कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६
356

चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले इन्टेल र एरिक्सनसँग साढे पाँच सयको संख्यामा प्याटेन्ट खरिद गरेको छ । इन्टेल र इरिक्सन प्रविधिमा पुराना कम्पनीमध्येमा पर्छन् । आफ्नो व्यवसायलाई बढावा दिन इन्टेलसँग सेल्युलर मोबाइल कम्युनिकेसन प्रविधिसँग सम्बन्धित ५८ प्याटेन्ट र र इरिक्सनसँग ५ सय बढी प्याटेन्ट खरिद गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
अमेरिका, युरोप, चीन र भारतलगायत देश तथा क्षेत्र समेटिने गरी प्याटेन्ट अधिकार खरिद गरिएको हो । स्मार्टफोनमा नयाँ र पछिल्ला प्रविधिहरुको प्रयोग गर्दै आएको ओप्पोले फाइभजी प्रविधिमा आफ्नो लगानी केन्द्रित गरिरहेको सन्दर्भमा थप प्याटेन्ट अधिकार खरिद गरेको हो । सन् २०१९ सम्ममा ओप्पोले विश्वभरका २० भन्दा बढी देश तथा क्षेत्रमा फाइभजी प्याटेन्ट लागू गरेको जनाएको छ ।

फाइभजी प्रीविधिसँग सम्बन्धित मात्र २ हजार २ सयभन्दा बढी ग्लोबल प्याटेन्ट फ्यामिलिज निवेदन र थ्रीजीपीपी सम्बन्धित २ हजार ६ सय भन्दा बढी प्राविधिक पेपर्स पेश गरिसकेको छ । जुलाई २०१९ सम्म कम्पनीले फाइभजी प्याटेन्ट स्पेसमा आफ्नो दरिलो उपस्थिति जनाउँदै ईटीएसआई सामु ६ सय प्याटेन्ट फ्यामिलिजबारे खुलासा गरिसकेको छ ।
सन् २०१९ को जुलाई ८ सम्म ओप्पोले विश्वभर ३७ हजार भन्दा बढी प्याटेन्ट निवेदन दर्ता गरिसकेको छ । जसमध्ये ३१ हजार ओटा (करिब ८५ प्रतिशत) आविष्कारसँग सम्बन्धित प्याटेन्ट रहेका छन् । तीमध्ये कम्पनीले ११ हजार प्याटेन्टको स्वामित्व समेत लिइसकेको छ ।