कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६
379

टेक कम्पनी साओमीको सब ब्राण्ड रेडमीका दुई स्मार्टफोन सिरिज नेपाल भित्रिएका छन् । नेपाली बजारमा उलब्ध रेडमीका के सिरिजका फ्ल्यागशीप स्मार्टफोन के २० र के २० प्रो फूल एचडी स्क्रीन र पपअप सेल्फी फोन हुन् ।
दुबै फोनको विशेषता भनेको फ्ल्यागशीप फिचरमा कम मूल्यमा उपलब्ध हुनु हो । रेडमी के२० ८ जीबी प्लस २५६ जीबी अप्सनमा ४९ हजार ९९९ र रेडमी के२० ३९ हजार ९९९ मा ६ जीबी -याम १२८ जीबी अप्सनमा उपलब्ध छन् । रेडमी के२० र रेडमी के २० प्रो मा चारैतिर न्यूनतम बेजेल भएको १६.२ सीएम (६.३९) १९.५ः९ पूर्ण एचडी प्लस एमोलेड होराईजन डिस्प्ले रहेको छ ।

एमआइ नेपालका अनुसार के २० प्रो अगष्ट ११ तारिखबाट तीनवटा रंग– फ्लेम रेड, ग्लेसियर ब्लू र कार्बन ब्लाक कलरमा उपलब्ध छन् । नेपालका सम्पूर्ण अफलाइन च्यानल र डराज डट कमबाट उपलब्ध हुने भएको छ । २० एमपी पप–अप सेल्फी क्यामेरासँगै रेडमी के२० सिरिजमा स्क्रीनदेखि बडीको अनुपात अविश्वसनीय रुपमा ९१.९ प्रतिशत रहेको छ जुन यस इन्डस्ट्रीकै उच्च हो । होराईजन एमोलेड डिस्प्लेमा ७औं जेनेरेशनको इन–डिस्प्ले स्क्यानर रहेको छ र कव्र्ड कर्निंग गोरिला ग्लास ५ ले दुवै फोनलाई सुरक्षित बनाएको छ । रेडमी के२० र रेडमी के२० प्रोमा क्वालकम स्न्यापड्रेगन ८५५ र क्वालकम स्न्यापड्रेगन ७३० रहेका छन् ।
रेडमी के२० सिरिजमा ४८ एमपी मुख्य क्यामेरा, ८ एमपी टेलिफोटो र १३ एमपी वाइड लेन्ससहितको एआई ट्रिपल क्यामेरा रहेको छ । फोनमा ४००० एमएएच ब्याट्री रहेको छ भने दुवै फोनमा टाईप–सी पोर्ट, ३.५ एमएम हेडफोन ज्याक र फास्ट–चार्ज सपोर्ट रहेको छ । दुवै फोनको अघिल्लो तथा पछिल्लो भागमा रहेको कर्निंग गोरिला ग्लास ५ जडित छन् । “नयाँ पप–अप क्यामेराको साथै एमोलेड स्क्रीन, इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर सहित यस फोनले एमआई फ्यानहरुलाई वास्तवमै सुलभ मूल्यमा उच्च गुणस्तरीय तथा अत्याधुनिक प्रविधि प्रदान गर्दछ,” शाओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारीले भने ।
रेडमी के२० प्रो प्रयोगकर्ताको खुसीका लागि अटल फ्ल्यागसिप हो । रेडमी के२० प्रो मा सोनीको सेन्सर भएको ४८ एमपी एआई मुख्य क्यामेरा, ८ एमपी २ह टेलिफोटो क्यामेरा र १२४.८ फिल्ड भ्यू सहितको १३ एमपी अल्ट्रा–वाइड क्यामेरा रहेको छ । यो फोनहरु दुईवटा स्टोरेज भेरियन्ट (६जीबी र १२८ जीबी र ८ जीबी र २५६ जीबी) र तीनवटा रंगहरुमा उपलब्ध रहेको छ । उच्च रिजोलुसन डिजिटलदेखि एनालग कन्भटरले गर्दा रेडमी के२० प्रो मा लसलेस अडियोलाई पुनः प्ले (२४ बिट, १९२ केएचजेड सम्म) गर्ने क्षमता छ साथै डूअल जीपीएस एन्टेनाले जीपीएस पिनपोइन्टको सूक्ष्मता सूनिश्चित गर्दछ । रेडमी के२० प्रो ले २७ वाट सोनीक चार्ज सपोर्ट गर्दछ ।