कारोबार संवाददाता
शुक्रवार, माघ २५, २०७५
794

माइक्रोसफ्ट कम्पनीले सियाटलस्थित वासिङटन स्टेट कन्भेन्सन सेन्टरमा डिभलपरहरूका लागि तीन दिने बिल्ड इभेन्टको आयोजना गर्ने भएको छ । माइक्रोसफ्टले डिभलपरहरूका लागि यस किसिमको आयोजना बर्सेनि गर्दै आएको हो ।
यो वर्ष मे ६ देखि ८ सम्म यो आयोजना हुनेछ । यो अवसर माइक्रोसफ्टले आफ्नो गतिविधिबारे पनि नयाँ नयाँ जानकारी गराउने गरेको छ । त्यस क्रममा उसले माइक्रोसफ्ट अफिस र अज्योरका लागि कस्ता कस्ता सफ्टवेयर तयार गरेको छ, त्यसबारे जानकारी गराउने अपेक्षा गरिएको छ । डिभलपरहरूका लागि फेबु्रअरी २७ देखि रजिस्ट्रेशन खुला गरी गरएको छ ।