कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६
363

सामसङ नेपालले हालै काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको तेस्रो तलामा आफ्नो आधिकारिक सर्भिस सेन्टर उच्चस्तरीय सेवासहितको सुरु गरेको छ । ताम्राकार कम्प्लेक्सको तेस्रो तलामा स्थानान्तरित यस नयाँ सर्भिस सेन्टर पहिले उक्त कम्प्लेक्सको चौथो तल्लाबाट सञ्चालित थियो । सेन्टरको शुभारम्भमा सामसङ नेपालका उपाध्यक्ष वाई वि वन र आईएम एसका प्रेसिडेन्ट दीपक मल्होत्रा, आईएम हेड प्रण्नयरत्न स्थापित, सामसङ नेपाल सर्भिस प्रमुख राजन भट्टराई र आईएमएस केयरका सर्भिस म्यानेजर कुणाल गुरुङलगायतको उपस्थित थियो ।
बिक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले आफ्नो आधिकारिक सर्भिस सेन्टर काठमाडौंको ताम्राकार कम्प्लेक्समा स्थानान्तरित गरेको भन्दै उक्त सर्भिस सेन्टरमा ५ बाट १० काउन्टरसम्म वृद्घि गरिएको जनाएको छ । सर्भिस प्रमुख राजन भट्टराईले ग्राहकहरूमाझ प्रस्तुत गरिएका सर्भिस सेन्टरहरूले भरपर्दाे एवं सुलभ सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको तथा सर्भिस सेन्टरहरूबाट वारेन्टी भएका तथा नभएका दुवै किसिमका सामसङ मोबाइलहरूको मर्मतसम्बन्धी सेवा प्रदान गरिने बताए ।