कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
447

हजारौं माइल टाढा बसेकी मायालुले स्नेहपूर्ण अंगालोको महशुस खोजेका बेला त्यस्तो अनुभव गराउन सक्ने गरी कृत्रिम छालाको विकास गरिएको छ । यो कृत्रिम छालाले स्पर्शको संवेदना यसलाई लगाएका व्यक्तिहरुलाई गराउँछ ।
इन्टरनेटबाट सँगै बसेर भावना साटेको महसुस गर्न सकिने गरि विकास गरिएको यो नयाँ आविश्कार पनि हो । “स्याबास छोरा, स्याबास छोरी” भनेर पिठ्युँ थपथाएको आत्मियता महशुस गराउन सक्ने अनलाइन गेम फोर्टनाइटका विकासकर्ता वैज्ञानिकहरू बताउँछन् । सोफि कर्टिसले जनाएअनुसार यसलाई छालासहितको अवास्तविक यथार्थ प्रणाली वा ‘एपिडर्मल भीआर सिस्टम’को रूपमा व्याख्या गरिएको छ । कृत्रिम छालाबाट बनेका ६ इन्च वर्गाकार पातलो सिटमा बनेको यो नरम, लचकदार वस्तुबाट बनेको हुन्छ । यसमा ३२ वटा थर्किएर गति दिने प्राविधिक वस्तु ‘अक्टुएटर’जोडिएका हुन्छन् । हरेक अक्टुएटरले स्वतन्त्ररूपले छुट्टै हुने स्थानका छालामा स्पर्श उत्पन्न गराउन सक्ने गरी मिलाइएको हुन्छ ।

ब्याट्री र तार बिना छालाको बाटुलो सतहमा कृत्रिम छाला सहजतापूर्वक टाँसिन सक्ने कुरो नर्थवेस्टर्न युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले जनाएका छन् । मानव स्पर्शले उपचार टाढाबाट दिन सकिने देखिएको छ । अनुसन्धानकर्ता योङगाङ हुआङले भर्चुअल र अगमेन्टेड रियालिटीको घेरा र सक्षमतालाई विस्तार गरिँदै गरिएको छ ।
एपिडर्मल भीआर सिस्टमको परीक्षणमा अमेरिकी सेनाका गारेट एन्डर्सनले सहयोग गरेका छन् । उनले इराक युद्धमा दाहिने हात गुमाएका थिए । यो उपकरणको प्रयोगबाट दाहिने हातले बालबालिकासँग नयाँ ढंगबबाट अन्तरक्रिया गर्न सक्ने भएको अनुभव उनको छ । एक बालिकाले आफ्नो हजुरआमाको सुम्सुम्याइ अनुभव गरेका छन् ।
प्राजेक्टका अगुवा प्रोफेसर जोन रोजर्सले यो वायरलेस सिस्टमका आधारमा बनेको स्पर्श संवेदना कुनै पनि भर्चुअल रियालिटीले अनुभव गर्न सक्छ । रोजर्स बायोमेट्रिक प्रविधिका अगुवा छन् । अक्टुएटरहरू १२ मिलिमिटरदेखि १८ मिलिमिटरसम्मको हुन्छ भने यसको मोटाई २.५ मिलिमिटर र वजन १.४ ग्राम हुन्छ । सिलिकन पोलिमर नामको यो वस्तु छालामा बिना कुनै टेप वा स्ट्राप नै टाँसिन्छ ।
स्मार्टफोनमा विद्युतीय भुक्तानीका लागि प्रयोग गरिने प्रविधिको माध्यमबाट नै यो डिभाइसले संवाद गर्छ । यो विषय नेचरमा सार्वजनिक गरिएको छ । वायरलेसको यो विधिबाट भुक्तानी योजनाका लागि ब्याट्रीको आवश्यकता हराएर जान्छ । यो डिभाइस वजन, आकारका आधारमा हलुङ्गो हुन्छ । अंग गुमाएकाहरूले यसको प्रयोगबाट अंगको अनुभव लिन सक्नेछन् ।
हात गुमाएकाको औंलाको अनुभव यो संवेदना विधिबाट माथिल्लो भागबाट जोडिएर अनुभव दिन्छ । नक्कली अंगबाट कसरी एक कप तातो कफीको संवेदना पुग्न सक्ने छ । यो डिभाइस साह्रै पातलो भएकोले यसलाई लुगामा जोडेर पनि राख्न सकिन्छ ।
प्रविधि क्षेत्रमा महत्वपूर्ण उदाउँदो क्षेत्र भनेको भर्चुअल रियालिटी भएको रोजर्सको भनाइ छ । यो विधिमा हामी आँखा र कानको प्रयोग गर्न खोजिरहेका छौं । छालाको सम्बन्ध संवेदनासँग हुन्छ । मानिसको संवेदनाको मूल्य गहिरो हुन्छ ।