कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७
715

लकडाउनका बेला घरमै बसिरहेकाहरुलाई मध्यनजर गरेर ज्ञान बढाउने उद्धेश्यका साथ क्यास क्वीज एप सञ्चालनमा आएको छ । होम सर्भिस नेपालले इनोभेशन वेभ ग्रुपसँगको सहकार्यमा डेभलप गरी सञ्चालनमा ल्याएको एप लोकसेवा तयारी गर्नेहरुलाई मात्र नभई सबैलाई उपयोगी हुने कम्पनीले जनाएको छ ।
लकडाउनमा घरमा बसिरहेकाहरुलाई मनोरञ्जन, ज्ञानको साथमा नगद उपहार समेत जित्न सक्ने गरी ‘क्वीज खेलौं नगद जितौं’ योजना सहित मोबाइल एप सञ्चालनमा ल्याइएको होम सर्भिस नेपालका प्रबन्ध निर्देशक दामोदर श्रेष्ठले जानकारी दिए ।

लकडाउनका कारण विद्यालय तथा कलेज जान नपाएका विद्यार्थी, लोक सेवाको तयारी गरिरहेकाहरु लगायतलाई एप उपयोगी हुने श्रेष्ठले बताए । क्यास क्वीजमा सहभागी भएर जितेको नगद उपहारले मोबाइल टपअप गर्न सकिने छ । एपमा प्रश्नोत्तर खेलका आधारमा एक पटकमा एक हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म जित्न सकिने छ ।
केहि समय पश्चात नगद उपहारको सीमा ५० हजार रुपैयाँसम्म पु¥याउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।