कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
820

स्मार्टफोन बजारमा एकातिर कम मूल्यमा फ्ल्यागशीप फोन बजारमा ल्याउन कम्पनीहरूबीच प्रतिस्र्धा हुने गरको छ भने अर्को प्रतिस्पर्धा क्यामराको गुणस्तरमा छ । धेरै मेगापिक्सेलको क्यामरा ल्याउने प्रतिस्पर्धाकाबीच चिनिया ब्राण्ड साओमीले १०८ मेगापिक्सेलको क्यामरासहितको मोबाइल सार्वजनिक गरेको छ ।
क्यामरालाई प्रमुख प्र्राथमिकतामा राखेर हालै सार्वजनिक गरिएको शाओमीसीसी९ प्रो विश्वकै पहिलो १०८ मेगापिक्सेलको क्यामरासहितको स्मार्टफोन भएको दाबी कम्पनीको छ । सार्वजनिक गर्नु अघि नै चर्चा कमाइसकेको यो स्मार्टmफोनमा१०८ मेगापिक्सेलको पेन्टा लेन्स, कभ्र्ड डिस्प्ले, अधिक पावरयुक्त ब्याट्री र शक्तिशाली प्रोसेसरसमेत छ ।

फोटोग्राफीका लागि यसमा पेन्टा रियर क्यामरा सेटअप अर्थात पाँच क्यामरा राखिएको छ । जसमा मुख्य क्यामरा १०८ मेगापिक्सेल आईएसओसेल एचएमएक्स सीमोस सेन्सर प्रयोग गरिएकोछ । यो क्यामरा सेन्सरले खिचेको फोटोको आकार २० एमबीभन्दा बढि हुन्छ । यसमा १२ मेगापिक्सेलको १० एक्स अप्टिकजुमसहितको सेन्सर तथा ५ मोगपिक्सेल, २० मेगापिक्सेल र २ मेगापिक्सेलको क्यामरा सेटअप पनि छन् । यो स्मार्टफोनबाट जुम गरेर फोटो खिच्दा पनि फोटोको गुण्स्तरमा कमी नआउने दाबी कम्पनीको छ ।
कभ्र्ड डिमाइयनको स्मार्टफोनमा ६.४७ इन्चको एमोलेड फूलएचडी प्लस डिस्प्ले, गोरिल्ला ग्लास ५ बाट संरक्षित, अन स्क्रीन फिंगरप्रिन्ट स्क्यानर, क्वालकम स्न्यापड्रागन ७३०जी चीपसेट, ६ जीबी -याम र ८ जीबी र्याम तथा १२८ जीबी र २५६ जीबी आन्तरिक स्टोरेजको अप्सन लगाएत यसका विशेषता हुन् । शाओमीको सीसी ९ प्रो स्मार्टफोन एन्ड्रोयड ९ पाईमा आधारित एमआईयूआई ११ यूआईसहित आउाछ भने यसमा फोरजी भोल्टे, वाईफाई, ब्लूटूथ ५.०, जीपीएस, यूएसबी टाइप सी र ३.५ एमएमको हेडफोन ज्याकसहित आउँछ ।
साओमीको यो स्मार्टफोनमा ५,२६० एमएएचको ३० वाटको फास्ट चार्जिंग सपोर्ट सहितको व्याट्रि यसको अर्को सबल पक्ष हो । कम्पनीका अनुसार ६ जीबी -याम र १२८ जीबी स्टोरेज अप्सनको मूल्य मूल्य २ हजार ७९९ यूआन तथा ८ जीबी -याम र २५६ जीबी स्टोरेज भेरिएन्टको मूल्य ३ हजार ९९ यूआन र ८जीबी -याम र २५६ जीबी स्टोरेजको एक्सक्लूसिभ एडिसनको मूल्य ३ हजार ४९९ यूआन तोकेको छ । यो स्मार्टफोन नोभेम्बर ११ तारिखको मध्यरातदेखि चीनमा बिक्रीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।