कारोबार संवाददाता
मंगलबार, चैत्र २५, २०७६
486

नोकियाले हाल कोरोना भाइरसले सिर्जना गरेको परिस्थितिका कारण आफ्नो रिपेयर एन्ड रिटन्र्स् सेवा(मर्मत तथा अन्य सेवा)को वारेन्टीमा ४५ दिनको म्याद थप गरेको जानकारी दिएको छ । तसर्थ यस कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै ग्राहकहरूमाझ आफ्नो बाचालाई कायम राख्न, आफ्ना ग्राहकवर्गहरूका लागि नोकियाफोनको वारेन्टी अवधी थप ४५ दिनका लागि लम्ब्याएको छ । यो समय अवधि १५ मार्च, २०२० देखि १५ अप्रिल, २०२० सम्म वारेन्टी म्याद समाप्त भएका फिचर फोन तथा स्मार्टफोनहरूको वारेन्टीमा लागू गरिएको छ । उदाहरणका लागि, यदि प्रयोगकर्ताको फोनको वारेन्टी म्याद १५ मार्च, २०२० मा समाप्त हुन्छ भने नयाँम्याद समाप्ति ३० अप्रिल, २०२० हुने कम्पनीले जनाएको छ । नोकिया मोबाइलको नेपालका लागि आधिकारीक वितरक टेलिटक प्रालिका अनुसार नोकिया फिचर फोनहरू तथा नोकिया सी१ स्मार्टफोनमा ३६५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टीको सुबिधा दिँदै आएको जानकारी दिएको छ ।