दामोदर भुसाल
शुक्रवार, बैशाख ७, २०७५

वैदेशिक रोजगारी विश्वव्यापीकरणको अभिन्न अंग बन्दै गर्दा यसबाट प्राप्त विप्रेषण विश्वका अधिकांश मुलुकमा जीवनयापनको आधार बन्दै गएको छ । आजका दिनमा झन्डै २४ करोड ७० लाखभन्दा बढी मानिस विदेशमा काम गरेर स्वदेशमा आफ्नो परिवारको दैनिकी सञ्चालनमा सहयोग पु¥याइरहेका छन् ।

805
कारोबार संवाददाता
बिहिवार, बैशाख ६, २०७५

पछिल्लो समय कर्णाली प्रदेशलाई ‘भर्जिन ल्यान्ड’ (कुमारी क्षेत्र) को उपमा दिने गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक थिरबहादुर खड्का अंग्रेजी टर्म ‘भर्जिन ल्यान्ड’ को नेपाली अनुवाद गर्दा प्रशस्त स्रोतसाधन भएको तर अहिलेसम्म प्रयोग नभइसकेको भन्ने अर्थमा लिन सकिने बताउँछन् ।

823
नारायण पौडेल
बिहिवार, बैशाख ६, २०७५

सामान्यतया सरकार परिवर्तन भएपछि एउटाले छोड्ने र अर्काले लिएपछि कस्तो परिस्थितिमा सत्ता सम्हालिएको थियो भन्ने कुराको विवरण श्वेतपत्रमार्फत दिने गरिन्छ र यस्तो विवरण दिँदा आर्थिक सवालमा राम्रो पक्ष र नराम्रो पक्षले पार्ने प्रभावलाई समेत विश्लेषण गर्ने गरिन्छ ।

1910
अनन्त सदाबहार
बिहिवार, बैशाख ६, २०७५

नेपालमा पहिलो चरणको ‘वित्तीय क्षेत्र सुधार कार्यक्रम’ अन्तर्गत (सन् १९८४ देखि १९९० सम्म), तत्कालीन परिस्थितिमा बैंकहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने एक मात्र उद्देश्य राखी सन् १९८९ मा ‘कर्जा सूचना केन्द्र’ को स्थापना गरिएको थियो ।

2513
कारोबार संवाददाता
बुधवार, बैशाख ५, २०७५

डोटीमा अमूल्य सम्पदा छन् । साना–ठूला गरी दर्जनौं मठमन्दिर तथा पाटीपौवाहरू छन् । मन लोभ्याउने विभिन्न दृश्य भए पनि स्थानीय स्तरमा अदृश्य छन् । सदरमुकाम सिलगढीलाई ‘कान्छी काठमाडौं’ पनि भनिन्छ । राजधानी काठमाडौ झैं सिलगढीमा पनि मन्दिरै मन्दिर छन् ।

1044
सरोज बराल
बुधवार, बैशाख ५, २०७५

२०७४ सालमा सेयर बजारमा नराम्रोस“ग उत्तारचढाव भइरह्यो । यस वर्ष सुरुको अंकलाई वर्षभरि नै कुनैले पनि भेट्न सकेन । सेयर बजारलाई प्रभाव पार्ने विभिन्न कारणमा राजनीतिक, आर्थिक, प्राकृतिक नै मुख्य कारणहरू हुन्छन् । यस वर्ष प्राभाव पार्ने मुख्य कारण राजनीतिक नै रह्यो । यस वर्ष नै स्थानिय निर्वाचन, संसदीय, प्रादेशिकका साथै राष्ट्रयसभाको गरी चार तहको निर्वाचन सम्पन्न भयो । २०७४ सालमै देशले स्थायी सरकारसमेत पायो, जुन नेपालको इतिहासमै २०४६ सालपछिको सबैभन्दा शक्तिशाली सरकार बन्न पुग्यो ।

546
रत्न प्रजापति
बुधवार, बैशाख ५, २०७५

राज्यको आयको मुख्य स्रोत राजस्व नै हो । यसमा कुनै विवाद छैन । राज्यको आय वृद्धि गर्न आन्तरिक स्रोत परिचालनलाई सुदृढ बनाउनुपर्ने हुन्छ । अहिलेको परिप्रेक्ष्यमा राज्यको स्रोत भनेको राजस्व तथा अनुदान नै हो । आन्तरिक स्रोत परिचालनबाट प्राप्त हुने राजस्व र दातृनिकायहरूले प्रदान गर्ने द्विपक्षीय तथा बहुपक्षीय वैदेशिक अनुदान नै राज्यको आयको मुख्य स्रोतका रूपमा रहिआएको छ ।

970
कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

कर्णालीको उत्तरी नाकाबाट बर्सेनि हजारौंको संख्यामा गाईगोरु तस्करी हुने गरेको छ । कर्णालीको उत्तरी नाकामा भन्सार कार्यालय रहेको र प्रहरी उपस्थिति न्यून रहेका कारण चीनतर्फ गाईगोरु तस्करी हुने गरेको हो ।

2162
ऋषिराम ढकाल
मंगलबार, बैशाख ४, २०७५

नेपाल कृषिप्रधान देश भए तापनि प्रायः सबै खाद्यसामग्री विदेशबाट आयात हुन्छ । देशमा व्यावसायिक कृषिमा आधुनिकीकरण नहुनु, कृषि पेसालाई हेर्ने दृष्टिकोण र सामाजिक मूल्य–मान्यता स्थापित हुन नसक्नु, सरकारी लगानी र योगदानले यस क्षेत्रमा पूर्ण रूपमा प्राथमिकता पाउन नसक्नु यसका उदाहरण हुन् ।

965
गजेन्द्र बुढाथोकी
मंगलबार, बैशाख ४, २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रको वर्तमान अवस्थाबारे श्वेतपत्रमार्फत चालू आर्थिक वर्षमा स्रोतको सुनिश्चितता नगरी २ खर्बले ठूलो बजेट प्रस्तुत गरेको भन्ने टिप्पणी गरेपछि आर्थिक वृत्तमा त्यसबारेको क्रिया–प्रतिक्रिया अझै जारी छ ।

685
रमेश घिमिरे
सोमवार, बैशाख ३, २०७५

सरकारले सार्वजनिक यातायातअन्तर्गत सामूहिक यात्रुवाहक सेवामा रहेको सिन्डिकेट खारेज गर्दैमा हर्षित भइहाल्नुपर्ने बेला भएको छैन । भइरहेको कुनै चिजले अपेक्षित नतिजा दिन सकेन भने त्यसलाई नष्ट गर्नु बुद्धिमता होइन ।

33687
प्रा. डा. हरि शर्मा
सोमवार, बैशाख ३, २०७५

मुलुकले गर्नुपर्ने अत्यावश्यक पर्यटकीय पूर्वाधारहरूको निर्माण र विकासबारे अहिले विभिन्न सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरिरहेको सन्दर्भमा पर्यटन क्षेत्रसँग आबद्ध कुनै पनि व्यक्ति उल्लसित हुनु अत्यन्तै स्वाभाविक हो ।

942
कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५

संसारमा नदी भनेको मानव सभ्यतासँग जोडिएको हुन्छ । कर्णालीको सम्बन्ध पनि मानव सभ्यता, संस्कृतिसँग जोडिन्छ । त्यसैले कर्णाली सभ्यता हो, अझ भन्नुपर्दा नेपालको प्राचीन सभ्यता हो । कुनै समय विकसित कर्णाली आज विकास, पूर्वाधार र परिवर्तनको प्रतीक्षामा छ । संघीयतामा जानुको प्रमुख कारण पनि केन्द्रबाट टाढा भएकैले पछाडि परेका देशका भूभागलाई स्थानीय सरकारले ध्यान दिएर विकास गरुन् भन्ने हो । त्यसैले अब कर्णालीलाई मुलुक समृद्धिको मुहान बनाउनुपर्छ ।

1214
सुदीप बस्नेत
आइतवार, बैशाख २, २०७५

मानव भावनात्मक रूपमा संवेदनशील प्राणी हो । हरेक समय मानिसको मस्तिष्कमा केही न केही विचार आइरहेका हुन्छन् र ती विचारले मानिसलाई भावनात्मक रूपमा कमजोर वा सशक्त बनाइरहेको हुन्छ । हाम्रो मस्तिष्कमा आउने विचारहरू प्रायः हाम्रो वरपरको वातावरण, साथीसंगत, हामीले समय बिताउने तरिका, हामीले प्राप्त गर्ने समाचार वा सूचना आदि कुराले निर्देषित गरेको हुन्छ ।

2323
कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५

नेपालको धितोपत्रसम्बन्धी ऐन, २०६३ मा सामूहिक लगानी कोष सञ्चालनका लागि योजना व्यवस्थापक आवश्यक पर्ने र उक्त योजना व्यवस्थापकले सामूहिक लगानी कोष सञ्चालनका लागि धितोपत्र बोेर्डसँग स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । योजना व्यवस्थापकको योग्यता, कोष सुपरिवेक्षकको योग्यताको सम्बन्धमा सामूहिक लगानी कोष नियमावली, २०६७ मा व्यवस्था गरेको पाइन्छ ।

1408