कारोबार संवाददाता
बुधवार, असार १७, २०७७
564

दराजले ई–सेवासँग सहकार्य सुरु गरेको छ । दुई कम्पनीको सहकार्यसँगै उपभोक्तालाई भुक्तानी सहज हुने भएको हो । यसले चेक आउट प्रक्रियाको समय घटाउने र डिजिटल सुरक्षा अझै बलियो बनाउने विश्वास गरिएको छ ।
दराजमा ई–सेवा वालेट प्रयोग गर्न ग्राहकहरूले पहिले आफ्नो ई–सेवा खातालाई दराज एपसँग लिंक गर्नुपर्नेछ । लिंक भएपछि ग्राहकहरूले ओटीपीमार्फत किनमेल गर्न सक्नेछन् ।