कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६
491

अनहेउसर बुस इनबेभ नाम गरेको बियर बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनीले इजरायली साइबर सेक्युरिटी युनिट राख्ने जनाएको छ । साइबर आक्रमण बढ्दै गएकोले कम्पनीले त्यसको सुरक्षाका लागि इजरायलको साइबर सुरक्षा अपनाउने घोषणा गरेको हो ।
साइबर आक्रमणबाट सुरक्षा दिने कार्यक्रम इजरायल अगुवा मानिएको छ । विश्वका ठूला कम्पनीहरूले इजरायलकै साइबर सेक्यिुरिटी वा सेक्युरिटी विज्ञको सहयोग लिने गरेको छ । प्रविधि क्षेत्रमा सूचना चोरेर आक्रमण गर्ने ह्याकरहरूको चुनौती रही आएको छ । ह्याकरहरूको पहिचान र तिनको सुरक्षा दिन बलियो सुरक्षा प्रविधिलाई कम्पनीले लिने जनाएको हो ।
कम्पनीले यसबारे वित्तीय जानकारी भने खुलाएको छैन । यो कम्पनीले ५ सय ब्रान्ड बनाउने गरेको छ । जसमा बडवेइजर, कोरोना र स्टेला अर्टोइस ब्रान्ड लिएर एक वर्ष अघि इजरायलमा उत्पादन शुरू गरेको थियो ।