कारोबार संवाददाता
सोमवार, फाल्गुन २७, २०७५
625

नेपालगन्ज- सातजना सफ्टवेयर इन्जिनियरको टिमले नेपालगन्जमा ८० लाखको लगानीमा डिजिटलाइज प्रविधिसहितको सेवा सञ्चालनमा ल्याएका छन ।
सेतु विक चोकस्थित डटवक्र्स टेक्नोलोजिजमार्फत डिजिटलाइजेसन सम्बन्धी विभिन्न सेवाको शनिबार एक समारोहबीच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले शुभारम्भ गरे । डटवक्र्स टेक्नोलोजिजमा जीपीएस टे«किङ, वेभ डिजाइन, डिजिटल मार्केटिङ, सीसीटीभी क्यामेरा जडान र स्क्रिन प्रिन्टिङ सेवा दिइने बताउँदै सञ्चालक मोविन सिद्धिकीले नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको दाबी गरेका छन् ।

यो प्रविधिमार्फत सफ्टवेयरका माध्यमबाट गाडी तथा बाइकमा जीपीएस ट्रेकिङ सेवा जडान गरेर आफू र आफ्नो गाडीको सुरक्षा गर्न सकिने बताइएको छ । करिब ८० लाख लगानीमा सञ्चालन गरिएको उक्त व्यवसायअन्तर्गत विद्यालयमा अध्यनरत विद्यार्थीको समय र सुरक्षालाई लक्षित गरेर मोबाइल एप्स सेवा प्रारम्भ गरिएको सिद्धिकीको भनाइ छ ।
एप्स सेवाले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यलाई प्रगाढ बनाउनुका साथै शैक्षिक गुणस्तर वृद्धिमा पनि मद्दत पु-याउने विश्वास गरिएको छ । सुरक्षासँगै व्यवसाय प्रवद्र्धनमा प्रविधिको उच्चतम प्रयोगमा आफूहरू तत्पर रहेको सिद्धिकीले प्रतिबद्धता व्यक्त गरे । उदघाटन समारोहमा बोल्दै नगरप्रमुख राणाले सूचना प्रविधिको वर्तमान युगमा नयाँ प्रविधिको प्रयोगले अधिकतम सेवा लिन सकिने भएकाले यसतर्फ केन्द्रित हुन पनि नगरवासीमा आह्वान गरे ।
कार्यक्रममा पत्रकार झलक गैरेले डीजीटाइलेजेसनले आमसमुदायको कामलाई सहज बनाउनुका साथै व्यवसाय पवद्र्धनमा समेत सहयोग गर्ने विश्वास व्यक्त गरे । प्राविधिक सहकार्य गरेको म्याक्स कनेक्ट वल्र्डका प्रतिनिधि जितेन्द्र राघवले यस्तो खाले सेवाबाट धेरै भन्दा धेरै फाइदा लिन आमसमुदायलाई अपिल गरेका थिए ।