गजेन्द्र बुढाथोकी
मंगलबार, चैत्र १३, २०७४

हालैमात्र नेपालले संयुक्त राष्ट्र संघको वर्गीकरणमा अतिकम विकसित मुलुक (एलडीसी) मै रहने निर्णय गरेपछि विभिन्न किसिमका बहस सिर्जना भएका छन् । स्तरोन्नतिका लागि नेपालले तीनमध्ये दुईवटा मापदण्ड पूरा गरेको भए पनि किन एलडीसीमै रहने निर्णय गर्यो, जबकि भुटान विकासशीलमा स्तरोन्नति भइसक्यो भन्ने नै अहिलेको मुख्य बहसको विषय बनेको छ ।

1968
रमेश घिमिरे
सोमवार, चैत्र १२, २०७४

अर्थमन्त्रीले जिम्मेवारी सम्हालेलगत्तै घरजग्गा र पुँजीबजारजस्ता अनुत्पादक क्षेत्रबाहेक अन्य उत्पादक क्षेत्रमा वैदेशिक पुँजी भित्र्या उने अभिव्यक्ति दिएपछि त्यसले बजारमा तीव्र प्रतिक्रिया पैदा भयो ।

2057
डा. शालिकराम पोखरेल
सोमवार, चैत्र १२, २०७४

वित्तीय क्षेत्र विकास रणनीतिको मुख्य रणनीति विद्यमान बैंकिङ प्रणालीलाई युनिभर्सल अर्थात् एकीकृत बैंकिङतर्फ अभिमुख गराउन उपयुक्त संरचनाको व्यवस्था गर्ने भन्ने रहेको छ । नेपालको वित्तीय प्रणालीमा बैंकिङ, बिमा, पुँजीबजार, गैरबैंकिङ वित्तीय क्षेत्र र सहकारी गरी पाँचवटा क्षेत्र रहेका छन् ।

1675
कारोबार संवाददाता
आइतवार, चैत्र ११, २०७४

सेयर बजारमा विभिन्न कम्पनीको सेयर मूल्य निरन्तर रूपमा घट्ने र बढ्ने प्रक्रिया भइ नै रहन्छ, जसले गर्दा नै नेप्से परिसूचक तलमाथि भइरहन्छ । सेयर बजार कुन बिन्दुसम्म घट्छ ? अथवा न्यूनतम बिन्दु कुन हो ? भनेर यकिन तथ्याङ्क त दिन सकिँदैन, तर पनि राजनीतिक, आर्थिक र प्राकृतिकका साथै अन्य विविध कारणले सेयर बजारलाई नकारात्मक तथा सकारात्मक दुवै असर र अवसर प्रदान गरिरहेको हुन्छ ।

1245
दिलीपकुमार मुनकर्मी
आइतवार, चैत्र ११, २०७४

सेयर बजारमा सशक्त मोलमोलाइयुक्त क्षमता राख्ने क्रेता तथा विक्रेता हुने भएकाले यो अत्यन्तै गतिशील, उतारचढावपूर्ण, संवेदनशील र जोखिमपूर्ण हुन्छ । सामान्यतः क्रेता र विक्रेता सामान्य रहेको नियमित अवस्था (रेगुलर मार्केट), विक्रेता हाबी भएको तीव्रता (बुल मार्केट) र क्रेता हाबी भएको मन्दी (बियरिस मार्केट) देख्न सकिन्छ ।

1793
डा. सुमनकुमार रेग्मी
शुक्रवार, चैत्र ९, २०७४

देश संघीय संरचनामा गएपछि बजार अनुगमन र उपभोक्ता सचेतनाका काम अब स्थानीय सरकारबाट सञ्चालन हुने देखिएको छ । आव ०७४-७५ पछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गर्दै आएको काम अब स्थानीय सरकारले वडा, गाउँपालिका तथा नगरपालिका र महानगरपालिकाले गर्ने भएका छन् ।

1972
कारोबार संवाददाता
शुक्रवार, चैत्र ९, २०७४

विदेशी मुद्रा जोखिमको न्यूनीकरण : जोखिमको न्यूनीकरणका विभिन्न उपाय छन्, तर तीमध्ये धेरै उपाय नेपालमा उपलब्ध छैनन् । उपलब्ध भए पनि यी उपायहरूको आफ्नै लागत हुन्छ । त्यसैले विदेशी मुद्राको संलग्नताले प्राधिकरणलाई अरू अनावश्यक जोखिम र लागत थपिदिएको छ ।

1700
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

एनसीसी बैंकमा कर्मचारीकै मिलोमतोमा बैंकमा ठगी भयो र त्यहाँका उच्च अधिकारीहरू अहिले प्रहरी हिरासतमा छन् । केही दिनपहिले भारतको पन्जाब नेसनल बैंकमा १ खर्बभन्दा बढी रकम घोटाला भएको समाचारको नेपालमा पनि निकै चर्चा भयो । यसभन्दा पहिले पनि भारत तथा नेपाललगायत अन्य देशहरूमा समेत विभिन्न समयमा भएका बैंक घोटालाहरूका बारेमा हामीले पढ्दै र सुन्दै आइरहेकै हो ।

3722
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

नेपाल विद्युत् प्राधिकरणले हालै दक्षिण कोरियाको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसँग २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली— १ आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । सम्झौताअनुसार यस आयोजनाबाट नेपाल वाटरले उत्पादन गरेको सम्पूर्ण विद्युत् आगामी ३० वर्षसम्म प्राधिकरणले खरिद गर्नेछ, जसको भुक्तानी आगामी १० वर्षसम्म वा परियोजनाको ऋण चुक्ता अवधि (पेब्याक पिरियड) जुन अघि हुन्छ सोही अवधिसम्मका लागि अमेरिकी डलरमा हुनेछ । त्यसपछिको भुक्तानी भने नेपाली मुद्रामा हुनेछ ।

1587
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

मुलुकमा ट्रेड युनियन आन्दोलनको संगठित थालनी वि.सं. २००३ देखि भएको हो । वि.सं. २००७, २०३६, २०४६ र २०६२-०६३ का राजनीतिक स्वतन्त्रता प्राप्तिका लागि सञ्चालित लोकतान्त्रिक आन्दोलनमा युनियन आन्दोलनले ऐतिहासिक महŒवको भूमिका निर्वाह गरेको छ ।

3290
हेमन्त बस्याल
बुधवार, चैत्र ७, २०७४

मानिसले गर्ने हरेक गतिविधिमा मानवीय व्यवहारले प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने गर्छ । लगानीसम्बन्धी निर्णयसमेत मानवीय व्यवहारको पक्ष रहेकाले लगानीकर्ताहरूले लगानीसम्बन्धी निर्णय गर्दा मानवीय व्यवहारले लगानीको निर्णय–प्रक्रियामा प्रत्यक्ष वा परोक्ष प्रभाव पर्छ । लगानीसम्बन्धी निर्णयमा मानिसले देखाउने अनुभूति तथा संज्ञानात्मक त्रुटिका साथै भावनात्मक पूर्वाग्रहका कारण हरेक व्यक्तिले गर्ने लगानी निर्णयहरू विवेकशील नहुन सक्छन् । मानवीय व्यवहारले गर्दा लगानीसम्बन्धी निर्णयमा विशेष गरी दुई प्रकारका त्रुटिहरू देखा पर्छन् ।

1600
नारायण पौडेल
मंगलबार, चैत्र ६, २०७४

नयाँ सरकार गठन भएसँगै नेपालको सेयर बजार अहिले निकै चर्चामा आएको छ । सेयर बजारमा लगानी गर्नेहरूको संख्या बढिरहेको भए पनि सेयरमा सुझबुझका साथ समयमै लगानी गर्नेहरूले प्रशस्त फाइदा उठाउन सक्ने तर सेयर बजारसम्बन्धी ज्ञानको अभावमा हचुवा वा अनुमानको भरमा लगानी गर्नेहरू पछाडि पर्ने गरेको विश्व सेयर बजारको इतिहासलाई भने त्यति ध्यान नदिएको देखिन्छ ।

1324
गजेन्द्र बुढाथोकी
मंगलबार, चैत्र ६, २०७४

नेपालको अर्थराजनीतिक परिवर्तनका विभिन्न चरण पार गर्दै जाँदा वर्ष २०७४ लाई निर्वाचन वर्ष र संघीयता कार्यान्वयनका लागि आधार वर्ष मान्नुपर्ने हुन्छ । नयाँ संविधान–२०७२ जारी भएपछिका संवैधानिक व्यवस्थाअनुसार यसै वर्ष तीन तहका सरकारहरूका लागि यसै वर्ष आठवटा निर्वाचन सम्पन्न भए, जसमा राष्ट्रपति र उपराष्ट्रपति पदका निर्वाचन पनि समावेश छन् ।

1367
सुदीप बस्नेत
सोमवार, चैत्र ५, २०७४

मानिस जन्मजात अरूमा निर्भर हुने प्राणी हो । सानो छँदा आमाबुबाको हेरचाहमा, त्यसपछि स्कुल तथा कलेज जाने भएपछि शिक्षकको हेरचाहमा, जागिर गर्ने भएपछि जागिर दिनेको हेरचाहमा र जहिले पनि मानिसले कोही न कोही अरूको सहयोग खोजि नै रहेको हुन्छ । धेरै कुरामा अरूमा भर पर्दा मानिसले आफ्नो नेतृत्व गर्ने क्षमता पनि बिस्तारै गुमाउँदै गइरहेको हुन्छ ।

5618
प्रा.डा. विकाशराज सत्याल
सोमवार, चैत्र ५, २०७४

सुनको हरिण देखेर जोगी जीवन बिताइरहेकी सीता पनि सम्मोहित भएर त्यो हरिण चाहियो भनेर रामलाई समात्न पठाउँदा रावणले उनलाई हरण गरेको र त्यसपछि बिचल्लीका घटनाहरू सुरु भएको आख्यान रामायणमा छ । त्यसलाई मृगमरीचिका पनि भनिन्छ ।

1401