प्रेमलकुमार खनाल
सोमवार, बैशाख २, २०७६

स्थानीय तहका सरकारहरू संघीय शासन प्रणालीका आधारस्तम्भ हुन् । स्थानीय तहको सरकार सञ्चालनमा निष्पक्षता, मितव्ययिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्न सकियो भने मात्र लोकतन्त्रको जग झन् मजबुत भएर जान्छ । मुलुकमा अब आर्थिक न्याय समानता र समृद्धिसहित समाजवादको आधार निर्माण गर्ने जुन अभिभारा छ, यस सन्दर्भमा स्थानीय तहका सरकारहरू समाजवादको आधार निर्माणका संवाहक हुन् । मुलुकमा संघीय शासन प्रणालीको थालनीसँगै सिंहदरबारको अधिकार गाउँघरमै भएको छ ।

353
मीनकुमार नवोदित
शुक्रवार, चैत्र २९, २०७५

जताततै भत्किएका सडक । पाइलैपिच्छे खाल्डाखुल्डी, धूलैधूलो अनि स्ल्याप नलगाएका नाला । यो अहिलेको विराटनगरको ताजा अवस्था हो । हिंड्दाहिंड्दै खाल्डामा परिने हो कि भन्ने त्रास । सास फर्न मुस्किल पर्ने धुलो । यतिबेला विराटनगरवासी उकुसमुकुसको जिन्दगी बाँचिरहेका छन् । महानगरपालिकाभित्र जारी विकासले गति नलिँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । अव्यवस्थित निर्माणले जनजीवन अस्तव्यस्त बनेको छ । सर्वसाधारणको न्यूनतम हितलाई समेत ध्यानमा नराखी निर्माण गर्दा नगरवासीलाई सास्ती भएको छ । एक ठाउँबाट अर्को ठाउँमा सकुशल नपुगिने हो कि भन्ने चिन्ता छ ।

417
ढुनबहादुर बुढाथोकी
शुक्रवार, चैत्र २९, २०७५

पहिलो पटक नेपालमा २००७ सालबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । २०३३ मा आइपुग्दा प्रत्यक्ष वैदेशिक लगानीमा हिमालय ब्रुअरी स्थापना भयो । २०४१ मा बाह्य प्रत्यक्ष वैदेशिक लगानीमा नेपाल अरब बैंक स्थापना हुन गयो । यी फाट्टफुट्ट बाह्य लगानी भित्रिउन्जेलसम्म नेपालको अर्थव्यवस्था भने बन्द प्रकृतिकै थियो । २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् गठित नेपाली कांग्रेसको सरकारले नेपालले अर्थव्यस्थालाई खुला र उदारोन्मुख बनायो ।

502
भवानी राणा
शुक्रवार, चैत्र २९, २०७५

नेपाल लगानी सम्मेलन भर्खरै सम्पन्न भयो । ठूलो संख्यामा बाह्य लगानीकर्ताहरूको सहभागितामा सम्मेलन भव्यतापूर्वक सम्पन्न भएकोमा म सरकारलाई बधाई दिन चाहन्छु । सम्मेलन आयोजकको एक हिस्सा बन्ने अवसर महासंघलाई पनि प्राप्त भएकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु । समग्रमा सम्मेलनको समीक्षा गर्दा नेपालमा रहेका लगानीका अवसरहरूको जानकारी विश्व समुदायलाई गराउन, मुलुकको लगानीमैत्री छवि निर्माण गर्न, सरकारी निकायहरूलाई जिम्मेवार बनाउन, नेपालमा जुनसुकै क्षेत्रमा लगानी गरे पनि नाफा हुने, राजनीतिका साथै नीतिगत स्थिरता रहेको, वैदेशिक लगानी भिœयाउन कानुनी र प्रक्रियागत सुधार गरी वातावरण तयार रहेको सन्देश विश्व समुदायलाई दिन हामी सफल भएका छौं । सम्मेलनमार्फत सरकारी र निजी क्षेत्र दुवैले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छौं ।

562
कारोबार संवाददाता
बिहिवार, चैत्र २८, २०७५

आज हामी यहीँ छौं, जहाँ हाम्रा जनप्रतिनिधि छन् । राजनीतिक कुरालाई एक ठाउँमा थाती राख्दै आज हरेक टोल–टोलमा विकासका लहर छरिँदै छन् । जनताले विकासको प्रत्याभूति गर्ने अवसर पाएका छन् । गरे के हँुदैन ? समस्या धेरै छन्, सम्भावना हरेक ठाउँमा छ, ती सम्भावना तथा समस्याहरूलाई चिरफार गर्दै आज कागेश्वरी मनोहरा हरेक आर्थिक, सामजिक तथा भौतिक विकासमा केन्द्रित रही अघि बढेको देख्न सकिन्छ । यसको मुख्य श्रेय भनेकै हाम्रा जनप्रतिनिधिहरू हुन् ।

439
ज्ञानमणि नेपाल कालोटोपी
बिहिवार, चैत्र २८, २०७५

पछिल्ला केही वर्षयता स्मार्टसिटीका कुरा धेरै सुनिएका हुन् । अझ चुनावको समयमा त यसको चर्चा यति भयो कि साँच्चै अब नेपाल विकसित देशको सूचीमा पुग्नेछ वा पुगिसक्यो झैं लाग्ने गरी । समयअनुसार स्मार्टसिटीको आवश्यकता र सोच पक्कै पनि राम्रो हो । यसलाई अन्यथा नसोचौं तर स्मार्टसिटी भनेको के हो ? के भयो भने त्यसलाई स्मार्टसिटी भनिन्छ भन्नेसम्म जानकारी नभएकाहरू नै यसको नारा बोकेर सडकमा आएको देख्दा भने साँच्चै स्मार्टसिटी भनेको कुन चराको नाम हो भनेर धेरैले आआफ्नो तर्फबाट सोच्न थाले, तर जसले अहिलेसम्म यसको बारेमा थोरै पनि बुझेका छैनन्, तिनै मानिसहरूले स्मार्टसिटीको गफ चुट्दै हिंडेको पनि देखियो ।

376
सत्येन्द्र तिमिल्सिना
बिहिवार, चैत्र २८, २०७५

नेपाल नागरिक उड्डयन प्राधिकरणले करिब साढे ३० करोड खर्च गरेर राजविराज विमानस्थललाई गत वैशाखमा फेरि उडानयोग्य बनायो । गत २३ वर्षदेखि प्रयोगमा नरहेको यो विमानस्थललाई सुरक्षाका दृष्टिकोणले अझ भरपर्दो बनाउन धावनमार्ग वरिपरिको करिब २२ बिघा जग्गा अधिग्रहण गर्न अझै करिब ५२ करोड खर्च गर्ने तयारी छ । करिब १ अर्ब खर्च गरेर राजविराज विमानस्थलको स्तरोन्नति गर्दा पनि स्थानीयवासीको गुनासो उस्तै छ । पहिले विमानस्थल सञ्चालन योग्य थिएन भने अहिले हवाई सेवाका लागि विमान नै छैन । निजी क्षेत्रको श्री एयरलाइन्सले राजविराज विमानस्थलमा केही उडान भरे पनि जहाज अभावका कारण उडान नियमित छैन ।

847
कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५

सदस्यहरूको साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता र आकांक्षा परिपूर्तिका लागि उनीहरूकै प्रजातान्त्रिक नियन्त्रणमा संगठित, स्वेच्छिक र सामूहिक स्वामित्व भएको स्वायत्त व्यावसायिक संस्था वा उद्यम हो सहकारी । सहकारी संस्था व्यक्तिहरूको साझा उद्यम व्यवसाय हो र यस व्यवसायमा व्यक्ति प्रधान हुन्छ ।

380
अच्युतप्रसाद पौडेल ‘चिन्तन’
बुधवार, चैत्र २७, २०७५

सरकारले हरेक फागुन १ लाई रोजगार दिवसको रूपमा मनाउने घोषणा गर्दै रोजगारीका केही सम्भावित मार्ग चित्र प्रस्तुत गरेको छ । उता मे १ लाई श्रमिक दिवसका रूपमा त विगत लामो समयदेखि नै अन्तर्राष्ट्रिय स्तरमै विश्वले मान्दै आएको छ । सरकारले अचम्मैसँग १९ वर्ष उमेरदखि ५९ वर्ष उमेर समूहलाई रोजगार कार्यक्रममा समावेश गर्ने गरी महत्वाकांक्षी योजना अघि सार्दा सबै बेरोजगारहरू उत्साहित हुनु स्वाभाविक हो । झन् चालू वर्षका लागि नै ३ अर्ब ५ करोड रकमसमेत विनियोजन हुनुले त आमनेपालीको जिभ्रै रसाउन पुग्यो । कुरा यही फागुन संक्रान्तिकै हो । बेरोजगारीको समस्यामा एउटा मलमपट्टीसम्म आएको छ ।

413
नारायण पौडेल
बुधवार, चैत्र २७, २०७५

वैदेशिक लगानी भित्र्याउने उद्देश्यले गत चैत १५ र १६ गत राजधानीमा दुईदिने लगानी सम्मेलन गरियो । उक्त सम्मेलनमा सरकारले अनुमान गरेजति लगानीको प्रतिबद्धता नआए पनि करिब १४ खर्बबराबरको लगानी प्राप्त हुने आश्वासन नेपाल सरकारलाई प्राप्त भएको छ । सम्मेलनमा सबैभन्दा बढी चिनियाँ लगानीकर्ता सहभागी भएकोमा उनीहरूले ८ खर्ब ३० अर्ब, त्यसैगरी बंगलादेशबाट सहभागी भएका लगानीकर्ताले २ खर्ब, भारतका लगानीकर्ताले ३१ अर्ब ७० करोड, जापान र बेलायतबाट सहभागी लगानीकर्ताले १-१ खर्बको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

443
शारदा जीसी
मंगलबार, चैत्र २६, २०७५

वि.सं. १९३५ मा हुलाक घरका रूपमा स्थापना भएको नेपालको हुलाक सेवा सूचना तथा सञ्चारको पुरानो माध्यम हो । नेपाल एकीकरणको समयमा थाप्ले (पार्सल, सामान, मुद्रा, दस्तावेज, अभिलेख, रसदपानी आदि) र कागते (चिठीपत्र) हुलाकका रूपमा यसले हुलाक सेवा प्रदान गरेको इतिहास छ । विश्वभरि नेपाल हुलाकको उपस्थिति वि.सं. २०१३ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेपछि भएको हो ।

583
गजेन्द्र बुढाथोकी
मंगलबार, चैत्र २६, २०७५

भर्खरै मात्र बारा र पर्सामा आएको भुमरी-चक्रवातले ती दुवै जिल्लाका २५ सय घरमा पूरै क्षति पु-यायो, गृहमन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरणअनुसार दुवै जिल्लामा गरी ५ हजार ८ सय ३६ हेक्टरमा लगाइएको गहुँ, मकै, तरकारी, मसुरो, फलफूललगायतका बालीमा क्षति पुग्यो । यो भुमरीका बारेमा स्वयं मौसमविद्हरू नै अन्योलमा छन्, यो ‘टोर्नाडो’ भएको भन्ने उनीहरूको ठहर छ । मौसमविद्हरूले पहिलो पटक यस्तो विध्वंसकारी चक्रवात आएको बताए पनि अनुभवीहरूले ३०–४० सालतिर चितवनसहित तराईका विभिन्न जिल्लामा चैत–वैशाखका बेला यस्तो भूमरी चल्ने गरेको बताएका छन् ।

442
समिर रेग्मी
सोमवार, चैत्र २५, २०७५

कतिपय पश्चिमा सञ्चारमाध्यमले हालै मात्र ईयूले फेरि औद्योगिक नीति स्वीकार गरेको समाचार सम्प्रेषण गरेका छन् । आफ्ना उद्योगहरूलाई पुनः पुनर्ताजगी गर्न र युरोपको आर्थिक सुधारको आधारलाई बलियो बनाउन युरोपेली औद्योगिक नीतिहरू सञ्चालनमा ल्याउन गरेको फ्रान्सको प्रस्ताव ईयूले स्वीकार गर्न आनाकानी गरेको भन्दै यस्तो समाचार प्रेषित भएको हो ।

431
रमेश घिमिरे
सोमवार, चैत्र २५, २०७५

कुनै पनि मुलुकको अर्थतन्त्र कसरी ठूलो हुन्छ ? चुरोट–रक्सीको उत्पादन र खपत बढ्नुले पनि अर्थतन्त्रलाई राम्रो गर्छ त ? धेरै नोट नछापी मानिसहरू कसरी धनी बन्छन् ? हामीले आफ्नो कमाइ घरमा जम्मा गर्दा अर्थतन्त्रमा के हुन्छ ? त्यही पैसाले सामान किन्यौं वा बैंकमा राख्यौं भने अर्थतन्त्रमा के हुन्छ ? यस लेखमा यस्ता जिज्ञासा मेट्ने प्रयास गरिएको छ ।

2364
रवीन्द्र भट्टराई
सोमवार, चैत्र २५, २०७५

केही वर्षअघि उद्योगपति विनोद चौधरीले कुनै पत्रिकाको अन्तर्वार्तामा भनेका थिए, मेरो सपना भनेको वाइवाइलाई अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकरण गराउनु हो । मलाइ लाग्छ, सम्भवतः विनोद चौधरीले उनको त्यो सपना अझै पछ्याइरहेका छन् । सपना देख्नुपर्छ र त्यसलाई पछ्याइरहनुपर्छ भनेर युवाजगत्लाई हौसला प्रदान गर्ने चौधरीको सपना पूरा होस भन्ने हाम्रो पनि कामना छ ।

1456