दीपेन्द्र थापा
सोमवार, माघ ६, २०७६

सडक विभागले सम्पूर्ण आयोजनाहरूको विवरण एकै थलोमा राख्ने सफ्टवेयर विकास गरेको छ । विभागले कन्ट्रोल अनुगमन प्रणाली (सीएमएस)बाट आयोजनाहरूको अनुगमन गर्ने प्रणालीको विकास गरेको हो । विभागले डाटाबेस सिष्टममा रहनेगरी छ । कहाँ, कति कामको भैतिक तथा आर्थिक प्रगति भइरहेको छ र आयोजनाको सम्पूर्ण प्रगतिको अपडेट केकस्तो छ भन्ने उक्त प्रणालीबाट जानकारी लिन सकिन्छ ।

221
कारोबार संवाददाता
आइतवार, माघ ५, २०७६

भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै जनवरी २० का दिन मोबाइल एप रिचार्जरमा बिगसेल २०२० सञ्चालन हुँदैछ । उक्त दिन रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउँदैछ । भ्रमण वर्ष सचिवालयको आधिकारिक ई–कमर्स प्लेटफर्मसमेत रहेको रिचार्जरमा जनवरी २० का दिन ००ः०० बजेदेखि बिगसेल चल्नेछ । ह्याप्पी आवरअन्तर्गत प्रत्येक घण्टाको अन्तरमा २०२० रुपैयाँमा एक्स्क्लुसिभ अफरहरू उपलब्ध हुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

315
कारोबार संवाददाता
आइतवार, माघ ५, २०७६

गत साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास कायम ग¥यो । बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झन्डै डेढ वर्ष पहिलेको अवस्थामा पुग्यो । नेप्सेको उकालो यात्रासँगै बजार एक हजार ३ सय विन्दु माथि पुगेर ‘बुलिस ट्रेन्ड’ लाई स्थापित ग-यो ।

108
कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६

फोनपेले क्युआरमार्फत कारोबार गर्ने ग्राहक र व्यापारीका लागि आकर्षक उपहार योजना ल्याएको छ । नयाँ वर्ष–२०२० को अवसरमा फोनपेले आकर्षक उपहार, क्यासव्याक, मोबाइल फोन तथा विदेश यात्रा गर्न पाइने योजना ल्याएको हो । फोनपेका सदस्य बैंक तथा ई–सेवामार्फत, नेपालभर रहेका क्युआरमार्फत भुक्तानी गर्ने ग्राहक तथा क्युआर भुक्तानी लिने व्यापारी यस उपहार योजनामा विजेता बन्न सक्ने भन्दै कम्पनीले ‘लक्की ड्र’मार्फत विजेता सार्वजनिक गरिने जनाएको छ । यो उपहार योजना ग्राहक र व्यापारीका लागि ६ महिनासम्म लागु हुनेछ ।

153
कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६

कम्युटर र ल्यापटपमा विश्वभर चलाइने विन्डोजको सातौं भर्सन विन्डोज ७ बन्द गरिएको छ । यससँगै माइक्रोसफ्टले आफ्नो पछिल्लो भर्सन विन्डोज १० मा अपग्रेड गर्न अवसर दिएको छ । कम्पनीले विन्डोज ७ पछि ल्याएको विन्डोज ८ धेरै चलेन । तर विन्डोज ८ भने धेरै चलेन । जसको फलस्वरुप कम्पनीले विन्डोज ७ का पपुलर फिचर समेट्दै विन्डोज १० ल्याएको हो । जुन विश्वभर चलाइरहेको अवस्था छ । विन्डोज १० मा अप्रगेड गर्न भने पैसा तिर्नुपर्ने व्यवस्था भएकोमा कम्पनीले सित्तैमा विन्डोज १० मा अपग्रेड गर्न अवसर दिएको हो ।

659
कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६

प्रविधि क्षेत्रमा ‘-यानसमवेयर’ साइबर सेक्युरिटीको खतरा सन् २०२० को शीर्ष सूचीमा रहेको छ । यो भनेको फिरौती माग्ने प्रविधि क्षेत्रको खतरा हो । साइबर आक्रमण भएपछि फिरौती रकम भुक्तानी दिइन्छ भने फिरौती दिन नहुँदैन भन्ने विषयमा विश्वास दिलाउन खोजिन्छ । आक्रमण भएपछि फिरौती माग्नेहरूको साहस बढेर जान्छ । अनि फेरि आक्रमण गर्ने प्रयास गर्छ । सन् २०१९मा -यानसमवेयरको आक्रमण १८ प्रतिशतले बढेको देखियो । विगत पाँच वर्षमा औसत १२ प्रतिशत बढेको साइबर जोखिमको अनुसन्धान गर्ने प्रतिष्ठान चुबले जनाएको छ ।

214
कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६

उपभोक्तासँग प्रत्यक्ष व्यापारको उदय भइरहेको छ । कम्पनीसँग उपभोक्ता सीधा कुराकानी गर्न खोजिरहेका छन् । तिनका उत्पादनबारे जान खोजिरहेका छन् । तिनको यो चाहनालाई इन्टरनेटले पूरा गरिरहेको छ । उपभोक्तासँग प्रत्यक्षको अवधारणालाई इ–कमर्सको विधिले मूर्तिकरण गरिरहेको छ । यसबाट उपभोक्ताले बढी सहज अनुभव गरिरहको डाइ सेन्ट्रलका पीटर एडलन्डको बुझाइ छ ।डिजिटल अनुभव उत्पादनको सन्दर्भमा बढी बलियो भएर आएको छ । डिजिटल प्रविधिबाट बढी जानकारी प्राप्त गर्ने र तिनको आपूर्ति गर्ने विधिको अनुभव राम्रो भएको छ ।

171
कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६

सन् २०१९ समाप्त भएसँगै नयाँ दशकको शुरूवात भएको छ । यो दशकको शुरूवातसँगै ‘टेकको डिकेड’ शुरू भयो । सन् २०१०लाई दशकको प्रस्थान दशकको रूपमा मानेर हेर्दा यो दशक भएका प्रमुख डिभाइसहरूमा ध्यान दिऔं ।

220
कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६

सन् २०२० मा इलेक्ट्रिक ट्रकको विकासबाट हुने अर्थतन्त्रको फाइदा ओझेलमा पर्ने देखिएको छ । इलेक्ट्रिक कारको उदयसँगै इलेक्ट्रिक ट्रकको कुरा पनि बजारमा आएको थियो । केही स्टार्टअप पनि सक्रिय भएका थिए । बोलिङ्गर, लर्डस्टन मोटर्स, रिभियन एन्ड वर्क हर्सजस्ता कम्पनीले केही वर्षदेखि इलेक्ट्रिक ट्रकको क्षेत्रमा काम गरिरहेका छन् । तर कसैले पनि यसलाई बजारमा उत्पादन ल्याउन सकेका छैनन् । टेस्लाले साइबर ट्रक बनाउने घोषणा गरेको थियो । यसका लागि बजारबाट लगानी संकलन गरेको थियो । टेस्लाले यो घोषणा गरेको केही सातामै साइबर ट्रकका लागि २ लाख भन्दा बढी रिवर्भेशन एक ट्रकका लागि १०० अमेरिकी डलरमा गराइएको थियो । त्यसयता फोर्ड र जीएमले पनि इलेक्ट्रिक भर्सनका गाडी ल्याउने संकेत गरे ।

250
कारोबार संवाददाता
बुधवार, माघ १, २०७६

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले आर्थिक वर्ष २०७५-७६ को नाफाबाट सेयरधनीहरूलाई ४५ प्रतिशत नगद लाभांश दिने भएको छ । मंगलबार सम्पन्न कम्पनीको १२ औँ वार्षिक साधारणसभाले प्रतिसेयर ४५ रुपैयाँका दरले सेयरधनीहरूलाई नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । सभाले आव २०७६-७७ को लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट प्रकाशजंग थापा र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले सेयरधनीहरूको लगानीको प्रतिफल सुनिश्चित हुने गरी कम्पनीको दीर्घकालीन विकास तथा समृद्धिका लागि सञ्चालक समिति क्रियाशील रही आएको तथा कम्पनीलाई सबल, अग्रणी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता गरे ।

190
कारोबार संवाददाता
शुक्रवार, पुष २५, २०७६

दक्षिण कोरियाली कम्पनी सामसङले बाह्य विज्ञहरू सम्मिलित अपराधिक गतिविधि पत्ता लगाउन एक प्यानल गठन गरेको छ । सामसङ नेता उत्तर कोरियाली राष्ट्रपति पार्क गेयुन हाइलाई घुस दिएको विवादमा फसिरहेको छ ।

412
कारोबार संवाददाता
शुक्रवार, पुष २५, २०७६

दक्षिण अमेरिकी देश ब्राजिलले चिनियाँ कम्पनी ह्वावेको फाइभजी नेटवर्कको लागि अमेरिकाको कुनै दबाब स्वीकार नगर्ने भएको छ । दक्षिण अमेरिकी देश ब्राजिलको विज्ञान प्रवधि नवपवर्तन तथा सञ्चार मन्त्री मार्कोस पोन्टेले जनाएका छन् । ब्राजिलमा फाइभजीका लागि बोलकबोलको प्रक्रिया यो वर्षको मार्चमा हुने तय भएको छ ।

595
किरण आचार्य
शुक्रवार, पुष २५, २०७६

जब जनवरी सुरु हुन्छ, प्रविधि क्षेत्रको चर्चा अलिक बढी नै हुने गर्छ । डिसेम्बर सकिएकाले अघिल्लो वर्ष के कस्ता ग्याजेट वा प्रविधिहरू विश्वभर प्रयोगमा रहे, चर्चामा रहे भन्ने विषय प्रविधि साइटका प्रमुख विषय बन्छन् । अर्को प्रमुख विषय हो अ‍ेमेरिकाको लस भेगसमा हरेक वर्ष हुने सीईएस अर्थात् कन्जुमर इलेक्ट्रिक शो । र, यतिबेला प्रमुख चर्चाको विषय हो सीईएस २०२० ।

410
कारोबार संवाददाता
शुक्रवार, पुष २५, २०७६

अमेरिका र चीन व्यक्तिगत डेटा संकलन गर्ने कार्यमा अगुवा रहेकाले युरोपियन युनियनले व्यावसायिक डेटा संकलन गर्न यो काम रोक्नुपर्ने नयाँ युरोपियन युनियनका कमिसनरले बताएका छन् ।

300
कारोबार संवाददाता
बुधवार, पुष २३, २०७६

नेपाल टेलिकम र नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ । यससम्बन्धी समझदारी पत्रमा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरे ।

276