कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६
430

रामेछाप-मालपोत कार्यालय रामेछापले एक अनलाइन सेवा आरम्भ गरेको छ । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले अनलाइन सेवा शुरुवात गरेका हुन् ।
बदलिदो समयसँगै नागरिकहरुलाई सेवा प्रवाहको क्रममा झंझटिलो प्रकृयाबाट मुक्ति दिलाउन र कार्यालका कामहरुलाई व्यवस्थित बनाउन भूमिसुधार मन्त्रालयले मन्थलीमा पनि सेवा आरम्भ गरेको हो ।

मुलुकभरका १ सय ३० वटा मालपोत कार्यालयमध्ये अनलाईन सेवा सेवा सुरु गर्ने रामेछाप मालपोत ८८ औं कार्यालय रहेको मालपात कार्यालय प्रमुख फुयालले बताए ।
नगर प्रमुख बस्नेतले मालपोत कार्यालयले अनलाइनमार्फत सेवा सञ्चालन गर्दा लेखापढी व्यवसायीले परम्परागत तरिकाले काम गर्न नसक्ने भएपनि दक्ष भई कम्प्युटर वा ल्यापटपमार्फत सेवाग्राहीलाई सहयोग गर्न सक्ने बताए ।
प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जनताको काम छिटो छरितो र पारदर्सी ढंगबाट गर्न अनलाइन सेवा प्रभावकारी हुने बताइन् ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयहरु मध्ये सबैभन्दा बढी झन्झटिलो प्रकृया व्यहोर्नुपर्ने मालपोत कार्यालयमा अनलाइन सेवाको आरम्भ भएसँगै सेवाग्राहीले सहजै सेवा पाउने अपेक्षा गरिएको छ ।