कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६
233

दाङ- भिभो मोबाइलको राप्ती अञ्चलको आधिकारिक विक्रेता नमुना स्टलाइटले भिभो मोबाइल रिटेल मिट–२०१९ सम्पन्न गरेको छ । कार्यक्रम प्रालिका सञ्चालक राज राणको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य महेन्द्र बुढाथोकीको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा जमुना थापा, विनोद जिसी, पंकजकुमार कौसधन, बन्धना वली र उत्कृष्ट मोबाइल पसलहरूलाई पनि अवार्ड वितरण गरिएको थियो ।
कार्यक्रममा भिभो मोबाइलका सेल्स म्यानेजर नविन बज्राचार्यले जिल्लामा भिभो मोबाइलको बजार राम्रो रहेको बताए । मोबाइल नागरिकको रोजाइ बन्दै गएको बताए । कम्पनीले नयाँ–नयाँ मोडेल बजारमा ल्याउन लागेको बताए ।
कम्पनीका एरिया सेल्स म्यानेजर रामचन्द्र पौडेलले भिभो मोबाइल अन्य कम्पनीको जस्तो नभएको बताए । कार्यक्रममा विभिन्न मोबाइल पसलका सञ्चालकहरूको सहभागिता थियो ।