कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६
323

चाबहिल चुच्चेपाटीस्थित केएल मोबाइल हब, दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसी मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा मनसुन मोबाइल मेगा अफर सुरु भएको छ ।
मोबाइल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा पाइनेछ । आइमार्स मिल्की वे एम २, लेनोभो के ६ नोट, आईमार्स भीसन ६ लगायत मोडलका मोबाइलको हकमा यो अफर लागू हुनेछ । मेलाको आकर्षणका रूपमा रहेको आईमार्स मिल्की वे एम टु मोबाइल १५ हजार ९ सय ९९ रुपैयाँमा २ वटा सेट खरिद गर्न सकिने छ । २ वटा सिमकार्ड प्रयोग गर्न सकिने मिल्की वे एम २ मोबाइलमा ओ एस एण्ड्रोइड ८.१ भर्सन तथा ३२०० एमएएचको ब्याट्री छ । ५.४५ इञ्चको क्यूएचडी आईपीएस स्क्रीन रहेको मिल्की वे २ मा ८ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा तथा १३ मेगापिक्सेलको रियर क्यामेरा छ ।

२ जीबी रयाम तथा १६ जीबी स्टोरेज रहेको मिल्की वे २ गोल्डेन तथा ब्ल्याक कलरमा उपलब्ध हुनेछ । २५ हजार ९ सय ९९ रुपैयाँमा २ वटा मोबाइल खरिद गर्न सकिने लेनोभो के ६ नोटमा ४ जीबी र्याम तथा ३२ जीबी स्टोरेज छ । ८ मेगा पिक्सेलको फ्रन्ट तथा १६ मेगापिक्सेलको रियर क्यामेरा रहेको के ६ नोटमा ४ हजार एमएएचको ब्याट्री छ ।
फूल मेटल डिजाइन युक्त के ६ नोटमा फिंगरप्रिन्ट सेन्सर, डल्बी अटमस साउन्ड, ५.५ इञ्चको एफएचडी स्क्रिन तथा २ वटा सिमकार्ड प्रयोग गर्न सकिने जनाएको छ ।