ग्यालेक्सी ट्याब ए १०.१ मा २ हजार रुपैयाँ क्यासब्याक अफर ल्याएको छ जसकारण यसको मूल्य अब ३२ हजार २ सय ९९ रुपैयाँ कायम भएको छ । यसमा रहेको १०.१ एफएचडी डिस्प्ले र किड्स मोडका कारण यो बालबालिकाहरुको लागि उपयुक्त छ ।