प्रा. डा. हरि शर्मा
सोमवार, बैशाख ३, २०७५

मुलुकले गर्नुपर्ने अत्यावश्यक पर्यटकीय पूर्वाधारहरूको निर्माण र विकासबारे अहिले विभिन्न सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरिरहेको सन्दर्भमा पर्यटन क्षेत्रसँग आबद्ध कुनै पनि व्यक्ति उल्लसित हुनु अत्यन्तै स्वाभाविक हो ।

1786
कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५

संसारमा नदी भनेको मानव सभ्यतासँग जोडिएको हुन्छ । कर्णालीको सम्बन्ध पनि मानव सभ्यता, संस्कृतिसँग जोडिन्छ । त्यसैले कर्णाली सभ्यता हो, अझ भन्नुपर्दा नेपालको प्राचीन सभ्यता हो । कुनै समय विकसित कर्णाली आज विकास, पूर्वाधार र परिवर्तनको प्रतीक्षामा छ । संघीयतामा जानुको प्रमुख कारण पनि केन्द्रबाट टाढा भएकैले पछाडि परेका देशका भूभागलाई स्थानीय सरकारले ध्यान दिएर विकास गरुन् भन्ने हो । त्यसैले अब कर्णालीलाई मुलुक समृद्धिको मुहान बनाउनुपर्छ ।

1574
सुदीप बस्नेत
आइतवार, बैशाख २, २०७५

मानव भावनात्मक रूपमा संवेदनशील प्राणी हो । हरेक समय मानिसको मस्तिष्कमा केही न केही विचार आइरहेका हुन्छन् र ती विचारले मानिसलाई भावनात्मक रूपमा कमजोर वा सशक्त बनाइरहेको हुन्छ । हाम्रो मस्तिष्कमा आउने विचारहरू प्रायः हाम्रो वरपरको वातावरण, साथीसंगत, हामीले समय बिताउने तरिका, हामीले प्राप्त गर्ने समाचार वा सूचना आदि कुराले निर्देषित गरेको हुन्छ ।

3192
कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५

नेपालको धितोपत्रसम्बन्धी ऐन, २०६३ मा सामूहिक लगानी कोष सञ्चालनका लागि योजना व्यवस्थापक आवश्यक पर्ने र उक्त योजना व्यवस्थापकले सामूहिक लगानी कोष सञ्चालनका लागि धितोपत्र बोेर्डसँग स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । योजना व्यवस्थापकको योग्यता, कोष सुपरिवेक्षकको योग्यताको सम्बन्धमा सामूहिक लगानी कोष नियमावली, २०६७ मा व्यवस्था गरेको पाइन्छ ।

1731
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

नेपालको सबैभन्दा पिछडिएको क्षेत्र कर्णाली हो । सम्भावना नभएर होइन, सम्भावनाको दोहन गर्न नसकेर यसो भएको हो । खास भन्नुपर्दा राज्यको बेवास्ताको सिकार भएरै कर्णाली पछि परेकोमा विवाद छैन । कर्णाली प्रदेशमा आफ्नो उत्पादनले ३ देखि ६ महिना खाना पनि पुग्दैन । रोजगारीका लागि छिमेकी मुलुक भारत जानुपर्ने बाध्यता छ ।

1702
प्रकाश शर्मा ढकाल
शुक्रवार, चैत्र ३०, २०७४

संघीय नेपालको समृद्धिको मुख्य आधार कृषि, पर्यटन र ऊर्जा नै हो । यसमा पनि तुलनात्मक लाभको दृष्टिकोणबाट नेपालको पर्यटन क्षेत्र नै अर्थतन्त्रको प्रमुख आधार क्षेत्रका रूपमा देखिएको छ । ऊर्जाशील युवा नेता रवीन्द्र अधिकारी पर्यटनमन्त्री भएलगत्तै नेपालको पर्यटन क्षेत्रको विकास र विस्तार गरी कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान कम्तीमा २५ प्रतिशत, सन् २०२५ सम्म वार्षिक २५ लाख पर्यटक भिœयाउने र विदेशी विनिमय आर्जन ३ हजार ४ सय मिलियन पु¥याउने दीर्घकालीन सोचसहित अगाडि बढ्ने बताउँदै सरकारको १ सयदिने कार्यसूची जारी भएको छ ।

1470
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

प्रकृतिले निःशुल्क प्रदान गरेका विभिन्न उपहारमध्ये वनस्पति स्रोत सर्वश्रेष्ठ छन् । वनस्पति साझा सम्पत्ति मात्र नभई जीवनका आधार पनि हुन् । जीवनका हरेक चरणमा विभिन्न तवरले उपयोगमा आइरहने स्रोत हुन् वनस्पति । यी महत्वपूर्ण स्रोतहरूको सदुपयोगबाट मानवीय आवश्यकताहरूको परिपूर्तिका साथसाथै वातावरणीय दिगोपनाको सुनिश्चितता सम्भव छ ।

2070
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

विश्वका आधा जनताले अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच पाएका छैनन् । भ्रष्टाचार, अपर्याप्त खर्च र खेर गएका स्रोत धेरै कम वा मध्यम आय भएका मुलुकका स्वास्थ्य सेवा प्रणालीका चुनौती हुन् ।

906
डा. प्रकाशकुमार श्रेष्ठ
बिहिवार, चैत्र २९, २०७४

देशको आर्थिक तथा सामाजिक विकासका लागि प्राकृतिक स्रोतहरूको उच्चतम र दिगो उपयोग आवश्यक रहेको हुन्छ । नेपालमा जल, जंगल, जडीबुटी, जमिन र जनसंख्याको खानी भए पनि सोको सदुपयोग तथा व्यवस्थापनको कमीले आशातीत रूपमा विकासको गति लिन नसकेको तीतो यथार्थ हामीसँग छर्लङ्गै छ ।

1836
डा. शालिकराम पोखरेल
बिहिवार, चैत्र २९, २०७४

अहिले मुलुकमा बौद्धिक व्यक्तिदेखि साधारण जनमानससम्म वाम गठबन्धनको सरकारले उठाएका आर्थिक एजेन्डाहरू सम्बोधन हुन्छन् वा हुँदैनन् भन्नेमा चासो छ । चुनावताका गरिएका महŒवाकांक्षी घोषणाहरूको कार्यान्वयन गर्ने बेला आएको छ ।

1303
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

७० प्रतिशत जनसंख्या कृषि पेसामा निर्भर भनिए पनि मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान केवल ३४ प्रतिशत रहेको सरकारी तथ्यांकमै उल्लेख छ । यो अवस्थाले नेपालको कृषिक्षेत्र निर्यातमुखी त परैको कुरा, निर्वाहमुखीबाट समेत निकै तल झरेको प्रस्ट हुन्छ ।

1434
प्रल्हाद गिरी
बुधवार, चैत्र २८, २०७४

वित्तीय पहुँचको अभाव भएका क्षेत्रहरूको बाहुल्य भएको नेपालमा वित्तीय साक्षरता अनिवार्यता हो । नेपाल राष्ट्र बैंकले वित्तीय समावेशिताका लागि विभिन्न कार्यक्रमहरू ल्याएको थियो । समावेशी ढंगले विकास अगाडि बढ्न पहुँचको आवश्यकता हुनैपर्छ ।

1611
डा. सुमनकुमार रेग्मी
मंगलबार, चैत्र २७, २०७४

नेपालमा इन्धन भण्डारण क्षमता वृद्धि गरी १ सय ७ दिन पु¥याउने भनिएको थियो, तर २०७२ को नाकाबन्दी खुलेपश्चात् क्षमता विस्तार कार्यमा कम ध्यान दिएको देखिन्छ ।

1210
डा. भरतराम ढुंगाना
मंगलबार, चैत्र २७, २०७४

जागिरे मानसिकताबाट ग्रस्त हाम्रो समाजमा उद्यमशीलता संस्कृति मौलाउन सकेको छैन । शारीरिक श्रम गर्न सक्ने युवाहरू खाडी राष्ट्रमा र बौद्घिक युवाहरू युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडाजस्ता विकसित देशहरूमा रोजगारीको खोजीमा भौंतारिरहेका छन् ।

1718
गजेन्द्र बुढाथोकी
मंगलबार, चैत्र २७, २०७४

सन् ९० को दशकमा बर्लिन पर्खाल भत्किएसँगै साम्यवाद र फाँसीवादको समाप्ती भएको घोषणा पश्चिमा विद्वान्हरूले गरिदिएका थिए ।

1891