डा. टीकाराम पोखरेल
सोमवार, माघ १३, २०७६

ट्रान्सपरेन्सी इन्टरनेसनलले गत हप्ता सार्वजनिक गरेको ‘करप्सन परसेप्सन इन्डेक्स’ अनुसार नेपालले भ्रष्टाचार हुने देशहरूको सूचीमा विगत वर्षको तुलनामा आफ्नो स्थान केही सुधार गरेको दखिएको छ । कुल १ सय अंकमध्ये ३४ अंक प्राप्त गरेको नेपाल विश्वका १ सय ८० देशको सूचीमा सन् २०१९ मा १ सय १३ औँ स्थानमा परेको हो । जबकि सन् २०१८ मा नेपाल यो सूचीमा ३१ अंकसहित १ सय २४ औँ स्थानमा थियो । ३ अंक उक्लनु र १३ सूचीक्रम सुधार हुनुलाई सरकारले आफ्नो सफलता ठानेको छ भने विपक्षी र केही अर्थविद्हरू भने तथ्यांकमा झिनो सुधारले खासै अर्थ नराख्ने दाबी गरिरहेका छन् ।

468
कारोबार संवाददाता
आइतवार, माघ १२, २०७६

विश्वभर ‘धूवाँरहित उद्योग’ भनेर पर्यटन उद्योगलाई चिनिन्छ । त्यही ‘धूवाँरहित उद्योग’ भनेर चिनिने पर्यटन उद्योगभित्र पर्ने होटल, मोटेल (नेपाल मोटेल हालसम्म भएनभएको यो पंक्तिकारलाई थाहा भएन), कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे नेपालमा फस्टाउँदो रूपमा धमाधम खुल्दै छन् । हुन पनि कुनै पनि देशका पर्यटकलाई अर्को देश वा अर्को ठाउँ जानेबित्तिकै उसलाई नभई नहुने पहिलो आवश्यक्त भनेको बास नै हो । बासका लागि नै होटल, मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे आदि आवश्यक पर्ने भएकाले नेपाल जस्तो पर्यटनको प्रचुर सम्भावना भएको देशमा होटल, मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे आदि खुल्नु अनौठो भएन ।

595
नारायण न्यौपाने
आइतवार, माघ १२, २०७६

स्मार्ट समाज (सोसाइटी) को अवधारणाका बारेमा हिजोआज निकै सुन्ने गरिन्छ । केही वर्षअघिसम्म ‘ई’ शब्द प्राय: सबै विकासका क्षेत्रहरूका अगाडि लगाउने गरिन्थ्यो र अझसम्म पनि यो प्रचलन कायमै छ, जस्तै : ई–सोसाइटी, ई–कृषि, ई–सेवा, ई–हेल्थ, ई–शिक्षा आदि । हिजोआज भने ‘स्मार्ट’ जन्य शब्दहरू बढी प्रचलित हुँदैछन्, जस्तै :

896
रमेश घिमिरे
आइतवार, माघ १२, २०७६

अमेरिकी संसद्ले विश्व गरिबीविरुद्ध लड्न भनी सन् २००४ मा मिलेनियम च्यालेन्स कर्पोरेसन (सहस्राब्दी चुनौती निगम– एमसीसी) स्थापना गरेको हो । एमसीसीले नेपालमा कार्यान्वयन गर्न लागेको ६३ करोड अमेरिकी डलर (करिब ७० अर्ब रुपैयाँ) को परियोजना अहिले विवादमा रहेको छ । यस लेखमा एमसीसी परियोजना लागू गर्नुपर्ने तर्कहरूसहित नेपालले वैदेशिक सहयोग लिने सम्बन्धमा रहेको नीतिगत जटिलताहरूबारे चर्चा गरिएको छ ।

687
गोविन्द चापागाईं
शुक्रवार, माघ १०, २०७६

राजधानीभित्र रहेका धेरै नगरपालिकामध्ये कागेश्वरी मनोहरा नगरपालिका पनि एक नगरपालिका हो । यो नगरपालिका काठमाडौँको उत्तर–पूर्वमा पर्छ । राजधानीभित्र रहेका नगरपालिकामध्य यो यस्तो नगरपालिका हो जहाँ विकासका पूर्वाधारहरूले भरिपूर्ण छ । यो नगरपालिकाभित्र खुला दिसामुक्त क्षेत्रसमेत घोषणा भएको छ । यसले हालै मात्र साक्षर नगरपालिका भएको घोषणासमेत गरेको छ ।

9546
मुकुन्द अर्याल
शुक्रवार, माघ १०, २०७६

सार्वजनिक या निजी लगानीमा स्थापित हरेक व्यावसायिक संस्थाको उद्देश्य मुनाफा आर्जन गर्नु हुन्छ । मुनाफा तर्कसंगत, न्यायोचित हुनुपर्छ, संसाधनहरूको समुचित, मितव्ययी उपयोग गर्दा पर्न आउने उत्पादन लागतमा उचित प्रतिफल जोडेर आर्जन गरिने मुनाफा नै न्यायोचित मुनाफा हो । कम्पनीले आफ्ना ग्राहकलाई वस्तु वा सेवा बिक्री गरी मुनाफा आर्जन गर्ने भएकाले जुन समाजबाट मुनाफा आर्जन गरेको हो त्यसप्रति केही न केही दायित्व रहनु स्वाभाविक हुन्छ । यसै वस्तुसत्यलाई आत्मसात् गरेर नेपालमा कम्पनीहरूलाई आफ्नो मुनाफाको कम्तीमा १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वमा (सीएसआर) खर्च गर्नुपर्ने प्रावधान राखिएको छ ।

428
प्रा. डा. हरि शर्मा
शुक्रवार, माघ १०, २०७६

सन् १९९८ मा मुलुक द्वन्द्वग्रस्त थियो । उद्योगहरू समस्याग्रस्त भइ रुग्णताको शिखरतिर लम्किरहेका थिए । पर्यटन उद्योग पनि बिस्तारै त्यसतर्फ उन्मुख भइरहेको सबैले अनुभूति गरिरहेका थिए । त्यस्तो बेलामा नेपालका पर्यटन शिरोमणि कर्ण शाक्यले नेपाल भ्रमण वर्षको परियोजनालाई लिपिबद्ध गरी तत्कालीन सरकार प्रमुखबाट अनुमोदित गराई स्वयं राष्ट्रिय संयोजकको पदभार सम्हाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कोठा हासिल गरी त्यहाँ नेपाल भ्रमण वर्षको सचिवालय स्थापना गर्दै संयुक्त राष्ट्र संघीय कार्यक्रमअन्तर्गत दुई जना दक्ष कर्मचारी (जसमध्ये लेखक कार्यक्रम संयोजकका रूपमा खटिएको थियो) प्राप्त गरेको जस्ता अत्यावश्यकीय कामहरू भ्रमण वर्षको पूर्व सन्ध्यासम्म भइसकेका थिए ।

408
कारोबार संवाददाता
बिहिवार, माघ ९, २०७६

मानव इतिहासमा एउटै व्यक्तिको सही पथदर्शनले करोडौँ र अर्बौं जनताले समृद्धि, सुख र शान्ति पनि प्राप्त गरेको पाइन्छ । तर, इतिहासमा एकै व्यक्तिको गलत मार्गदर्शनले करोडौँ र अर्बौं जनताको मृत्यु, युद्ध आतंक, कोलाहल, रोग, भोक र शोकले असीमित र अवर्णनीय घटनाहरू पनि घटेको देख्न सकिन्छ ।

1245
अच्युतप्रसाद पौडेल ‘चिन्तन’
बिहिवार, माघ ९, २०७६

यस वर्षको मनसुन सामान्यभन्दा दस दिन ढिलो सुरु भयो । आर्थिक विकासको खाका वर्षभरिको बजेट प्रस्तुत भएको पाँच हप्ता अर्थात् असार २६ गतेपछि १० दिनको समयमा मनसुनकै कारण ठूलो प्रकोप मुलुकले सामना ग¥यो । बाढी पहिरोबाट रु. १ अर्ब २ करोड ७२ लाख ४५ हजार ५ सयको क्षति पुगेको सरकारी आँकडा छ । ३४ जिल्लामा १० दिनमा ९० जनाको मृत्यु भयो । राजधानी काठामाडौंमै ३ जनाको मृत्यु, ललितपुरमा ६ जनाको अवसान, मुलुकभरिको जनजीवन कष्टकर भयो । २९ जना बेपत्ता भए भने ४१ जना घाइते भए । ३१ जिल्लाका १३ हजार १ सय घरधुरी विस्थापित बन्न पुगे । समग्र कृषिक्षेत्र तहसनहस नै भयो ।

305
देवेन्द्र अर्याल ‘आँसु’
बिहिवार, माघ ९, २०७६

पछिल्लो समय अमेरिका र इरानबीच बढेको द्वन्द्वका कारण नेपाली अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने सम्भावना पनि बढेको छ, जसका कारण नेपाली अर्थतन्त्र नराम्रोसँग प्रभावित हुने अर्थविद्हरूको अनुमान पनि छ । नेपाली अर्थतन्त्रको मूलआधार बनेको विप्रेषण वा रेमिट्यान्सको घट्नेक्रम दिनप्रतिदिन जारी छ । सन् २०२० जनवरी ३ मा इराकको कुर्दिस फोर्सका कमान्डर जनरल कासिम सुलेमानीसहित आठ जनाको अमेरिकी सैनिकद्वारा हत्या भएपछि बढेको द्वन्द्वका कारण विश्वका अधिकांश देश त्यसबाट उत्पन्न हुने नकारात्मक असरप्रति गम्भीर र थप चिन्तित बन्न पुगेका देखिन्छन्, जसका कारण विश्वका केही मुलुकको अर्थतन्त्रसमेत प्रभावित हुने सम्भावना बढ्दै गएको छ । सुलेमानीको आक्रमणपश्चात् इरानले जनवरी ८ मा इराकस्थित इरबिल र अल असदका दुई अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण गरेपछि खाडी क्षेत्रमा झन् तनाव बढेको हो ।

402
कारोबार संवाददाता
बुधवार, माघ ८, २०७६

मेयर र उपमेयरबीच कुरा नमिल्दा रौतहटको एक स्थानीय तहको नगरसभाको बन्दसत्र ओझेलमा परेको छ । प्रमुख र उपप्रमुखबीच रहेको विवादका कारण रौतहटको देवाही गोनाही नगरपालिकाको नगरसभा सम्पन्न भएको ६ महिना बितिसक्दा पनि अझै हुन सकेको छैन । चालू आर्थिक वर्ष २०७६-७७ का लागि गत असारमै नगरसभा सम्पन्न भए पनि अझै बन्दसत्रको काम अगाडि बढ्न सकेको छैन । नगरपालिकाका मेयर धर्मेन्द्र पटेल र उपमेयर परनियादेवी पटेलबीच रहेको आरोपप्रत्यारोपका कारण बन्दसत्र ओझेलमा परेको देखिएको छ ।

383
सुदर्शन अधिकारी
बुधवार, माघ ८, २०७६

प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन् । सोमबार दिउँसो तुम्बाहाङ्फले नयाँ बानेश्वरस्थित संसद् सचिवालयमा राजीनामा बुझाइन् । संविधानमा उपसभामुखले सभामुखलाई राजीनामा बुझाउने व्यवस्था छ । तर, सभामुख पद रिक्त रहेको अवस्थामा उनले राजीनामा–पत्रमा सभामुखलाई सम्बोधन गरेर राजीनामा दिएकी छन् । राजीनामा बुझाउनुअघि प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्दै उनले सभामुख चयनका लागि आफूले मार्गप्रशस्त गर्ने बताएकी थिइन् ।

323
ढुनबहादुर बुढाथोकी
बुधवार, माघ ८, २०७६

वास्तवमा राष्ट्रिय सञ्चार नीति, २०४९ ले दूरसञ्चार क्षेत्रलाई उदार बनाउन मार्गप्रशस्त गरेको थियो । दूरसञ्चार ऐन, २०५३, दूरसञ्चार नियमावली, २०५४ को मुल मक्सद दूरसञ्चार क्षेत्रमा निजी क्षेत्रको प्रविष्टि गरार्ई दूरसञ्चार क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउनु थियो । यस सिलसिलामा पस्किएको दूरसञ्चार नीति, २०५६ ले दूरसञ्चार क्षेत्रलाई उदारीकरणको मार्गमा डो-याउन सघायो । अहिले मुलुकको दूरसञ्चार क्षेत्र दूरसञ्चार नीति, २०६० अन्तर्गत सञ्चालित छ र यस नीतिमा दूरसञ्चार क्षेत्रलाई अझै उदार तुल्याउने प्रयन्त गरिएको छ ।

370
समीर रेग्मी
मंगलबार, माघ ७, २०७६

पछिल्लो समयमा अमेरिका चीनबीचको सम्बन्धमा व्यापारयुद्धका कारण तनावको अवस्था सिर्जना भएको थियो । हुवावेले आपूmलाई विश्वकै ठूलो स्मार्टफोन कम्पनीको रूपमा उभ्याउने प्रयास गरिरहँदा अमेरिकाले उसको बाटोमा रोकावट पैदा गर्ने प्रयास गरिरहेको छ । यसैको प्रतिक्रियास्वरूप अमेरिकाको अनुरोधमा क्यानडाले मेङलाई पक्राउ गरेको थियो । हाल उनको प्रत्यर्पणका लागि क्यानडेली अदालतमा सुनुवाइ सुरु भएको छ । चीनले यसको विरोध गरेको छ । यस मुद्दाले बेइजिङ क्रुद्ध भएको छ भने चीन र संयुक्त राज्य अमेरिकाबीच प्रविधि युद्ध जारी रहेको संकेत गरेको छ । क्यानडाले सन् २०१८ मा अमेरिकाको अनुरोधमा हुवावेका संस्थापककी छोरी एवं हुवावेकी मुख्य वित्तीय अधिकारी मेङ वेनझाउको गिरफ्तारीले बेइजिङलाई चकित पारेको थियो ।

313
नरेन्द्रमान श्रेष्ठ
मंगलबार, माघ ७, २०७६

गएको हप्तादेखि सेयर बजारमा चाप बढेको देखिएको छ । ब्रोकर कम्पनीहरूमा पनि लगानीकर्ताहरूको भीड देखिन थालेको छ । हेर र पर्खको अवस्थामा रहेका लगानीकर्ताहरू एकाएक बजारमा देखिन थालेका छन् । केही हप्ताअगाडि दिनमा २०–३० करोडको हाराहारीमा हुने कारोबार एक दिनमै अर्बको भएको छ ।

258