कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६
302

अमेजनका केही शेयरधनीहरूले अनुहार पहिचान प्रविधि (फेसियल रिकगनिसन टेक्नोलोजी) अमेरिकी प्रहरीलाई बिक्री गर्ने निर्णयको विरोध गरेका छन् ।
उनीहरूले फेसियल रिकगनिसन टेक्नलजिको बिक्री तत्काल रोक्न खोजिरहेका छन् । अमेजनले यो टेक्नलजि प्रहरीलाई बिक्री गर्न खोजेकोमा उनीहरूमा रोकिएको हो । नागरिक अधिकार अभियानीहरूले यो प्रविधिलाई नागरिक हितको आघात गर्ने आरोप लगाएका छन् । यो प्रविधि अहिलेसम्मकै सबै भन्दा खतरनाक रहेको उनीहरूको बुझाइ छ ।
कम्पनीको वार्षिक साधारण सभामा यो प्रस्तावलाई लगानीकर्ताहरूले अस्वीकार गरे ।