रवीन्द्र भट्टराई
सोमवार, चैत्र २५, २०७५

केही वर्षअघि उद्योगपति विनोद चौधरीले कुनै पत्रिकाको अन्तर्वार्तामा भनेका थिए, मेरो सपना भनेको वाइवाइलाई अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकरण गराउनु हो । मलाइ लाग्छ, सम्भवतः विनोद चौधरीले उनको त्यो सपना अझै पछ्याइरहेका छन् । सपना देख्नुपर्छ र त्यसलाई पछ्याइरहनुपर्छ भनेर युवाजगत्लाई हौसला प्रदान गर्ने चौधरीको सपना पूरा होस भन्ने हाम्रो पनि कामना छ ।

2681
कारोबार संवाददाता
आइतवार, चैत्र २४, २०७५

नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भ पारेर सरकारले नेपालका ‘१ सय १ पर्यटकीय गन्तव्यस्थलहरू’को नाम सूची सार्वजनिक गरेको छ । तर, सो नाम सूची विवादरहित भने हुन सकेन । कतिपय प्रसिद्ध र महŒवपूर्ण गन्तव्य स्थलहरू १ सय १ मा पर्न सकेनन् । नामै नसुनिएको र जातविशेषले पुज्ने गरेका मन्दिरहरू (जात वा वर्गविशेषले कुल पूजा गर्ने गरेको कुलायन मन्दिर) समेत १ सय १ गन्तव्य स्थलमा परेको भनी मिडियामा आएको थियो । उदाहरणका लागि भन्नुपर्दा सुदूर पश्चिमको बझाङ जिल्लाको अपी, सैपाल, उरै चुली, सुर्मा सोवर, कैलाश गुफालगायतका नेपालभर नै प्रसिद्ध रहेका र नाम चलेका स्थानहरू सरकारले घोषणा गरेको नेपालका १ सय १ गन्तव्य स्थलमा परेनन भने त्यही जिल्लामा पर्ने दुर्गाथली–७, दौली गाउँको गोरखनाथ मन्दिर १ सय एक गन्तव्यस्थलमा पर्नुमा बझाङ जिल्लाका माननीय सभासद भैरवबहादुर सिंहको योगदान रहेको भन्ने भनाइ आएको थियो ।

1000
सुदर्शन अधिकारी
आइतवार, चैत्र २४, २०७५

हरेक दिनको पहिचान त्यस देशको संस्कृतिले दिइरहेको हुन्छ । आफ्नो परम्परा, संस्कृति, चाडपर्व, मेला, उत्सव आदिको मौलिकपनमा ती संस्कृतिको गरिमा रहन्छ, तर पछिल्ला समयमा हाम्रो मौलिक संस्कृतिमा पाश्चात्य संस्कृतिको प्रभावले कुनै पर्व त विकृत बन्दै गएको देखिन्छ । हामीले खाने खाना, लगाउने वेशभूषा, अपनाउने रहनसहन र बोल्ने बोलीचालीमा समेत पाश्चात्य संस्कृतिको व्यापक प्रयोगले हाम्रो संस्कृतिलाई ओझेलमा पार्दै गएको छ ।

1489
दिलीपकुमार मुनंकर्मी
आइतवार, चैत्र २४, २०७५

देशमा गत वर्षको चुनावबाट स्थायी सरकार आएसँगै ‘समृद्ध नेपाल र सुखी नेपाली’का लागि पूर्वाधार, जलविद्युत्, उत्पादन, सेवाजस्ता क्षेत्रमा लगानी जुटाउन राष्ट्रिय पुँजी निर्माण र परिचालनदेखि वैदेशिक सहायता र लगानी जुटाउन सरकारले विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । यसै सन्दर्भमा सरकारले हालै ‘लगानी सम्मेलन’ सम्पन्न गरेको छ भने ‘जनताको जलविद्युत् कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ ।

886
भगवान खनाल
शुक्रवार, चैत्र २२, २०७५

अधिकारको निक्षेपण र विकेन्द्रीकरण भएकाले स्थानीय तह संवैधानिक हक–अधिकारमा मजबुत छन्, तर पनि स्थानीय तहहरू विकासमा आक्रामक बन्न सकेका छैनन् । स्थानीय तहका कामको अनेकन् आलोचना सुरु भएको छ । यो स्वाभाविक प्रक्रिया हो । केही स्थानीय तहबाहेकले ठूला विकासका कार्यक्रम हतपत सञ्चालन गर्न सक्दैनन् ।

1097
बाबुकाजी कार्की
शुक्रवार, चैत्र २२, २०७५

नेपालमा प्रजातन्त्र पुनःस्थापनापछि २०४८ सालमा पहिलो पटक लगानी सम्मेलन आयोजना गरिएको थियो । यस सम्मेलनबाट प्राप्त सुझाव र अनुभवका आधारमा पहिलो पटक विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ जारी गरियो । त्यसपछि अर्को ठूलो राजनीतिक परिवर्तनले देश राजतन्त्रात्मक प्रजातन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएर नयाँ संविधान निर्माणपश्चात् २०७३ साल फागुन १९ र २० गते दोस्रो लगानी सम्मेलन सम्पन्न भएको थियो । यस सम्मेलनबाट करिब १४ खर्ब रुपैयाँबराबरको लगानी भित्रिने प्रतिबद्धता भए पनि २९ प्रतिशत जति मात्र लगानी भित्रेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

816
अच्युतप्रसाद पौडेल ‘चिन्तन’
शुक्रवार, चैत्र २२, २०७५

संयुक्त आवास, सामूहिक र योजनाबद्घ आवाससम्बन्धी मापदण्ड, भवन निर्माण र मर्मत–सम्भार तथा प्रकोपप्रतिरोधी सहरी विकास आजको आवश्यकता हो ।

1240
कारोबार संवाददाता
बिहिवार, चैत्र २१, २०७५

तपाईं–हामी सबैको चाहना हराभरा अनि सुन्दर सहर भएको हेर्ने हो । झन् दिनानुदिन हरेक टोल÷समाजमा विकासको तीव्र गति भएको त छँदैछ । विकासको गतिसँगै सडकमा रहेका अधिकांश विद्युतीय तार पोलमा लत्रेको देख्दा त झनै कता–कता सहरको मुहार कुरूप त हुँदै छैन भन्ने अनुमान लगाउन सकिन्छ । घट्टेकुलो, पुतलीसडक, न्युप्लाजा, अनामनगर, थापागाउँ, नयाँ बानेश्वरलगाएत राजधानीका धेरै ठाउँमा रहेका पोलहरूमा अव्यवस्थित रूपमा विद्युतीय तार लत्रिएको देख्न सकिन्छ ।

1248
रमेश घिमिरे
बिहिवार, चैत्र २१, २०७५

नेपालमा चालू खर्च बढी र पुँजीगत खर्च कम भयो भनेर चर्चा हुँदै आएको छ । चालू खर्च भनेको निर्वाचित, मनोनीत र नियुक्त व्यक्तिहरूको तलबभत्ता तथा कार्यालय सञ्चालनको खर्च हो । एक वर्षमा उपभोग भएर जाने वा त्यसबाट भविष्यमा आय सिर्जना नहुने खर्चलाई चालू खर्च भनिन्छ । पेट्रोल चालू खर्च हो भने सवारी साधन पुँजीगत खर्च हो ।

2355
नरेन्द्रमान श्रेष्ठ
बिहिवार, चैत्र २१, २०७५

नेपालको पानी जनताको लगानी भन्ने सरकारको नारा सबै नेपालीलाई जलविद्युत् कम्पनीको सेयरधनी बनाउने सरकारको योजनाको थालनी त्रिशूली जलविद्युत् कम्पनीको सेयरबाट भएको छ । त्रिशूली जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि ३७ लाख कित्ताभन्दा बढीको सेयर निष्कासन गरेको थियो । त्रिशूली जलविुद्युत् कम्पनीको सेयर लिन चाहने आमलगानीकर्ताले लिन चाहेको सेयर कित्ता संख्याको १० प्रतिशत रकम अग्रिम बुझाउनुपर्ने र १ सयदेखि १ हजार कित्तासम्मको आवेदन दिने र पछि ९० प्रतिशत रकम भुक्तानी गर्ने गरी दरखास्त आह्वान गरिएको थियो । त्यसो त कतिपय लगानीकर्तालाई त्रिशूली जलविद्युत्को सेयर प्रतिकित्ता रु. १० हो कि भन्ने भ्रम भएको जस्तो पनि देखिएको छ । त्रिशूली जलविद्युत् कम्पनीको सेयर प्रतिकित्ता रु. १ सय नै हो ।

1357
कारोबार संवाददाता
बुधवार, चैत्र २०, २०७५

हाल बजारमा देखिएका विभिन्न गतिविधिमध्येको एउटा निकै जल्दोबल्दो विषय बन्न पुगेको विषय हो— बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा लगाएको ब्याजदरसम्बन्धी उद्योगीको विरोध । विभिन्न उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर बढी भएको भन्दै राष्ट्र बैंक, अर्थमन्त्री हुँदै प्रधानमन्त्री समेतलाई भेटेर ज्ञापन पत्रसमेत बुझाए र यसको नियन्त्रण गर्नका लागि अनुरोध गरे ।

831
प्रेमलकुमार खनाल
बुधवार, चैत्र २०, २०७५

संघीय शासन प्रणालीको पहिलो पञ्चवर्षीय योजनाका रूपमा आगामी आर्थिक वर्ष ०७६-७७ देखि पन्ध्रौं योजनाको सुरुवात हुँदैछ । संविधानले समानतामूलक समाज निर्माण र समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माण गर्न दिशाबोध गरेको छ । पन्ध्रौं योजना तर्जुमा गर्दा संविधानले परिलक्षित गरेको लक्ष्य पूरा गर्ने उद्देश्यका साथ योजना तर्जुमा गर्नुपर्ने अभिभारा सरकारका सामु छ ।

1482
सत्येन्द्र तिमिल्सिना
बुधवार, चैत्र २०, २०७५

लगानी बोर्ड नेपालको संयोजनमा गत शनिबार देशमा लगानी सम्मेलन सम्पन्न भएको छ । यसपालिको लगानी सम्मेलन आयोजना हुनुअघिदेखि नै यसको आवश्यकता र सम्भावित उपलब्धिका बारेमा विभिन्न कोणबाट बहस भइरहेको छ । कति ले अहिले लगानी सम्मेलन नै आवश्यक थिएन भन्ने तर्क गरिरहेका थिए भने कति ले लगानीको वातावरण राम्रो नबनाई यस्तो सम्मेलन आयोजना गर्नु ठीक भएन भन्ने तर्क राखेका थिए । यी तमाम तर्कहरूकाबीच अब लगानी सम्मेलन सम्पन्न भएको छ ।

1483
कारोबार संवाददाता
मंगलबार, चैत्र १९, २०७५

विश्वमा हालसम्म मान्यताप्राप्त ८ हजार मिटरमाथिका १४ वटामध्ये ८ वटा अग्ला नेपालमा छन् । तिनमा विश्वकै सबैभन्दा अग्लो (८ हजार ८ सय ४८ मिटर) सगरमाथा अर्थात् चोमोलुङ्मा, तेस्रो अग्लो (८ हजार ५ सय ८६ मिटर) कञ्चनजंघा, चौथो (८ हजार ५ सय १६ मिटर) ल्होत्से-चे, पाँचौं (८ हजार ४ य ८४ मिटर) मकालु, छैटौं (८ हजार २ सय ३ मिटर) चोओ यू, सातौं (८ हजार १ सय ६७ मिटर) धौलागिरी, आठौं (८ हजार १ सय ६३ मिटर) मनास्लु र विश्वकै दसौं अग्लो हिमाल (८ हजार ९१ मिटर) अन्नपूर्ण प्रथम छन् ।

1504
खेतबहादुर खत्री
मंगलबार, चैत्र १९, २०७५

सार्वजनिक संगठनमा जुनसुकै बेला यसको तोकिएको उद्देश्य पूरा नहुने अवस्था, संगठनमा जोखिम बढेको अवस्था तथा उक्त अवस्थालाई नियमित प्रक्रियामा ल्याएर संगठनलाई अघि बढाउन आवश्यक पर्ने समय एकदम कम भएको स्थिति हुन्छ । पुरानो विधि, प्रक्रिया र प्रणालीले काम नगर्ने र संगठनलाई रूपान्तरण गर्नुपर्ने हुन सक्छ ।

1975