कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

नेपालको सबैभन्दा पिछडिएको क्षेत्र कर्णाली हो । सम्भावना नभएर होइन, सम्भावनाको दोहन गर्न नसकेर यसो भएको हो । खास भन्नुपर्दा राज्यको बेवास्ताको सिकार भएरै कर्णाली पछि परेकोमा विवाद छैन । कर्णाली प्रदेशमा आफ्नो उत्पादनले ३ देखि ६ महिना खाना पनि पुग्दैन । रोजगारीका लागि छिमेकी मुलुक भारत जानुपर्ने बाध्यता छ ।

1337
प्रकाश शर्मा ढकाल
शुक्रवार, चैत्र ३०, २०७४

संघीय नेपालको समृद्धिको मुख्य आधार कृषि, पर्यटन र ऊर्जा नै हो । यसमा पनि तुलनात्मक लाभको दृष्टिकोणबाट नेपालको पर्यटन क्षेत्र नै अर्थतन्त्रको प्रमुख आधार क्षेत्रका रूपमा देखिएको छ । ऊर्जाशील युवा नेता रवीन्द्र अधिकारी पर्यटनमन्त्री भएलगत्तै नेपालको पर्यटन क्षेत्रको विकास र विस्तार गरी कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान कम्तीमा २५ प्रतिशत, सन् २०२५ सम्म वार्षिक २५ लाख पर्यटक भिœयाउने र विदेशी विनिमय आर्जन ३ हजार ४ सय मिलियन पु¥याउने दीर्घकालीन सोचसहित अगाडि बढ्ने बताउँदै सरकारको १ सयदिने कार्यसूची जारी भएको छ ।

1193
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

प्रकृतिले निःशुल्क प्रदान गरेका विभिन्न उपहारमध्ये वनस्पति स्रोत सर्वश्रेष्ठ छन् । वनस्पति साझा सम्पत्ति मात्र नभई जीवनका आधार पनि हुन् । जीवनका हरेक चरणमा विभिन्न तवरले उपयोगमा आइरहने स्रोत हुन् वनस्पति । यी महत्वपूर्ण स्रोतहरूको सदुपयोगबाट मानवीय आवश्यकताहरूको परिपूर्तिका साथसाथै वातावरणीय दिगोपनाको सुनिश्चितता सम्भव छ ।

1562
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

विश्वका आधा जनताले अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच पाएका छैनन् । भ्रष्टाचार, अपर्याप्त खर्च र खेर गएका स्रोत धेरै कम वा मध्यम आय भएका मुलुकका स्वास्थ्य सेवा प्रणालीका चुनौती हुन् ।

760
डा. प्रकाशकुमार श्रेष्ठ
बिहिवार, चैत्र २९, २०७४

देशको आर्थिक तथा सामाजिक विकासका लागि प्राकृतिक स्रोतहरूको उच्चतम र दिगो उपयोग आवश्यक रहेको हुन्छ । नेपालमा जल, जंगल, जडीबुटी, जमिन र जनसंख्याको खानी भए पनि सोको सदुपयोग तथा व्यवस्थापनको कमीले आशातीत रूपमा विकासको गति लिन नसकेको तीतो यथार्थ हामीसँग छर्लङ्गै छ ।

1294
डा. शालिकराम पोखरेल
बिहिवार, चैत्र २९, २०७४

अहिले मुलुकमा बौद्धिक व्यक्तिदेखि साधारण जनमानससम्म वाम गठबन्धनको सरकारले उठाएका आर्थिक एजेन्डाहरू सम्बोधन हुन्छन् वा हुँदैनन् भन्नेमा चासो छ । चुनावताका गरिएका महŒवाकांक्षी घोषणाहरूको कार्यान्वयन गर्ने बेला आएको छ ।

1184
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

७० प्रतिशत जनसंख्या कृषि पेसामा निर्भर भनिए पनि मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान केवल ३४ प्रतिशत रहेको सरकारी तथ्यांकमै उल्लेख छ । यो अवस्थाले नेपालको कृषिक्षेत्र निर्यातमुखी त परैको कुरा, निर्वाहमुखीबाट समेत निकै तल झरेको प्रस्ट हुन्छ ।

1187
प्रल्हाद गिरी
बुधवार, चैत्र २८, २०७४

वित्तीय पहुँचको अभाव भएका क्षेत्रहरूको बाहुल्य भएको नेपालमा वित्तीय साक्षरता अनिवार्यता हो । नेपाल राष्ट्र बैंकले वित्तीय समावेशिताका लागि विभिन्न कार्यक्रमहरू ल्याएको थियो । समावेशी ढंगले विकास अगाडि बढ्न पहुँचको आवश्यकता हुनैपर्छ ।

1227
डा. सुमनकुमार रेग्मी
मंगलबार, चैत्र २७, २०७४

नेपालमा इन्धन भण्डारण क्षमता वृद्धि गरी १ सय ७ दिन पु¥याउने भनिएको थियो, तर २०७२ को नाकाबन्दी खुलेपश्चात् क्षमता विस्तार कार्यमा कम ध्यान दिएको देखिन्छ ।

1070
डा. भरतराम ढुंगाना
मंगलबार, चैत्र २७, २०७४

जागिरे मानसिकताबाट ग्रस्त हाम्रो समाजमा उद्यमशीलता संस्कृति मौलाउन सकेको छैन । शारीरिक श्रम गर्न सक्ने युवाहरू खाडी राष्ट्रमा र बौद्घिक युवाहरू युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडाजस्ता विकसित देशहरूमा रोजगारीको खोजीमा भौंतारिरहेका छन् ।

1474
गजेन्द्र बुढाथोकी
मंगलबार, चैत्र २७, २०७४

सन् ९० को दशकमा बर्लिन पर्खाल भत्किएसँगै साम्यवाद र फाँसीवादको समाप्ती भएको घोषणा पश्चिमा विद्वान्हरूले गरिदिएका थिए ।

1471
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

अमेरिका र चीनबीचको व्यापार विवाद चर्कंदो छ । स्टिल र आल्म्युनियमको कर लगाएपछि अमेरिकी प्रशासनले दशकौंदेखि बौद्धिक सम्पत्तिको चोरीलाई दण्डित गर्ने भन्दै १ हजार ३ सय ३३ वस्तुमा २५ प्रतिशत कर लगाउने योजना बनाएको छ । चीनले अमेरिकी वस्तुमा २५ प्रतिशत कर लगाउने जवाफी कारबाही अगाडि बढाएको छ ।

942
रमेश घिमिरे
सोमवार, चैत्र २६, २०७४

अर्थशास्त्र नबुझेका अर्थमन्त्री भोग्दै आएका तथा आर्थिक वृद्धि र आर्थिक विकास सन्तोषजनक नभएको अनुभव गर्दै आएका धेरै नेपालीले वर्तमान मन्त्री डा. युवराज खतिवडा अर्थविद्समेत भएको हुनाले उनको कार्यकालमा देशमा आर्थिक वृद्धिदर उच्च हुने र आर्थिक विकास विस्तार हुने अनुमान गरेका छन् ।

1576
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

यसपटकको चुनावमा वाम गठबन्धनको जितका निम्ति नाकाबन्दीमा निर्माण भएको ओलीको राष्ट्रवादी छवि प्रमुख रूपमा जिम्मेवार छ भन्नेमा सबैंको एकमत देखियो । त्यसो त दुई ठूला वाम एमाले र माकेको भोट एक्कै ठाममा जोड्दा पनि निकट प्रतिस्पर्धी दल नेकाभन्दा अगाडि आउन सहज भएको देखिन्छ । राजनीतिक अस्थिरताले वाक्क–दिक्क भएका जनतालाई पाँच वर्षसम्म स्थिर सरकारका लागि पनि मतदाताले गठबन्धनलाई छानेको हो ।

1458
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

संघीय संरचनाअनुसार १ नं प्रदेशले सिंगो नेपालको विशेषता बोकेको छ । जातीय, सांस्कृतिक, भौगोलिक र पर्यावरणीय आधारमा यो प्रदेशमा विविधता छ । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा र नेपालको सबैभन्दा होचो भूभाग केचनाकलन यही प्रदेशमा छन् । नेपालकै सबैभन्दा होचो उपत्यका अरुण उपत्यका तथा २८ प्रजातिका गुराँस पाइने प्रमुख पर्यटकीय क्षेत्र यही प्रदेशमा अवस्थित छ ।

1459