कारोबार संवाददाता
सोमवार, मंसिर १६, २०७६
376

वल्र्डलिंक कम्युनिकेसनले दक्षिण एसियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अबधिभर उच्चगतिको इन्टरनेट निःशुल्क उपलब्ध गराउने भएको छ । प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरबाट लगइन गरेर एक जीवी डाटा दैनिक रूपमा निःशुल्क प्रयोग गर्न पाउने छन् ।
वल्र्डलिंकले यसका लागि फेसबुकको प्लेटफर्म एक्स्प्रेस वाइफाईसँग सहकार्य गरेको छ । काठमाडौं र पोखरामा डिसेम्बर १ देखि १० सम्म हुन गइरहेको यस १३ औं एसियाली खेलकुदमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन् । यसमा नेपाल, मालदिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ७ देशका खेलाडीले भाग लिनेछन् । मुख्य खेल हुने स्थान दशरथ रंगशाला, त्रिपुरेश्वर कभर्डहल, सातदोबाटो स्पोर्टस कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला, पोखरा कभर्डहलमा वल्र्डलिंकको निःशुल्क वाइफाई उपलब्ध हुनेछ ।