कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६
537

प्रविधि विकासका क्रममा उपभोक्ताको डाटाको गुणस्तर चुनौतीपूर्ण बन्दै गइरहेको पाइएको छ । कहिले फेसबुक र कहिले गुगलले उपभोक्ताको डाटाको दुरुपयोग गरिरहेको गुनासो आइरहँदा यस्ता कम्पनीका सूची बढ्न थालेका छन् ।
उपभोक्ताले स्मार्टफोन वा अन्य डिभाइसबाट प्रयोग गर्ने तथ्यांक मात्र नभई कुराकानी समेत गोप्य नरहने गरेको पाइएको छ । चर्चित सामाजिक संजाल ट्वीटरको डाटा दुरुपयोग भएको र अर्को चर्चित भिडियो च्याट एप स्काइपमा बोलिएको बार्तालाप नै कम्पनीले सुन्ने गरेको तथ्य बाहिर आएको छ । माइक्रो ब्लगिङ साइट ट्वीटरले प्रयोगकर्ताको अनुमति बिना उनीहरूको व्यक्तिगत डाटा प्रयोग भएको हुनसक्ने स्वीकार गरेको छ भने स्काइपले भ्वाइस फिचर सुधार गर्न वार्तालाप सुनेको जनाएको छ ।

वेबसाइटको प्राइभेसी सेटिङमा भएको एक ईस्युमार्फत् विज्ञापनका लागि यूजर्सको व्यक्तिगत विवरणका केहि निश्चित विषयहरु अनुमति बिना नै प्रयोग भएको हुनसक्ने अनुमान गरिएको हो । ट्वीटरले सो बारेमा हालै थाहा भएको र त्यस समस्यालाई सोमबार ठीक गरिएको कम्पनीले मंगलबार ब्लगमार्फत जानकारी दिएको छ । तर यसका कारण कतिजनालाई असर ग¥यो भन्ने बारेमा भने जनाइएको छैन ।
ग्राहकहरुको डाटा कम्पनीहरूका लागि विज्ञापन राख्ने र निर्णय गर्नका लागि सघाउ पु¥याउन अत्यन्त महत्वपूर्ण हुने गर्छ । यसबाट उनीहरूलाई ग्राहकहरूले उनीहरूको उत्पादनमा उत्सुक होलान् भनेर निर्णय गर्ने आधार प्रदान गर्छ । उनीहरूले त्यसैको आधारमा प्रयोगकर्ताका वालमा आफ्नो विज्ञापनहरू राख्ने गर्छन् । ट्वीटरले सोमबार नै यो समस्याको समाधान गरिसकेको जानकारी दिएको छ भने यो घटनामा पनि डाटा शेयर गर्ने आधिकारीक सेटिङलाई सुधार गरिएको जानकारी दिएको छ ।
ट्वीटरले प्रयोग भएको हुनसक्ने भनिएको डाटामा प्रयोगकर्ताका देशको कोड, विज्ञापनको बारेमा जानकारी र उनीहरूको विषय विशेषप्रतिको रूचि र समयलगायतका विवरण समावेश भएको हुनसक्ने बताएको छ । “हामीले यो विषयलाई गम्भिर रुपमा लिएका छौं, जतिबेला यो समस्या आयो, हामीले त्यसको रिभ्यू गरेका छौं, तपाईँहरूले तपाईँको रोजाइ पछ्याउन हामीलाई विश्वास गर्नुभयो तर हामी यहाँ चुक्यौं,” ट्विटरले आफ्नो आधिकारीक ब्लगमा स्वीकारेको छ ।
उता माइक्रोसफ्ट कर्पोरेसनको भिडियो च्याट एप स्माइपले भ्वाइस ट्रान्सलेसन फिचरलाई सुधारको लागि परियोजना सुरु गरको र त्यसका लागि भ्वाइस सुनेको जनाएको छ । स्काईपमा रहेको ट्रान्सलेटर सर्भिसले लाइभ अडियो र भिडियो कलहरुलाई टान्सलेसन गर्ने गर्दछ । माइक्रोसफ्टले स्काइपका प्रयोगकर्ताको भ्वाइस समेत सुन्ने गरेको रिपोर्ट सार्वजनिक भएपछि ट्रान्सलेसन फिचरलाई थप सुधार गर्न भ्वाइस सुनेको स्वीकार गरेको छ ।
माइक्रोसफ्टसँग कन्ट्रयाक्टमा काम गरिरहेको कामदारहरुले ट्रान्सलेसनको गुणस्तर मापन गर्नका लागि माइक्रोसफ्टको लागि सो रिभ्यू गर्ने गरिएको टेक साइट मदरबोर्डले जनाएको छ । उनीहरुले सो कुराकानी सुनेर त्यसलाई ट्रान्सलेसन गर्ने सफ्टवेयरको माध्यमबाट प्रोसेस्ड गर्ने रिपोर्ट आएको र प्रयोगकर्ताको गोपनियता कायम राखिएको जनाइएको छ । माइक्रोसफ्टले भने प्रयोगकर्ताको अनुमति लिएर मात्र उनीहरुको डाटा कलेक्ट र प्रोसेस गरिने गरेको बताएको छ ।
मदरबोर्डले ट्रान्सलेसन गरिएका स्काईपको कुराकानीहरुको अडियो सुनेको बताएको छ जसमा यूजर्सले एक आपसमा इन्टिमेट सम्बन्धहरुको बारेमा बताएका थिए र त्यो छलफल जसमा तौल घटाउने र सम्बन्धमा आएका समस्याहरुलगायतका व्यक्तिगत विषयहरु समावेश थिए ।
टेक साइटले कन्ट्रयाक्टर्सका मानिसहरुले माइक्रोसफ्टको भच्र्यूअल भ्वाइस एक्टिभेटेड असिस्टेन्ट कोर्टानासँग गरिएको भ्वाइस कमाण्डलाई पनि सुन्ने गरेको प्रमाण रहेको दाबी गरेको छ । कम्पनीका प्रवक्ताले भने भ्वाइस डाटा संकलन र प्रयोग गर्नुभन्दा पहिले माइक्रोसफ्टले कस्टमरहरुको अनुमति लिने गरिएको बताएकी छन् ।
प्रयोगकर्ताको भ्वाइस डाटाको दुरुपयोग भएका समाचारहरु यसअघि पनि नसुनिएका भने हैनन् । गुगल र एप्पल लगाएतका भ्वाइस फिचर तथा आर्टिफेसियल एसिस्टेन्ट फिचर उपलब्ध गराउने अपरेटिङ सिस्टम चलाउने कम्पनीहरुले पनि उपभोक्ताको भ्वाइस सुन्ने गरेको समाचारहरु आइरहेका छन् । प्रविधिको उच्चतम प्रयोग भइरहेको वर्तमान अवस्थामा गोपनियतामामाथि प्रश्न उठ्ने गरेको छ ।