कारोबार संवाददाता
बुधवार, चैत्र १२, २०७६
555

दर्शकद्वारा अत्याधिक रुचाइएको लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ अब डिसहोम सिनेमाघर च्यानल नं. १०८ मा भव्य प्रदर्शन भइरहेको कम्पनीले जनाएको छ । ग्राहकहरूको मनोरञ्जनलाई ध्यानमा राखेर विगत तीन वर्षदेखि सिनेमाघर १०८ सञ्चालन गर्दै आएको डिसहोमले केही समय अगाडि सिनेमाघर ८८८ पनि सञ्चालनमा ल्याएको भन्दै कम्पनीले यी दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने गरेको जनाएको छ । डिसहोमले सञ्चालनमा ल्याएको सिनेमाघरमा सिनेमा हलको पहुँच नभएका दूरदराजका ग्राहकहरूले छानिछानी नयाँ–नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने पनि जनाएको छ ।