चीन–अमेरिका व्यापार युद्ध
चीन–अमेरिका व्यापार युद्धको केन्द्रीय चर्चामा रहेको ह्वावेमाथिको अमेरिकी प्रतिबन्धले नयाँ गति लिन सकेको छैन । गत महिना जापानमा भएको दुई देशका प्रमुखहरूबीच भएको सहमति र त्यसपछिको सिंगापुर वार्ताले पनि ठोस निश्कर्ष ननिकाल्दा अन्यौल कायम भएको देखिन्छ । अमेरिकाले लगाएको ह्वावेमाथिको प्रतिबन्ध फुकुवा हुने वा नहुने भन्ने विषयमा ठोस निश्कर्ष निस्कन भने अझै समय लाग्ने देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनियाँ राष्ट्रपति सी जिङफिङबीचको भेटघाटले उत्साहित बनेका दुबै देशका व्यापार कम्पनीहरू उत्साहित हुन सकेका छैनन् । बरु उल्टै घाटाको व्यापारमा छन् । स्मार्टफोन बजारमा प्रवेश गरेको ह्वावेको फोन सुरुका दिनदेखि नै अमेरिका व्यापार गर्न रोक लगाइएको थियो भने चीनियाँ कुनै पनि कम्पनीसँग अमेरिकन कम्पनीले व्यापार गर्न नपाउने नीतिपछि भने ह्वावे र एन्ड्रोइड अपरेटिङ सिस्टमबीचको नयाँ सम्झौता हुन सकेको छैन । दुई देशका प्रमुख भेटेपछिको दुई देशका अधिकारीबीचको वार्ता सफल नभए पनि पुनः वार्ता गरेर समस्या समाधान गर्ने सहमति भएको जनाइएको छ । तर, दुबै पक्ष आ–आफ्नो अडानमा भने अघि बढिरहेका छन् ।
यी सबै आर्थिक, राजनैतिक घटनाक्रमका बीच ह्वावेले नयाँ सिरिजका स्मार्टफोन सार्वजनिक भने गर्न सकेको छैन । किनकी उसको एन्ड्रोइडसँगको सम्बन्ध वार वा पार गर्न खोजिरहेको देखिन्छ । यद्यपी पुराना सिरिजका नयाँ भर्सनका स्मार्टफोन भने बजारमा ल्याइ नै रहेको छ । यसबीच ह्वावेको बजार घटेको भने छैन । कम्पनीले स्मार्टफोन बजारमा २३ प्रतिशत बढी स्मार्टफोन विक्री गरेको जनाएको छ । ह्वावेले घरेलु बजारलाई बढी केन्द्रीत गरेको छ भने अमेरिकन कम्पनी एप्पलको बिक्री चीनमा घटेको छ । यसबीच ह्वावेको हिस्साको अमेरिकन र अन्य केही क्षेत्रको बजारको हिस्सा भने सामसङले लिएको छ । ह्वावे मात्र नभइ चिनीयाँ स्मार्टफोन ब्रान्डहरू भारत, युरोप र एसियाली बजार केन्द्रीत भएर आइरहेका छन् भने अमेरिकन कन्पनी गुगल, एप्पल लगाएतका कम्पनीहरूले भने अमेरिकन कदमकै कारण व्यापारमा घाटा व्यहोरि रहेका छन् ।
यसबीच चर्चाको शिखरमा छ ह्वावे । ह्वावेले गर्ने हरेक गतिविधि विश्वका संचार माध्यमका प्रमुख समाचार बनिरहेका छन् । ह्वाले बनाइरहेको आफ्नै होङमेङ अपरेटिङ सिस्टमलाई नयाँ टेलिभिजन र आफ्नै स्मार्टफोनमा परीक्षण गरिरहेको छ भने फाइभजी बजार विस्तारलाई उत्तिकै प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । ह्वावेले बिहीबार मात्र आगामी सन् २०२५ सम्मका लागि नयाँ योजना सार्वजनिक गरेको छ । ग्लोबल इन्डिस्ट्रीज भिजन (जीआइभी) सार्वजनिक गर्दै कम्पनीले आगामी पाँच वर्षमा फाइभजी, एआइ, रोबोटिक्स, एआर, भीआर लगाएतका क्षेत्रमा विश्व बजारको अवस्थाको भिजन सार्वजनिक गरेको छ ।
ह्वावेले सन् २०२५ सम्म १४ प्रतिशत जनसंख्यामा होम रोबन रहने तथा एआइको व्यापक प्रयोग हुने जनाएको छ भने भीआर, एआर लगाएतमा समेत बढोत्तरी हुने तथा ५८ प्रतिशत जनसंख्यामा फाइभजी पुग्ने जनाएको छ । यसबीच ९० प्रतिशत डिभाइस प्रयोगकर्ताले सर्च गर्न छाडेर आफ्नो काम स्मार्ट डिभाइस मार्फत गराउने, १५ प्रतिशत यातायताका साधन स्मार्ट प्रविधिमा हुने, हरेक कम्पनीहरूका १० हजार कर्मचारीको बीचमा १०३ रोबोट हुने प्रक्षेपण गरेको छ । ९७ प्रतिशत ठूला कम्पनी एआइको विकासमा लाग्ने, ८६ प्रतिशत डाटा एआइ र बीग डाटा विश्लेषणबाट चलाइने, ८५ प्रतिशत विजनेस हाउस क्लाउडबाट चल्ने लगाएतका प्रक्षेपण सार्वजनिक गरेको हो ।