कारोबार संवाददाता
सोमवार, असार १५, २०७७
520

मोबाइल एप रिचार्जरले कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा उपलब्ध गराउने भएको छ ।
आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको जनाएको छ । रिचाजर्रले यही असार १६ गते मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म एक घण्टाको अवधिमा कम्तिमा १० बोत्तल भिटामिन सीयुक्त डबल सी ब्रान्डको जुस अडर गर्नेहरुलाई निःशुल्क मास्क उपलब्ध गराउने भएको कम्पनीले जनाएको छ ।

उक्त सेल अवधिमा जुस अडर गर्दा रिचार्जरका प्रयोगकर्ताले एक हजार क्यास प्वाइण्ट भने रिडिम गर्नुपर्ने हुन्छ भन्दै कम्पनीले रिचार्जरको मोबाइल एप डाउनलोड गरी खाता सञ्चालन गर्नासाथ एक हजार क्यास प्वाइण्ट पाइने जनाएको छ ।
साबिकका प्रोयोगकर्ताको हकमा खातामा सञ्चित रहेको क्यास प्वाइण्ट रिडिम गरेर जुस किन्दा मास्क निःशुल्क पाइने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । “अहिले बजारमा १ वटा मास्कको मुल्य नै एक हजार रुपैयाँ भन्दा धेरै पर्छ । त्यहि भएर थाइल्याण्डमा उत्पादित उच्चगुणस्तरको इम्युनिटी बुस्टर जुस किन्दा मास्क सित्तैमा दिन लागेका हौं ।” अलाइभ ग्लाइडरले भने । यो अफरमा आउने अर्डरको डेलिभरी ढिलोमा ४८ घण्टामा गरिसक्ने रिचार्जरले जनाएको छ ।
मोबाइल, ल्यापटप तथा इलेक्टोनिक ग्याजेटेस्हरु भने अर्डर गरेको २४ घण्टा भित्रमा डेलिभरी हुने पनि रिचार्जरले जनाएको छ ।