ढुनबहादुर बुढाथोकी
मंगलबार, पुष २९, २०७६

नेपाल टेलिकमले २०७४-७५ मा १७.४८ अर्ब खुद नाफा आर्जन गरेकोमा २०७५-७६ मा ९.७६ अर्बमा ओर्र्लिएको छ । यो आँकडा अघिल्लो वर्षभन्दा ४४.१९ प्रतिशत न्यून हो । कम्पनीको आय ओरालो लागेका कारण अघिल्लो वर्ष प्रतिसेयर ५५ रुपैयाँ लाभांश बुझेका लगानीकर्ताले ४५ रुपैयाँमै चित्त बुझाएका छन् । २०७५-७६ मा कुल आय, प्रतिसेयर आय, नेटवर्थ, खुद नाफा अनुपातलगायतका परिसूचकहरू सन्तोषजनक देखिएका छैनन् । २०७६ पुस २९ गते बा-हौं साधारणसभा सम्पन्न गर्दै गर्दा कम्पनी कहाँ–कहाँ चुक्यो र अब के गर्नु पर्छ भन्ने कुरा पहिल्याउने जमर्को तपसिलमा गरिएको छ ।

959
कारोबार संवाददाता
सोमवार, पुष २८, २०७६

मेरो नाम मनोज घिमिरे भए पनि सर्लाही, तीनघरियामा कक्षा ५ सम्म पढ्दा मेरो नाम बित्ते थियो । वित्ते अर्थात् कम उचाइ भएको वा उमेरअनुसार बढ्न नसकेको केटो । मेरो नाम बित्ते, मोहनराज दाहाल, स्कुलको हेडसरले राखेका थिए । त्यहाँ पढाउने मिसदेखि हेडसरसम्म गाउँकै थिए सबै जना । तर, कक्षा ५ सम्म पढ्दा म पढ्न तेज थिए, त्यही कारण हेडसरको मुखबाट बित्तेबाट चाँडै माइला (माइलोमा परिवर्तन भयो । कारण हुनसक्छ, म घरको माइलो छोरो थिए । गाउँदेखि स्कुलसम्म सबैले मलाई माइला भन्न थाले । धेरै वर्षसम्म मेरो नाम मेरो नाम माइलो नै रह्यो ।

399
ज्ञानमणि नेपाल कालोटोपी
सोमवार, पुष २८, २०७६

नेपालको केन्द्रीय राजधानीसमेत रहेको बाग्मती प्रदेश हरेक सम्भावनाले महत्वपूर्ण छ । यहाँको भौगोलिक क्षेत्रफल २० हजार ३ सय वर्गकिलोमिटर छ । यस प्रदेशमा १३ वटा जिल्ला छन् । ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी कुल १ सय १९ वटा स्थानीय तह रहेको यस प्रदेशको जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ छ । यद्यपि यहाँ केन्द्रीय राजधानी काठमाडौं पनि रहेकाले देशविदेशका नागरिक बसोबास गर्ने हुँदा हाल बस्दै आएको जनसंख्या भने यो भन्दा बढी पनि हुन सक्ने अवस्था छ । यस प्रदेशअन्तर्गत पर्ने जिल्लाहरूमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं हुन् । प्रतिव्यक्ति आय १ हजार ३ सय ५७ डलर रहेको यहाँबाट कुल राजस्वमा ४८.७६ प्रतिशत योगदान रहेको देखिन्छ । यहाँ अन्य प्रदेशको भन्दा धेरै सम्भावना रहेको छ ।

560
ई. ज्ञानेन्द्रलाल प्रधान
सोमवार, पुष २८, २०७६

जलविद्युत्लाई जल र बाढी नियन्त्रण, सिँचाइ तथा पिक पावर सप्लाइका लागि सराहनीय मानिन्छ । जलविद्युत् उत्पादन क्षमतामा नेपाल विश्वभरिमै अहिले पाँचौं स्थानमा छ । भरखरै मात्र संघीयतामा गएको नेपालको ७ वटा प्रदेशमध्ये प्रदेश २ बाहेक प्रत्येक प्रदेशमा प्रचुर मात्रामा जलस्र्रोतको विकासको सम्भावना छ । जलविद्युत् र पर्यटनलाई मूल विकासको आधार बनाई कृषि तथा रोजगारलाई दिगो विकासको गतिमा राखेर मात्र नेपालकोे आर्थिक विकास सम्भव हुन्छ भन्ने कुरामा अत्युक्ति नहोला ।

421
बाबुकाजी कार्की
आइतवार, पुष २७, २०७६

गुणस्तरीय शिक्षाको विकास भए मात्र सबैखाले विकासका गतिविधिमा प्रभावकारिता आउने वास्तविकता हो । गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि मानवीय तथा भौतिक साधानस्रोत सम्पन्न शिक्षण संस्था पहिलो प्राथमिकता हो । विकासको मेरुदण्डका रूपमा लिइने शिक्षाको समयानुकूल विकास र विस्तारका लागि धक फुकाएर लगानी गर्न कञ्जुस्याइँ गरिन्नु हुन्न । तथापि शिक्षामा गरिएको लगानीअनुसार उपलब्धि नबढ्नु चिन्ता र चिन्तनको विषय हो । सामुदायिक विद्यालयको उपलब्धिस्तर खस्कनुमा विविध कारण हुन सक्छन् ।

338
कारोबार संवाददाता
आइतवार, पुष २७, २०७६

वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारले खुला अर्थनीति अपनाएपछि अन्य उद्योग, कलकारखाना, बैंक, वित्तीय संस्था, कम्पनी, व्यावसायिक घरानाहरू खुलेजस्तै बिमा कम्पनीहरू पनि खुले । विभिन्न बिमा कम्पनीहरू जस्तै नेपाल लाइफ इन्स्युरेन्स कम्पनी (एनएलआईसी), नेसनल लाइफ कम्पनी (एनएलसी), अमेरिकन लाइफ इन्स्युरेन्स कम्पनी (एलिको), लाइफ इन्स्युरेन्स कम्पनी अफ इन्डिया (एलआईसीआई) आदि खुले । यीमध्ये अमेरिकन लाइफ इन्स्युरेन्स कम्पनी (एलिको) को मुख्य कार्यलय अमेरिकामा र लाइफ इन्स्युरेन्स कम्पनी अफ इन्डिया (एलआईसीआई) को मुख्य कार्यालय भारतमा छ ।

443
देवेन्द्र अर्याल ‘आँसु’
आइतवार, पुष २७, २०७६

सन् २०२० लाई नेपालले नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरिसकेको छ । साथै २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारले योजना बनाएको छ । यदि पर्यटन विस्तार र प्रर्वद्धनसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिएन भने त्यो केवल नारामा मात्रा सीमित हुन सक्दछ । त्यसैले गुणात्मक रूपामा पर्यटकको संख्या वृद्धि गर्न पर्यटनलाई पनि गुणात्मक रूपमा नै विकास गर्नु पर्ने देखिन्छ । नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको विशेष भूमिका रहेको छ ।

335
गोविन्द चापागाईं
शुक्रवार, पुष २५, २०७६

घटना केही दिनअघिको मात्र हो । दिउँसोको १ बजेको थियो, घाम एकदमै चर्को थियो, त्यही चर्को घाममा एक जना दिदी सरिता महत (नाम परिवर्तन) बुद्धनगरको सडकछेउमा मकै पोलिरहेकी थिइन् । त्यत्तिकैमा एक जना युवती ती दिदीको सामु उभिइन् र भनिन्— “दिदी, आज कति रुपैयाँ राख्ने ?” ती दिदीले मलिनो अनुहार लगाउँदै भनिन्— “नानी, आज व्यापार त्यति राम्रो भएको छैन, १ सय रुपैयाँ मात्र राख न है !”

21457
प्रा. डा. हरि शर्मा
शुक्रवार, पुष २५, २०७६

यस पटकको मेरो अस्ट्रेलिया भ्रमणका क्रममा मैले विचार गरेँ भ्रमणबारे लेख्दा त लामो नियात्रा नै बन्छ, जुन मैले अंग्रेजीमा चार वर्षअगाडि नै लेखिसकें (सी एनु स्काई), अब भने अस्ट्रेलियाको प्रमुख व्यावसायिक सहर सिड्नीमा रमाइरहेका नेपाल आमाका सन्ततिहरूबारे कलम चलाउन मन लागेर यो आलेख तयार पार्ने काम भइरहेछ ।सिड्नीमा नेपालीहरूको इतिहास करिब साढे चार दशक लामो रहेको पाइन्छ । सन् १९७५-७६ मा नेपालबाट सिड्नी पुग्ने पहिलो व्यक्ति सुश्री इन्द्र बम रहेको पाएँ । उहाँ उच्च अध्ययनका सिलसिलामा त्यहाँ पुग्नुभएको रहेछ । हुन त नेपाल र अस्टे«लियामाझ द्वैत कूटनीतिक सम्बन्ध सन् १९६० मा नै भइसकेको थियो ।

754
उदय रानामगर
शुक्रवार, पुष २५, २०७६

समृद्ध नेपाल हरेक नेपाली जनताको जनजिब्रोमा सहजै बसिसकेको छ । यसको प्राप्तिका लागि सरकारले नीति तथा कार्यक्रम बनाएर अघि बढिरहेको अवस्था पनि छ । समृद्धिको प्रमुख परिसूचकका रूपमा रहेको आर्थिक वृद्धिदरलाई हेर्दा पछिल्लो आर्थिक वर्षदेखि सुधारको संकेत देखिएको छ । मानव विकास सूचकांक पनि सन्तोषजनक नै छ । यो सूचकमा नेपाल सन् २०१८ मा १ सय ८९ देशमध्ये १ सय ४९ औं स्थानमा छ । मानवविकास सूचकको गणना गर्न प्रयोग हुने महत्वपूर्ण सूचक औसत आयु पनि हो । नेपालीको औसत आयु सन् १९९० मा ५४.३ वर्ष रहेकोमा यस वर्ष ७०.६ वर्ष पुगेको छ । सोही अवधिमा अपेक्षित विद्यालयमा रहने औसत वर्ष ७.५ रहेकोमा यस वर्ष १२.२ पुगेको छ । प्रतिव्यक्ति आम्दानी बढेर १०४७ अमेरिकन डलरमा पुगेको छ ।

377
समीर रेग्मी
बिहिवार, पुष २४, २०७६

प्रत्येक मुलुकको सेनाको जिम्मेवारी भनेको अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको रक्षाकवच हुनु हो । शक्तिको दुरुपयोग तथा जोखिमपूर्ण सैन्य कदम अन्तर्राष्ट्रिय समाजका लागि स्वीकार्य हुँदैन ।

407
ज्ञानमणि नेपाल कालोटोपी
बिहिवार, पुष २४, २०७६

नेपालमा केको सम्भावना छैन ? यहाँ सम्भावना भएका वस्तुहरूको गणना गर्ने हो भने निकै लामो सूची तयार गर्न सकिन्छ । तर, कुनै पनि क्षेत्रमा हुनुपर्ने जति विकास र सदुपयोग भएको छैन, जसले गर्दा सामान्यभन्दा सामान्य वस्तुको पनि हामीले आयात गर्नु परिरहेको यथार्थ नयाँ होइन । यस्तै सम्भावना धेरै भएर पनि सोचेजस्तो फस्टाउन नसकेको र फस्टाउने प्रयासमै रहेको नेपालको गलैंचा उद्योगको कुरा पनि बेला–बेलामा चर्चामा आउने गरेकै हो । तर, पहिले पनि यस्ता उद्योगहरूका कुरा मात्रै धेरै गरियो तर ठोस कार्य गरिएन । आज पनि गलैंचा उद्योगले धेरै अप्ठ्याराहरूको सामना गरिरहनुपरेको छ । यतिखेर नेपालको गलैंचा उद्योगमा करिब २५ अर्ब भन्दा धेरै रुपैयाँ बराबरको लगानी रहेको छ । ६ सयभन्दा धेरै साना–ठूला गलैंचा उत्पादक

490
अच्युतप्रसाद पौडेल ‘चिन्तन’
बिहिवार, पुष २४, २०७६

सन् १९६० को दशकसम्म विश्वको सबैभन्दा गरीबमा गनिने मुलुक सिंगापुरको कायापलट भएको छ अहिले । समृद्ध राष्ट्रका रूपमा चिनिन त्यस देशको नेता गतिलो हुनुपर्ने रहेछ । हालको समृद्ध मुलुक सिंगापुरमा सन् १९५९ देखि १९९० सम्म प्रधानमन्त्री लि कुआनले सत्ता संचालन गरे । उनले त्यहाँ कडाइका साथ कानुनलाई स्थापना गराए । हामीकहाँ जस्तो धुलाम्मे सडक छैन त्यहाँ । हिलो, मैलो कतै छैन । पैदलयात्रीहरूले जथाभावी बाटो काट्दैन । सबैतिर सिसी क्यामरा फिट भएको छ । कसैले गल्ती गर्दैन ।

478
सुदर्शन अधिकारी
बुधवार, पुष २३, २०७६

विद्यालय बालबालिकाको शिक्षा आर्जन गर्ने महत्वपूर्ण स्थल हो जहाँ औपचारिक रूपले निर्धारित विषयवस्तु सिकाउने गरिन्छ । शिक्षा मानव विकासको महत्वपूर्ण तत्व भएकाले यसको विकासमा हरेक देशले जोड दिएको हुन्छ । मानवले उसका जीवनका प्रत्येक घटना र परिवेशबाट शिक्षा प्राप्त गरिरहेको हुन्छ । बालबालिकाले विभिन्न व्यक्ति, संघसंस्था, समुदायबाट पनि शिक्षा प्राप्त गरिरहेको हुन्छ । औपचारिक रूपमा विद्यालयबाट शिक्षा प्राप्त गरेको हुन्छ भने अनौपचारिक रूपमा समाजका विभिन्न घटना, परिवेश, संघसंस्था आदिबाट शिक्षा हासिल गरिरहेको हुन्छ । तसर्थ विद्यालय रहेको समाज तथा समुदायबाट औपचारिक रूपमा सिकाइ भइरहेको हुन्छ । वास्तवमा शिक्षा सामाजिक प्रक्रियाका रूपमा रहेको हुन्छ ।

428
पेशल आचार्य
बुधवार, पुष २३, २०७६

नेपाली समाजमा एउटा भनाइ चल्तीमा छ— ‘बाँसको सबै थोक भलो, तर त्यसको हुँदैन ढिकी र हलो’ । ३० को दशकतिर एक जना कृषि वैज्ञानिक मित्रराष्ट्र चीन भ्रमणमा जाँदा त्यहाँ उनले बाँसको बहुउपयोगिता देखी तालिमपश्चात् देशमा आएर नेपालको भूप्राकृतिक अवस्थामा बाँसको उपयोगिताबारे आफू सम्बन्धित कार्यालयमार्फत सरकारलाई लिखित रूपमा प्रपोजल लेखेर बुझाउँदा उल्टै सरकारले उनलाई स्पष्टीकरण सोधेर हैरान बनाएको अनि उनले आफ्नो मत सुनुवाइ नै नभएपछि जागिर छोडेर आफ्नो लमजुङतिरको गाउँको घरमा बाँसखेती गरी बसेका थिए रे !

645