कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
277

महिलावादी आन्दोलनको विद्यमान अवस्था र प्रगतिका बारेमा विश्वभर बहस र चर्चा भइरहेका छन् । महिलाहरूमाथिको शोषणको अन्त्य र महिलाहरूको भूमिकाबारे झण्डै १ सय वर्ष पहिले जर्मनकी माक्र्सवादी क्लारा जेत्किनले उतिबेलाको समाज र बुर्जुवा व्यवहारलाई देखेर भनेकी थिइन् “सर्वहारा वर्गकी महिलाले पुरूषसँग हातमा हात मिलाएर पुँजीवादी समाज विरूद्ध लड्ने गर्छिन चाहे तिनीहरू वर्गसंघर्षको मोर्चामा होउन वा दैनिक जीवन व्यवहारमा होउन, पुरूष र दुबै महिला एका अर्काका पूरक हुन् ,अर्कोको सहयोग बिना एक्लै कोही सफलता प्राप्त गर्न सक्दैनन् ।”
सूचना प्रविधिको विकासले नेपाललगायत तेस्रो मुलुकको तुलनामा विकसित मुलुकका समाजलाई अकल्पनीयरूपमा परिवर्तन गरिहेको छ । महिलाहरूको हक अधिकारका लागि माक्र्सवादी आन्दोलनको प्रभाव भन्दा तेस्रो मुलुकका देशमा पनि महिलावादी (फेमिनिज्म)को प्रभाव बढी नै रहेको पाइन्छ ।

सूचना प्रविधिको विकासका साथै उन्नत देशको रूपमा चिनिएको पश्चिमा आधुनिक समाजमा पुरूषहरूको अवस्थाबारे बहस हुन थालेको छ ।पुरूषार्थ, पौरख वा पुरूषत्वको संकट आधुनिक पश्चिमा समाजमा टडकारोरूपमा उठन थालेको छ । त्यहाँ पुरूष हुन के गर्नुपर्छ भन्ने सवाल सूचना प्रविधिको विकासले थप बलियो गरी उभ्याइ दिएको छ ।
महिलाका अगाडि सज्जनता तथा शिष्टता व्यवहारबाट प्रस्तुत गर्ने व्यक्तिले ढोका खोलेमा वा महिलाका लागि छोडि दिने व्यवहार दर्शाएमा त्यस्ता पुरूषहरूलाई गाउँले सुधोलाटो पुरूषकोरूपमा लिइने गरेको पाइन्छ । जब महिला विरूद्ध रूखो व्यवहार गर्ने वा मदिराको केही घुटको लिएकाले महिला बारे राजनीतिकरूपमा गलत खाले चुटकिला प्रस्तुत गर्ने पुरूषलाई पितृसत्ताको धङधङी बाँकी रहेका उदण्डको रूपमा लिने गरिन्छ ।
सारमा भन्नु पर्दा महिला अभियानीहरू मध्येका सर्वाधिक प्रखर महिलावादीको चाहना समाजको असल र खराब दुबै क्षेत्रमा पुरूषहरूले दर्शाउने सबै गुण दोषलाई समाप्त पार्नु रहेकोमा देखिन्छन् ।
पश्चिमा समाजमा महिलावादी आन्दोलन र विद्यमान अर्थव्यवस्थाको प्रभावको असरमा अग्रसर भइरहेको समाजको अध्ययन गरिरहेका तथा
चिकित्सा , विज्ञान र प्रविधिको क्षेत्रमा सामाजिक टिप्पणी गर्ने मेडिकल डाक्टर तोमास्ज पियरसिओनेकको यस्तो बुझाइ रहेको छ ।
पश्चिमा समाजको अवस्थाले विश्लेषण गर्दै उनी भन्छन् “गोरो मानिसहरूको कुनै समूहले मात्र कुनै बाधा अवरोध गर्दैन् । त्यो समूहलाई महिला, अल्पसंख्यक जनजाति र बहुसंख्यक गोरो मानिसहरूको तुलनामा कम बाधाअवरोधको सामना गरेको सत्य हो भने बाँकी जनसमुदायलाई ज्यालादेखि ज्यालासम्म बाँच्न संघर्ष गरिरहनु परेको हुन्छ ।”
सूचना प्रविधिको उच्च विकास भएका पश्चिमा विकसित तथा प्रभावशाली देशहरूमा, वर्गहरूबीचको फरकपना वा विशेषाधिकार उही वर्गका पुरूष तथा महिलाबीचको फरकपना वा विशेषाधिकारमा धेरै ठूलो अन्तर रहेको पाइन्छ ।
विगतमा कामगरी खाने वर्गका पुरूषहरूसँग स्थायी रोजगार हुन्थ्यो र उनीहरूले त्यसको आधारमा जेनतेन आफ्ना परिवारलाई पाल्दथे । स्थायी रोजगारको ह्रास भयो र यसले कम ज्याला र असुरक्षित रोजगारको अवस्था निम्त्यायो । यसले आम पुरूषको पहिचान,आत्मसम्मान र गौरवको बोधलाई चिराचिरा पारिदियो । पुरूषको पहिचानको सवाल वर्गको मुद्दा जस्तै लैङ्गिक राजनीतिको एक मुद्दा छ ।
अमेरिकाको मनोवैज्ञानिकहरूको संगठन ‘अमेरिकन साइकलजि असोसिएसन’ले हालै निकालेको निर्देशिकामा परम्परागतरूपमा बुझिने पौरख,पुरूषार्थ वा पुरूषत्वको बुझाइका बारे सचेत गराएको छ । परम्परागतरूपमा पुरूषत्वका गुणदोषमा ‘हठीपना’ ‘प्रतिस्पर्धात्मकता’ ‘वर्चस्वता’ र ‘आक्रमकता’रूपमा बुझिन्छ ।
पुरूषका बारेमा भनिने वा बुझिने यी तत्वहरू आफैंमा दुईधारे तरवार भएको कतिपयको बुझाइ रहेको छ । इतिहासको खास खास समयमा पुरूषका यी तत्वले आवश्यक भूमिका खेलेको पाइन्छ । डाक्टर तोमास्जले जनाए अनुसार अमेरिकन साइकलजि एसोसिएसनको यो निर्देशिकाकोे मस्यौदा लेखनमा सघाउने एक मनोवैज्ञानिकका अनुसार हठीपना र आत्म बलिदान जस्ता गुण निसन्देह निर्णायक भएको थियो होला ।
ढुङ्गे युगको उदाहारण लिँदा जंगली जनावरको शिकारका बेला यस्ता गुणको अभाव भए परिणाम तिनका लागि खतरनाक हुन सक्थे होलान । झन् द्वितीय विश्वयुद्धका बेला पूर्वी मोर्चाको लडाइमा यस्तो गुणको अभाव भएको भए परिणाम खतरनाक हुन सक्ने बुझाइ रहेको पाइन्छ ।
मनोवैज्ञानिक गुण महिला र पुरूषमा अलि फरक खालको रहेन गरेको पाइन्छ । कम बोलेर आफ्ना चाहनालाई जोगाएर राख्न चाहने पुरूषको स्वाभाव हुन्छ भने महिलाले जतिखेर पनि भावनात्मक हुन सक्ने गरेको बुझिएको उनको भनाइ छ ।
पुरूष र महिलाले काम गर्ने ,सोच्ने र संवाद गर्ने बाटो फरक खालको हुन्छ भन्ने बुझाइ महत्वपूर्ण विषय हो । सकारात्मक तथा नकारात्मक गुणदोषमा पुरूष र महिला दुबैको उचित साझेदारी रहेको पाइन्छ । उनीहरूमा कागम गर्ने , सोच्ने वा संवाद गर्ने विषयमा हुने वा देखिने मतभिन्नता उनीहरूको आवश्यक कमी नभएको बुझ्नु पर्छ । सम्भव भएसम्म एक अर्काको पूरकको रूपमा यसको समान मूल्यांकन गर्नुपर्छ । लैङ्गिक तटस्थतातर्फको यो विषयलाई धकेल्नु हुँदैन् । यसले एकअर्काको पूरकको बुझाइले स्वीकार गर्नुको साटो त्यसलाई धुमिल पार्ने काम गर्छ ।
डाक्टर तोमास्जले यो परिदृश्यलाई प्रस्तुत गर्दै भन्छन् –“ त्यसो भए पुरूषका लागि अगाडि के छ त ? अरूले तय गरिदिएको भूमिका पुरूषले स्वीकार गर्ने हो वा परिचित सहजतामा फर्कि बस्ने हो वा नकारात्मक गुण तर्फ जाने हो ?”
सूचना प्रविधिको विकासले त झन् विकसित पश्चिमा देशहरूमा अहिलेको अवस्था समाजको बढदो महिलावादीकरण र पुरूषको पहिचानको विघटनबीचको अवस्था हो । ठीक त्यसैगरी प्रतिगामी र ध्वंसकारी महिला विरोधी विचारलाई बढावा दिएर यो खालीपनलाई भर्ने अवस्था हो । अझ नराम्रो विषय भनेको दुबै पक्षबाट चरमपन्थी विचार फैलाइएको छ जसले भिन्नता भन्दा समानताका आधारमा दुई समूहबीचको एकतालाई रोक्ने काम गरिरहेको छ । नेपालसहितको तेस्रो मुलुकले सूचना प्रविधिको विकाससँगै बगेर आउने समानताका आधारमा दुई समूहबीचको एकताले निर्माण गर्ने नयाँ समाज विरोधी विचारबारे सजगता अपनाउने सही समावेशी लोकतान्त्रिक गणतान्त्रिक विधिको खोजीका लागि बहस चलाउनुपर्ने आवश्यकतालाई अन्यथा मान्न सकिन्न् ।सूचना प्रविधिको विकासले महिला पुरूषको मैथुनबाट प्रजनन हुने सम्भावना समेतलाई चुनौती थपेको कपितयको बुझाइ छ । हुनत यो विकासले आम मानिसको सोचाइलाई धेरै पछि छोडिरहेको बुझाइ पनि रहेकै छ । तर पनि पश्चिमा देशमा सूचना प्रविधिको विकासले निम्त्याएको पुुरूषार्थको संकटका सवालबाट सिक्नुपर्ने पाठ सूचना प्रविधिको विकासका लागि सिक्नुपर्ने एक पाठ हुनेछ ।