कारोबार संवाददाता
मंगलबार, बैशाख ३१, २०७६
448

ह्याकरहरूले ४ करोड १० लाख अमेरिकी डलर बराबरको डिजिटल मुद्रा ‘बिटक्वाइन’ चोरेका छन् । बिटक्वाइन क्षेत्रको एक प्रमुख चोरी हुन पुगेको छ ।
बिनान्स एक्सचेन्जमा बिटक्वाइनलगायत अन्य क्रिप्टोकरेन्सी यसका सदस्यहरूका लागि भण्डारण गरिएको हुन्छ । ह्याकरले यहाँबाट ७ हजार बिटक्वाइन चोरी लगेको छ । बिनान्सले यो घाटा आकस्मिक बीमा योजना कोषबाट पूरा गरिने जनाएको छ ।
बिनान्सले जनाएअनुसार ह्याकरहरूले विभिन्न किसिमको विधि र भाइरसको प्रयोग गरेका थिए । उनीहरूले आक्रमण गरी आवश्यक सूचना चोरेर यसको सूरक्षा प्रणालीलाई तोडे अनि त्यति रकम बराबरको बिटक्वाइनको चोरी गरेका हुन् । लामो समयको प्रतिपक्षापछि ह्याकरहरूले गरेको यो प्रयासलाई रोक्न नसकेको बिनान्सले जनायो ।