कारोबार संवाददाता
शुक्रवार, बैशाख ६, २०७६
593

चिनियाँ कम्पनी ओप्पोेको पछिल्लो स्मार्टफोन ओप्पोे एफ ११ नेपाल भित्र्याइएको छ । फोनको औचारिक रुपमा भने यही वैशाख ९ गते सार्वजनिक गर्ने ओप्पोे नेपालले जनाएको छ ।
एफ सिरिजको पछिल्लो स्मार्टफोनका रुपमा विश्व बजारमा ल्याइएको यो फोनमा भीओके ३.० सुपरचार्जिङ फिचर सहितको ४ हजार एमएएच व्याट्रि जडित छ भने यसका ४८ मेगापिक्सेलको अल्ट्रा क्लीइर क्यामरा रहेको छ । काठमाडौंमा सार्वजनिक हुने फोन स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइन सहितको हुने कम्पनीले जनाएको छ
ओापोको नयाँभोक ३.० चार्जिङ प्रविधिले ट्रिकल चार्जिङ गतिमाभोल्टेज न्यूनिकरण मार्फत सुधार प्रदान गर्दै चार्जिङको लागि लाग्ने समयमा २० प्रतिशत सम्मले घटाउने दाबी कम्पनीको छ । फोनको डिजाइनमा कम्पनीले ‘नेचुरल क्रिएसन’ माआधारित डिजाइन सिद्धान्तको अवलम्बन गरेको छ ।