कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६
575

टर्कीका अधिकारीहरूले फेसबुकलाई कानुनले संरक्षण गरिएका डेटा उल्लंघन गरेको अभियोगमा २ लाख ८२ हजार अमेरिकी डलर बराबरको जरिबाना तोकेको छ । यो टर्कीका लागि १६ लाख लिरा बराबर रहेको छ ।
निजी डेटा संरक्षण बोर्डले करिब ३ लाख मानिस यसबाट प्रभावित भएको जनाइएको छ । फेसबुकले यस्तो अभियोग अमेरिकामा पनि खेपिरहेको छ । फेसबुकले क्याम्ब्रिज एनलाइटिकालाई फेसबुकका उपभोक्ताको डेटा उपलब्ध गराएको थियो । यो कानुन अनुसार निषेध गरिएको थियो । तर यसको उपयोग तेस्रो पक्षले गर्न पुग्यो । टर्कीको यो बोर्डले यस विषयमा अनुसन्धान परीक्षण गरी यो निर्णय गरेको जनाएको छ ।