कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६
459

आईएमई ग्रुपअन्तर्गतको आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा सञ्चालित आईएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरेको छ । मोबाइल एपमा ‘डिल्स’ भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ जसबाट आईएमई पे मोबाइल वालेट एप चलाउनु हुने महानुभावहरूले विभिन्न रेस्टुराँ वा पसलहरूले उपलब्ध गराएका अफरहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । आईएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने तथा आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराई प्रमाणित भएपछि सेवाग्राहीहरूले आईएमई वा आईएमई पे एजेन्टबाट, वा आफ्नो बैंकबाट सिधै, वा आईएमई पे मोबाइल वालेट एप चलाउने आफ्नो साथी भाइबाट मोबाइल वालेटमा पैसा हाल्न सकिने कम्पनीले जनाएको छ ।
काठमाडौं र पोखराका विभिन्न रेस्टुराँहरूमा हाल डिल्स सेवाअन्तर्गत विभिन्न छुटको व्यवस्था गरिएको छ भन्दै कम्पनीले आईएमई पे मोबाइल वालेट एपका कुनै पनि ग्राहकले तोकिएको स्थानमा गई आईएमई पेबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्ने साथै आईएमई पेबाट विक्रेता अर्थात् मर्चेन्ट बनेका विक्रेताले आफ्नो छुटको विज्ञापन बिना कुनै शुल्क आईएमई पेका ग्राहकहरूलाई देखाउन वा प्रदर्शन गर्न सक्ने जनाएको छ । आईएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकासकुमार नहाटाका अनुसार आइएमई पे मोबाइल वालेट एपका हालका प्रयोगकर्ता र भविष्यमा आबद्ध हुने सेवाग्राहीहरूको प्रमुख चाहना भनेकै आफूले खरिद गरी आईएमई पेबाट भुक्तानी गर्दा सजिलो र फलदायी हुन्छ ।