कारोबार संवाददाता
शुक्रवार, चैत्र ८, २०७५
933

टेक्नोलोजी क्षेत्रका कम्पनीहरूले भारत इलेक्ट्रोनिक्स सामानहरूको केन्द्र बन्नुपर्ने चाहना व्यक्त गरेका छन् । यसका लागि विश्वका हाते मोबाइल कम्पनीहरूको लगानी भारतमा भित्र्याउनुपर्ने माग गर्दै दीर्घकालीन वृद्धिको योजना बनाउनुपर्ने आवश्यकता उनीहरूले औंल्याएका छन् ।
नयाँ दिल्लीमा आयोजित तेस्रो इलेक्ट्रोनिक्स सम्बन्धी राष्ट्रिय नीतिसम्बन्धी छलफलमा सहभागीहरूले यस्तो बताएका हुन् । मोबाइल कन्क्लेभका सहभागीहरूले इलेक्ट्रोनिक्स वस्तुहरूको घरेलु उत्पादनको आवश्यकता पूरा गर्न उत्पादनमूलक मूल्य शृंखलामा वृद्धि गरी यसको डिजाइनिङ र एसेम्बलिङ गर्ने कार्यहरूको विस्तार तथा वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा लाभा मोबाइल, भिभो र नोकिया फोनका उत्पादकहरूको पनि सहभागीता रहेको थियो ।