कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६
306

अर्थतन्त्रको बारेमा एक पछि अर्को बहस र छलफल हुँदै आएको छ । अन्तर्राष्ट्रिय मञ्चका विज्ञहरूबीच प्रविधि ल्याउने बेरोजगारी र भविष्यको कामबारे विभिन्न कार्यपत्र प्रस्तुत हुने, पुस्तक लेख्ने वा टिप्पणी गर्ने कामहरू भइ आएका छन् । मूल्य शृंखलाका तहहरूमा स्वचालन खतरा थपेको बुझाइ विज्ञहरू माझ हुने गरेका छन् ।
रोजगारी र मूल्य शृंखला जस्ता विषय अर्थतन्त्रका विषय हुन् । कतिपयले मानव जातिको संहार हुन सक्ने चेतावनी पनि दिइसकेका छन् । तर कपितयले प्रविधिले निर्माण गर्ने रोबोटले मानिसले नभनेको काम गर्न नसक्ने बुझाइ प्रति सहमति जनाइरहेका छन् । यस्तै तर्कहरूसँग क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर जे. ब्राडफोर्ड देलोङ्गलगायतको सहमति रहेको पाइन्छ । भविष्यका सबै मानिसहरूको रोजगारका लागि रोबोटको उदय खतरा थोपर्छ र भन्ने सवाल विज्ञहरूलाई गम्भीर बनाइरहेको छ । अहिलेको सर्वाधिक गम्भीर विचारणीय विषयमा अर्थशास्त्री डेभिड एच अटरले सन् २०१५मा एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो रोबोटको उदयका बाबजुद किन धेरै रोजगारहरू हुन्छन् भन्ने सवालका बारेमा दार्शनिक माइकल पोलानीको बिडम्बनालाई सम्झिनुपर्ने सुझाउ देलोङको रहेको छ । बीसौं शताब्दीका दार्शनिक पोलानीले पर्यवेक्षण गरे अनुसार प्रविधिले मानिसको ज्ञानले आफैगर्ने कामहरू त्यसै गर्न सक्ला भन्न अनुमान गर्न सकिँदैन् । कारण कुनै कम्प्युटरले सबै थोक जान्न बुझ्न सक्छ । कुनै कारले आफैलाई हाँक्न सक्छ भन्ने अर्थ लाग्दैन् ।
यो अन्तरले अव्यक्त ज्ञान र सूचनाबीच भविष्यमा आर्थिक मूल्यको उत्पादनका लागि मानिसहरूले के गर्छ भने प्रश्न खडा गर्छ । ऐतिहासिकरूपमा मानिसहरूले गर्ने कामहरूलाई दश बृहत वर्गीकरणमा वर्गीकृत गर्न सकिन्छ । पहिलो र सर्वाधिक आधारभूत वर्गीकरण भनेको भौतिक वस्तुहरूमा गति ल्याउन शरीरको उपयोग गर्ने कार्यहरू छन् । यसैगरी आँखा र औंलाले वस्तुहरूलाई छुट्टयाउने कामहरूलाई वर्गीकृत गरिएको छ । तेस्रो वर्गीकरणमा पर्ने कामहरूमा मेसिनले उत्पादन हुने प्रक्रियामा वस्तुहरू राख्नु हुन्छ । जुन कार्य मानब रोबोटले गर्ने जस्तो कार्यहरू छन् । मानिसले उत्पादन प्रक्रियामा गर्ने मसिना मसिना (माइक्रोप्रोसेसर)कार्यहरू पर्छन् । जुन मेसिन सञ्चालनलाई निर्देशन दिन प्रयोग गरिन्छ ।
यसैगरी पाँचौ र छैठौं वर्गीकरणमा माइक्रोप्रोसर देखि सफ्टवेयर, लेखापालन र मानिसले गर्ने कामहरूको नियन्त्रण वा संञ्चार र सूचनाको विनिमय जस्ता कामहरू पर्छन् । सातौं वर्गीकरणमा सफ्टवेयर लेखन, कोडमा अनुवाद गर्नु पनि रहेको छ । आठौंमा मानिस मानिसबीचको सम्पर्क गर्ने जस्ता गतिविधिहरू छन् भने नवौंमा नेता, प्रवन्धक वा अन्य मानिसहरूले गर्ने विविध प्रकारका गतिविधिहरू रहेका छन् । दशौं वर्गीकरणमा जटिल विषयहरूको समाधानबारे सोच्नु र नयाँ नयाँ खोज र समाधान दिनु जस्ता काम गर्नु रहेको छ ।
बितेका ६ हजार वर्षयता मानिसले गदैआएका कामहरू क्रमिकरू फेरिदै आएका छन् । पहिलो वर्गीकरणमा परेका मानिसको कामहरूलाई जनावरले फेर्दै आयो । बितेका ३ वर्षयता दोस्रो वर्गीकरणका कामहरूलाई मेसिनको जिम्मा लगाइएको देखिन्छ । यी दुबै सन्दर्भमा कामको वर्गीकरण तेस्रो देखि ६ सम्म सबै मेसिनको शक्तिमा बढेर गयो । कामहरू धेरै भए ज्याला पनि बढयो ।
पछि मानिसले गर्ने कामलाई मेसिनले राम्रो गर्ने गरी मेसिनको विकास गरियो । यसमा तीन र चार वर्गीकरणमा परेका कामहरू रहेका छन् । मानिसले रोबोट र माइक्रोप्रोेसेसरले व्यवहार गर्ने कामलाई मेसिनहरूले गर्न थाल्यो । विकसित अर्थतन्त्रमा रोबोट र माइक्रोप्रोसरको प्रयोग भयो । उत्पादनमूलक क्षेत्रमा कुल रोजगारको अवस्थामा ह्रास आएको छ । विकसित देशमा उत्पादनमूलक क्षेत्रमा मानिसहरूको रोजगार घटेको भएपनि उत्पादकत्वमा बृद्धि भएको छ । यो प्रवृतिले मौद्रिक नीतिनिर्माताहरूमा असर गरेको देखिन्छ । अमेरिका र पश्चिमा देशहरूमा स्फीति प्रतिरोधीको समस्याले हालै नवफासीवादलाई उदय गराएको ब्राडफोर्डको बुझाइ छ ।
झन खराब अवस्था भनेको मानव समाज मानिसहरूले उत्पादन गर्ने सफ्टवेयरको तुलनामा रोबोटहरूले राम्रो काम गर्न थाल्नु देखियो । प्राप्त सूचनाको व्यवस्थापन महत्वपूर्ण पक्ष हो । सूचना प्रवाह दुबै खाले हुन्छन् । सही दिशामा जाने र गलत दिशामा जान सक्ने सूचना मानव समाजमा प्रवाहित हुन्छन् । त्यसैले यसलाई महत्वपूर्ण मानिएको हो । आगामी केही समयमा प्राविधिक विकासको यो प्रक्रियाले कामलाई खाने देखिएको छ । मानिसहरूलाई चौथो वर्गीकरणमा रहेका कामसँग यो प्रविधिको विकास प्रक्रियाले छाडिरहने देखिन्छ । मानिसले समिक्षात्मक ढंगले सोच्ने, अन्य मानिसहरूसँगको सम्पर्कलाई अवलोकन गर्ने र मानिसका गतिविधिहरूलाई अनुवाद गर्ने जस्ता काम विशेष महत्वका हुन् ।
मानिसको समाजमा समस्या भनेको हामी मध्ये केही थोरैले मात्र सिर्जनशीलताका साथ आफ्नो वास्तविक आर्थिक मूल्यको उत्पादन गर्ने सिर्जनशील हुने गरेको प्रोफेसर ब्रार्डफोडको भनाइ छ । धनी व्यक्तिले धेरै नीजी सहायकलाई काममा लगाउन सक्छन् । अनि धेरै प्रवन्धक र समाधान गर्ने मध्यस्थकर्ताहरू अनावश्यक हुनछन् । आठौ वर्गीकरणमा रहेका मानिसहरू पारिश्रमिकमा आधारित रोजगारसँग बाँधिएका छन् । समाजको मध्यमवर्गको संरक्षणको परिदृश्यमा हेर्दा मानिस मानिसबीचको सम्पर्कको अवस्थामा बृद्धि हुन्छ ।
यही नेर दार्शनिक पोलानीको बिडम्बनाले मानव समाजलाई आशाको कारण प्रस्तुत गरेको छ । त्यो भनेको मानिस मानिसबीचको सम्पर्कका काम उपलब्ध गराउन भावनात्मक र मनोवैज्ञानिकरूपमा विरासतमा कसैले प्राप्त गर्न सक्दैन् । सामाजिक एवं सांस्कृतिक परिधिहरूमा अव्यक्त ज्ञान यसका लागि आवश्यक हुन्छ । यस्ता विषयलाई ठोस, नियमित, आदेशको रूपमा पूरा गर्न सकिने प्रणालीबाट हुन सक्दैन् । अर्थात कम्प्युटर गर्न सक्ने प्रणालीगत कामले यसलाई गर्न सक्दैन् भन्ने बुझाइ हो ।
अझ भनौ हरेक उन्नत प्रविधिले नयाँ क्षेत्र वा डोमेनहरूको निर्माण गर्छ जसमा अव्यक्त ज्ञानको महत्व हुन्छ । जब यो कुनै एक नयाँ प्रविधिको अर्को नयाँ प्रविधिसँग गरिने अन्तरक्रियात्मक कामहरूमा यसको महत्व हुन्छ । अटरले गरेको अध्ययन अनुसार गाडी निर्माता कम्पनीहरूले औद्योगिक रोबोटको उपयोग गर्छन् । हवाप्रतिरोधी जडान गर्न कम्पनीले रोबोटलाई काम नलगाएर टेक्नेसियनलाई काममा लगाउँछ । हवा प्रतिरोधी भाँचिएको भए यसलाई ठीक पार्ने र विस्थापित गर्ने कामका लागि मानिसहरूको आवश्यकता हुन्छ । यस्ता कामका लागि रोबोट महँगो हुन सक्ने देखिन्छ । अर्को शब्दमा भन्ने हो भने स्वचालन पूर्ण नियन्त्रित शर्तहरूमा आधारित हुन्छ । तर मानिसहरूले समग्र वातावरणमाथि पूर्ण नियन्त्रण कहिल्यै गर्न सक्ने छैनन् ।
कतिपयले यो प्रश्नको जवाफमा कृत्रिम बौद्धिकता(एआई)को उपयोगलाई अगाडि बढाउन सक्छन् । उनीहरूका अनुसार एआइको विकासले अव्यक्त ज्ञानको शोषण गर्न सक्ने एआई मेसिन वा एआई एपको निर्माण हुन सक्छ । मेसिन सिकाइका एल्गोरिदमले हामीसँग संवाद गर्न सक्ने उनले निषेधित वातावरणको क्षेत्रमा जहिले पनि काम गर्न सक्ने हुनुपर्छ । कुनै मूल्यमा रोबोटको उदयले खतरा उत्पन्न गर्छ भने यो आगामी दुई पुस्ताका लागि महत्वपूर्ण भने हुनेछैन् । त्यसैले अर्थतन्त्रका लागि बहसको विषय यसलाई बनाउन आवश्यक देखिदैन् । महत्वपूर्ण विषय भनेको गलत सूचना प्रसारको समस्यामा प्रविधिको भूमिकाबारे सोच्नु पर्ने अवस्था रहेको छ ।
यो विकसित देशको समस्या भएपनि हामी जस्ता विकासशील देशका लागि सूचना प्रविधिको समस्यालाई बुझ्न र आगामी चुनौतीलाई समाना गर्नका लागि शिक्षा प्रणालीमा समसामयिक सुधारको खाँचोलाई बुझ्नु रहेको छ । सूचना प्रविधिले मानिसका विभिन्न कामहरूलाई कसरी पूरा गर्ने त्यसलाई समयमा पूरा गर्न नसके समयको हाँकलाई पूरा गरेको ठहरिने छैन् । सूचना प्रविधिको बुझाइलाई आम जनताको बुझाइसँग जोडने विधि नै शिक्षा हो । त्यसैले विकासशील देशहरूले शिक्षामा ठोस सुधार गर्ने प्रयास नगर्ने हो भने समस्या गहिरिने बाहेक अन्य केही हुन नसक्ने अध्ययनहरूको बुझाइ छ ।

धमेन्द्र कर्ण