कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६
383

एनसेल प्राइभेट लिमिटेडले हाल सञ्चालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजनाअन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (पिओएस)-खुद्राबिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । खुद्राविक्रेताहरूले एक कार्यक्रममाझ सोमबार सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ मसिन पाएका छन् । रिजन डेरी (बसपार्क), ओम साई रामकम्युनिकेसन (मनमैजु), सार्प सोलुसन (कलंकी), टीआरएल इलेक्ट्रोनिक सप (नयाँबजार), एमके स्टोर (सतुंगल), डीआर भिजन सेन्टर (ठमेल, पीपलबोट) र श्रीपशुपति इन्टरप्राइजेज् (नयाँबजार) गरी सात खुद्राविक्रेताहरूले यस योजनाअन्तर्गत २४ क्यारेटको १—१ तोला सुन पुरस्कार पाएका छन् । यी पीओएस-खुद्रा बिक्रेताले यो योजनाको ‘गोल्ड’ समूहअन्तर्गत सुन पुरस्कार जित्न सफल भएको कम्पनीले जनाइएको छ । यस्तै, सिल्भर समूहअन्तर्गत चार खुद्रा बिक्रेताहरू राना स्टोर (मिलन टोल), एनबीटी मोबाइलमर्मत सेन्टर (जोरपाटी), राज इन्टरनेसनल ट्रेडर्स (सामाखुसी) र बिकी इलेक्ट्रोनिक्स् (इमाडोल) ले माउन्टेन बाइक साइकलजित्न सफलभएका छन् ।
त्यस्तै न्यू कन्काई स्टोर (नयाँबानेश्वर) र सरस्वती खाद्य स्टोर (भैंसेपाटी) ले १—१ थान ल्यापटप जित्न सफल भएका छन् । यसै समूहअन्तर्गत दामोदर फ्रेम पसल (बालाजु) ले वासिङ मसिन जितेका छन् । यस योजनाअन्तर्गत यी १४ खुद्रा विक्रेताहरूलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ, प्रख्यात क्रिकेट खेलाडी सन्दिप लामिछाने, कलाकार प्रियंकाकार्की र गायक शिव परियारले संयुक्त रूपमा सोमबार पुरस्कार हस्तान्तरण गरेका थिए ।