केएल मोबाइल हबमा मोबाइल मेला, बाइ वान गेट वान फ्री अफर
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४
548

भ्यालेन्टाइन डेलाई लक्षित गर्दै केएल मोबाइल हबले बाइ वान गेट वान फी अफरसहित मोबाइल मेला आयोजना गर्ने भएको छ । चाबहिल चुच्चेपाटीस्थित केएल टावरको भुइँ तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित मोबाइल मेला आयोजना गर्न लागेको आयोजकले जनाए । भ्यालेन्टाइन डेको अवसर पारेर मोबाइल हबले यही फेब्रुअरी १३ देखि १५ दिनसम्म मोबाइल मेला आयोजना गर्ने भएको हो ।

फेब्रुअरी २८ सम्म चल्ने मेलामा मोबाइल खरिद गर्दा विभिन्न किसिमका उपहारको व्यवस्था गरिएको छ । मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रूपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गरिनेछ । साथै मोबाइल हबले मेला अवधिभरि विभिन्न किसिमका खेल तथा अफरहरू सञ्चालन गर्नेछ । जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेहरूले विभिन्न किसिमका उपहार तथा छुट पाउने छन् । जसमा गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैमा प्रदान गरिने प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

साथै डार्ट बोर्ड खेलमा पनि गल्फमा जस्तै तीन किसिमका उपहारको व्यवस्था गरिएको छ । त्यसैगरी मेला अवधिभरि आयोजना हुने फोटो कन्टेस्टमा प्रथम र दोस्रो हुनेलाई क्रमशः ओप्पोको एफ फाइभ मोबाइल तथा भिभोकोे भी७ मोबाइल प्रदान गरिने मोबाइल हबका प्रबन्ध निर्देशक ग्लाइडरले जानकारी दिए । मोबाइल हबले ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरिद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पनि उपलब्ध गराउने पनि आयोजकले जनाए ।