कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६
446

सिजी टेलिकमले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केही दिनअघि दिएको अभिव्यक्तिको खण्डन गरेको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री बाँस्कोटाले गत बिहीबार सीजी टेलिकमले १ करोड १८ लाख अमेरिकी डलर अनुदान पाए पनि त्यसको शर्त पालना नगरेको र सरकारले अनुसन्धान गर्ने बताएपछि सीजीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीको भनाइको खण्डन गरेको हो ।
सीजी कम्युनिकेसन प्रालिका प्रवक्ता मधुसूदन पौडेलले केही सञ्चारमाध्यममा कम्पनीले १ करोड १८ लाख अमेरिकी डलर अनुदान लिएको बारे प्रकाशित समाचारप्रति आफूहरुको ध्यानाकर्षण भएको बताए । “उक्त अनुदान तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले पूर्वाञ्चलको ग्रामीण क्षेत्रमा दूर सञ्चार सेवा पु-याउन विश्व बैंकबाट पुँजीगत अनुदान प्राप्त गरेको हो,” विज्ञप्तिमा भनिएको छ, “यो अनुदान उपहार दिइएको होइन, शर्तअनुसार कार्यप्रगति र मापदण्डहरु पूरा भएपछि पाँच किस्तामा उक्त रकम निकासा गरिएको हो ।”
सीजी टेलिकमसँग सञ्चारमन्त्रीले मागे १ करोड डलर अनुदानको हिसाबकिताब पौडेलका अनुसार एसटीएमले तोकिएको समय र क्षेत्रमा १४ सय पीसीओ स्थापना गरी उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दूरसञ्चार प्राधिकरणले सन् २००७ अप्रिल २ मा सम्पन्नताको प्रमाणपत्र जारी गरेको थियो । त्यसपछि मात्र कम्पनीले सन् २०१३ मा एसटीएम खरिद गरेको कम्पनीको भनाइ छ ।