कारोबार संवाददाता
शुक्रवार, मंसिर २०, २०७६
365

चार वर्षदेखि गुगलका प्रमुख कार्यकारी (सीईओ)को जिम्मेवारीमा रहेका सुन्दर पिचाइ गुगलको माउ कम्पनी अल्फाबेटका नयाँ सीईओ बनेका छन् । विश्वभरका नियामक निकायले कम्पनीबारे अनुसन्धान अगाडि बढाउने भएकाले पिचाइ अल्फाबेटको सो ‘हट सिट’मा बसेका छन् ।
अमेरिकी राजनीतिज्ञहरूले यो नियम तोडिएको आरोप लगाइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका प्रतिस्पर्धीहरूले यसमा साथ दिएको आरोप लगाएका छन् । कम्पनीका संस्थापक ल्यारी पेज र सर्जेइ ब्रिनसँगै पिचाइ अतिरिक्त सीईओको रूपमा बस्ने भएका छन् । लामो समयसम्म अल्फाबेटका सीईओ र अध्यक्ष रहेको ती दुई जनाले यो जिम्मेवारी अरूलाई दिने बेला आएको बताएका छन् ।

सिनेटमा सुनुवाइको विषय लिएर यो निर्णय गरिएको भनाइलाई संस्थापक पेजले अस्वीकार गरे । कम्पनीका कार्यकारी अध्यक्ष एरिक स्कमिडटले दुई वर्ष अघि कम्पनी छोडेका थिए । उनले कम्पनीलाई वासिङ्टनमा व्यवस्थित बनाएका थिए । उनको बहिर्गमनबाट कम्पनीमा एक रिक्तता देखिएको थियो ।
अल्फाबेटका शेयरधनी तथा सनफ्रान्सिस्कोस्थित बेकर अभेन्यु असेट म्यानेजमेन्टका प्रमुख लगानी रणनीतिकार किङ लिपले कम्पनी रूपान्तरण भइरहेको र राजनीतिक तथा नियामक क्षेत्रको आक्रमणका क्रममा कम्पनीको पहिचान बदलिरहेको बेला नयाँ सेटको आवश्यकता भएको बताए । पिचाइ यो जिम्मेवारीका उपयुक्त व्यक्ति भएको उनले जनाए ।
एप्पलका प्रमुख कार्यकारी टिम कुकले अमेरिकी राष्ट्रपतिसँग नियमित तथा हार्दिकतापूर्वक बैठक गरेर सिलिकन भ्यालीको सफलतालाई एक मानक कायम गरेको देखिएको कतिपयको बुझाइ छ । ट्रम्पले पटक पटक गुगल लगायतका कम्पनीहरू माथि आफू विरूद्ध विभेद गरेको आरोप लगाउँदै आएका छन् । पिचाइ आफै मार्च र जुलाइमा ट्रम्पसँग भेटेका थिए । दुईको बैठक राम्रो भएको देखियो । मार्च र अगस्टमा ट्रम्पका टिव्टमा बोली फेरिएको देखियो ।
पिचाइलाई अल्फाबेटको नयाँ सीईओ बनाइएको विषयमा अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ताले टिप्पणी गर्न इन्कार गरेका छन् । गुगल विरूद्ध अमेरिकाको न्याया विभागले विश्वास गुमाएको विषयमा अनुसन्धान गरिरहेको छ ।