कारोबार संवाददाता
शुक्रवार, पुष २५, २०७६
610

दक्षिण कोरियाली कम्पनी सामसङले बाह्य विज्ञहरू सम्मिलित अपराधिक गतिविधि पत्ता लगाउन एक प्यानल गठन गरेको छ । सामसङ नेता उत्तर कोरियाली राष्ट्रपति पार्क गेयुन हाइलाई घुस दिएको विवादमा फसिरहेको छ ।
सामसङका उपाध्यक्ष जे वाइ लीको घुस मुद्दा हेरिरहेको एक न्यायाधीशले गत अक्टोबरमा यो कम्पनीको आलोचना गरेको थियो । यो कम्पनीले यस्ता गलत गतिविधिलाई रोक्न कुनै प्रभावकारी प्रणाली नभएको भनी न्यायाधीशले गरेको आलोचनापछि कम्पनीले समिति गठन गरेको हो ।

सामसङको त्यो समितिमा सर्वोच्च अदालतका पूर्व न्यायाधीशले नेतृत्व गर्ने यसबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
यो प्यानलले फेब्रुअरीदेखि काम शुरू गर्नेछ । यो प्यानलले ७ जना बाहिरका विज्ञहरूको सहयोगमा गर्नेछ ।