बाबुकाजी कार्की
शुक्रवार, आश्विन २६, २०७५

नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर भए पनि अझै २२ प्रतिशत जनता गरिबीको रेखामुनि छन् । पछिल्लो तथ्यांकअनुसार एक जना नेपालीको थाप्लोमा ३१ हजार वैदेशिक ऋणको भार छ । बेरोजगारीको समस्या दिन–प्रतिदिन बढ्दो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र दैनिक १२ सयको हाराहारीमा रोजगारीका लागि युवायुवती बिदेसिने गरेको तथ्यांकले देखाउँछ । यसरी बिदेसिनेमध्ये १.५ प्रतिशत दक्ष, २५ प्रतिशत अर्धदक्ष र ७३.५ प्रतिशत अदक्ष रहेको लेखिन्छ ।

1889
प्रा. डा. हरि शर्मा
शुक्रवार, आश्विन २६, २०७५

२०७५ साल असोज २२ गते सोमबार गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल पर्यटन बोर्डको सहयोगमा पर्यटन बोर्डकै प्रेक्षालयमा पर्यटन विषयक एउटा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न ग-यो । अन्तक्र्रियाको मुलभूत विषय ‘विदेशमा नेपालको पर्यटन प्रवद्र्धन दिगो रणनीति र डायस्पोराको भूमिका’ थियो । संघका अध्यक्ष भवन भट्ट (जापान), उपाध्यक्ष सपिला राजभण्डारी, सह–कोषाध्यक्ष सोम सापकोटा, आयरलेन्ड बस्ने दिपेशमान शाक्यलगायत पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र राजधानीस्थित पर्यटन सम्बद्ध विभिन्न संघ–संस्थाका प्रमुख, होटल तथा अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम नेपालले सहजै पर्यटकलाई नेपालमा स्वागत गर्दै उनीहरूको मनमा नेपालीको अमिट छाप कसरी छोड्ने भन्ने विषयमा केन्द्रित थियो ।

1628
भगवान खनाल
बिहिवार, आश्विन २५, २०७५

स्थानीय तहहरूले चालू आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रममा प्रदेश र संघ सरकारको पदचाप पछ्याउँदै विभिन्न विकासको नारा दिए । तिनले किसान र कृषिको पनि उत्तिकै कुरा गरे, तर परम्परादेखि हुँदै आएको, दिनहुँ लोपोन्मुख कोदो खेती विस्तार, संरक्षण र प्रवद्र्धनका कुरा गरेको कहीँकतै सुनिएन । केही बिग्रिहालेको छैन, चालू आवमा नसमेटिए पनि आगामी आवमा समेट्दा हुन्छ ।

3381
उदय रानामगर
बिहिवार, आश्विन २५, २०७५

देशको आर्थिक विकासको इन्जिनका रूपमा व्यापारलाई लिने गरिन्छ । मुलुकमा रोजगारी सिर्जना गरी जनताको जीवनस्तर उकास्नुका साथै गरिबी न्यूनीकरण गर्ने कार्यका लागिसमेत व्यापारको अहम् भूमिका रहन्छ ।

1673
प्रल्हाद गिरी
बुधवार, आश्विन २४, २०७५

देशमा आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको सबै तह र तप्कामा सुन्दा कुन किसिमको आर्थिक क्रान्ति मुलुकले खोजेको छ भन्ने कुरा नै निक्र्योल गर्न गाह्रो छ । स्वाधीन अर्थतन्त्र संविधानले परिलक्षित गरेको छ । वैदेशिक पुँजी भित्र्याएर राष्ट्रिय हितमा लगानी गर्ने, आर्थिक समृद्धि र आत्मनिर्भरताको आर्थिक क्रियाकलापमा प्रतिविम्बित हुने वातावरण सरकारले तयार गर्ने सरकारका नीति तथा कार्यक्रमहरूमा उल्लेख छ । आर्थिक आत्मनिर्भरतामार्फत समृद्ध नेपाल र सुखी नेपालीका लागि लगानीको वातावरण बनाउने र स्वदेशी श्रम तथा सीपकै उच्चतम उपयोग गर्न सकिने सरकारी योजनाको औचित्यतामाथि प्रश्नचिह्न उठेको छ ।

1766
प्रा.डा. विकाशराज सत्याल
बुधवार, आश्विन २४, २०७५

उपत्यकाका सहरहरू फोहोर थुप्रिएर दुर्गन्धित बनेका छन् । कतिपय टोलमा त घरबाट फोहोर नउठाइएको महिनौ भयो । घरघरमा, बाटोका छेउछाउमा, सार्वजनिक जग्गामा, नदी–खोलामा— सबैतिर फोहोरका ह्रास देखिन्छन् । यो उपत्यकालाई प्रायः समाउने रोग हो । घरघरबाट उठिरहेको फोहोर अचानक महिनौं उठ्न बन्द हुँदा आफ्नै घरमा बसेकालाई समेत फोहोर व्यवस्थापनको वैकल्पिक उपाय नहुँदा ठूलो समस्या भोग्नुपर्छ्र ।

1623
रासस
मंगलबार, आश्विन २३, २०७५

नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा असर पर्छ भने उत्पादन बढ्दा जीडीपी माथि उक्लन्छ । धानको उत्पादन बढेकाले यस वर्ष किसान खुसी छन् तर मंसिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप भएन भने राज्यको आम्दानी बढ्ने निश्चित प्रायः छ । गत वर्षभन्दा यस वर्ष १० प्रतिशतले रोपाइँ बढी भएको छ । गत वर्ष ८३.९७ प्रतिशत जमिनमा रोपाइँ भएको थियो भने यस वर्ष ९२.२५ प्रतिशतमा रोपाइँ भएको छ ।

1118
खेमराज निरौला
मंगलबार, आश्विन २३, २०७५

विकास र समृद्धिका जतिसुकै ठूला–ठूला भाषण र कुरा गरे पनि आखिरमा रोजगारीको उपलब्धताबिना उक्त भाषण र कुरा सार्थकतामा परिणत हुन असम्भव हुन्छ । जीविकोपार्जनका लागि गरिने कुनै पनि काम, इलम, पेसा, व्यवसायलाई रोजगारी भनिन्छ । जीवन निर्वाहका लागि चाहिने पेसा वा अन्य कुनै व्यवसाय नभएको अवस्थालाई भने बेरोजगारी भनिन्छ ।

1513
गजेन्द्र बुढाथोकी
मंगलबार, आश्विन २३, २०७५

गाउँघरतिर यतिखेर हेर्ने हो भने चाडपर्वको रौनकभन्दा बढी किसानको पिरलो बढी देखिन थालेको छ । दसैंका लागि भनेरै पालिएका खसी–बोका, बंगुर किन्नेहरू आएनन् भने कसरी खर्च जोहो गर्ने भन्ने आमकिसान परिवारको पिरलो हुन्छ ।

1278
ढुनबहादुर बुढाथोकी
सोमवार, आश्विन २२, २०७५

अंग्रेजको पञ्जाबाट मुक्त भएको ७० वर्षकै अवधिमा भारत महाशक्ति बन्न खास गरी अन्य सर्तहरूका अतिरिक्त सडकमार्ग, रेलमार्ग, बन्दगाह, जलविद्युत् आयोजना, सिँचाइ आयोजना, औद्योगिक करिडोर, एयरपोर्टलगायतका पूर्वाधारको क्षेत्रमा यथेष्ट लगानी गरिएका कारण हो ।

2102
प्रकाश शर्मा ढकाल
सोमवार, आश्विन २२, २०७५

गत आवमा नेपालको निर्यात ११ प्रतिशतले वृद्धि हुँदा आयात भने २६.३१ प्रतिशतले वृद्धि हुन पुग्यो । सो आवमा आयात १ हजार २ सय ४२ अर्ब ८३ करोड र निर्यात ८१ अर्ब १९ करोड रुपैयाँ बराबरको मात्र भएको थियो । उत्पादन नगर्ने, खपत मात्रै गर्ने हाम्रो प्रवृत्तिका कारण आयात अकासिंंदै गएको हो ।

1773
रमेश भट्टराई
आइतवार, आश्विन २१, २०७५

सतहत्तरै जिल्लाका मान्छे थुप्रिने स्थान राजधानीभित्र एउटा चहलपहलमा एकमुठी खुसी र धेरै त पिरलो छ । दसैँतिहारको घर फर्कने रनाहा चल्दै गर्दा यात्राको सास्ती र दसैँको दशा सम्झेर कैयौँलाई महिना दिन अघिदेखि पिरोल्छ । करिब २५ देखि ३० लाखजति यात्रुले काठमाडौँबाट बाहिरिएका खबर फेसबुकका भित्तामा टाँसिन्छन्, अनि सडक निर्माण र जाम गर्ने पनि यतिखेरैको चटारोको चुकचुकाइमा देशलाई सराप्छन् । सधैँजसो जामको परिधानमा जकडिने कलंकीदेखि थानकोटसम्मको पिरलोको एक मुरी चिन्तिन र चिन्ता । वर्षामा हिलाम्मे अब फेरि धुलाम्मे सहरको बाटोको कहर एकातिर राजधानी परिसरमै लगभग पोखिन्छ ।

1168
दिलीपकुमार मुनंकर्मी
आइतवार, आश्विन २१, २०७५

बचत र लगानी दुवैको उद्देश्य भविष्यको आर्थिक आवश्यकता पूरा गर्नु र सम्भावित जोखिमबाट आफू र परिवारलाई सुरक्षित गर्नु हो । यिनले आर्थिक शक्ति र जोखिमवहन क्षमता प्रदान गर्छ । सामान्यतः बचत र लगानीको सम्बन्ध (क) बचत लगानीको स्रोत तथा लगानीको प्रतिफल बचतको आधारमा परिपूरक, (ख) प्रतिफलका हिसाबले प्रतिस्पर्धी र (ग) ब्याजदर बढ्दा लगानी निरुत्साहित हुने र लगानीको प्रतिफल बढ्दा बचत निरुत्साहित अर्थमा विपरीत सम्बधका हुन् ।

3754
रमेश घिमिरे
शुक्रवार, आश्विन १९, २०७५

नेपालमा अस्पतालहरूले बिरामीको अवस्थाबारे बिरामी तथा आफन्तलाई प्रायः समयमा सही सूचना दिँदैनन् । त्यस्तै, चिकित्सकले बिरामीलाई गरेको व्यवहार तथा उपचार आफन्तलाई हेर्न दिँदैनन् । यी दुई कुरा अस्पतालको आधारभूत नियमका रूपमा बिरामी र कुरुवाले पालना गर्नुपर्छ । वास्तवमा अस्पताल र स्वास्थ्यकर्मीले गर्ने यो व्यवहार कानुनविपरीत हो ।

1208
हरिकृष्ण उप्रेती
शुक्रवार, आश्विन १९, २०७५

सन् १८२५ मा दक्षिणी लन्डन जोड्ने उद्देश्यले प्रेरित भई बेलायती सिभिल एवं मेकानिकल इन्जिनियर ब्रनेलले थेम्स नदीमा पहिलो सुरुङ निर्माण थालेको र आर्थिक कठिनाइका बाबजुद सन् १८४३ मा पूरा गर्न सकेको अभिलेख भेटिन्छ । शताब्दीभन्दा लामो पर्खाइपछि सन् १९६१ मा आएर मात्रै सडकमा पनि सुरुङको अवधारणाले प्रवेश पाएको र सन् १९६४ मा पहिलो पटक सडकसँग सुरुङ मार्गले जोडिने मौका पाएको देखिन्छ । अहिले संसारकै सबैभन्दा लामो रेल चल्ने सुरुङ मार्ग बनाउने देश स्विट्जरल्याण्ड बन्न पुगेको छ ।

1593