कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६
407

एप्पलको प्रोडक्टको नेपालका लागि आधिकारिक विक्रेता इभोस्टोरले नेपालमा नयाँ आइफोन ११ र ११ प्रो प्रवर्तन गरेको छ, जसले नयाँ परिवर्तन प्रदान गर्दै विश्वको सबैभन्दा लोकप्रिय स्मार्टफोनलाई अझ शक्तिशाली बनएको छ, जसले गर्दा सुविधाहरूमा सुधार गरेको छ ताकि व्यक्तिहरूले दिनभरिको बिभिन्न लोड सुविधाहरूको साथ धेरै प्रयोग गर्न सक्छन् ।
नयाँ आइफोनको साथ इभोस्टोरले बिभिन्न इभोस्टोर एक्सक्लुसिवअफर पनि पेस गरेको छ । इभोस्टाको एप्पलको प्रोडक्ट समर्पित शोरूम लबिममहल, शेर्पा महल, मर्कन्टाइल प्लाजा, मिड टाउन ग्यालरिया र होटल तिब्बत इन्टरनेसनलमा छ ।

एप्पलले आइफोन ११ मा डुअल क्यामेरा प्रणाली र आइफोन ११ प्रो मा ट्रान्सफार्मेटिव ट्रिपल क्यामेरा प्रणाली ल्यएको छ । नयाँ आइफोन ११ बैंगनी, हरियो, पहेंलो, कालो, सेतो र नयाँउत्पादन (रेड) र आइफोन ११ प्रोमाचार भव्य फिनिसका साथ सुन्दर नयाँ मिडनाइट ग्रिनसहित उपलब्ध छ ।
नयाँआइफोन ११ र प्रोको प्रि बुकिङ २९ कात्तिक २०७६ देखि सुरु भएको छ । पहिलो १०० प्रि बुकिङ ग्राहकहरूले निस्शुल्क ब्याक कभर र टेम्पर्ड ग्लास प्राप्त गर्ने छन् र पहिलो ५० ग्राहकले फ्रि बेल्कीन वायरलेस चार्जर प्राप्त गर्ने छन् । मंसिर २०७६ देखि सबै इभोस्टोर शोरूममा उपलब्ध हुने छन् । इभोस्टोरले आफ्ना ग्राहकहरूलाई देशको वित्तीय संस्थासँगको सहकार्यमा सजिलो फिनन्सिङ प्रदान गरेको छ ।