भगवान खनाल
बुधवार, भदौ ११, २०७६

नेपालमा केही विद्यालय र क्याम्पसको नाममै अन्तर्राष्ट्रिय शब्द लेखिएको पाइन्छ । यस्ता विद्यालय÷क्याम्पसको संख्या न्यून छ । ती विद्यालयहरू काठमाडौं उपत्यकामा केही संख्यामा र उपत्यकाबाहिर पनि केही छन् । नाममा अन्तर्राष्ट्रिय लेख्ने प्रवृत्ति बढ्दो छ । यसको मानक के हो ? आधार के हो ?

317
प्रेमलकुमार खनाल
बुधवार, भदौ ११, २०७६

नेपाललाई कृषि प्रधान देश भनेर चिनिन्छ । कुल जनसंख्याको झन्डै ७५ प्रतिशत अर्थात् ३६ लाख घर परिवार कृषिमा आश्रित रहेका छन् । ४ दशकअघिसम्म धान, चामललगायत आवश्यक कृषिजन्य वस्तुमा आत्मनिर्भर मात्रै होइन, कृषिजन्य वस्तु निर्यात, गरेर विदेशी मुद्रा आर्जन गर्ने गरेको देशमा आज धान, चामल, तरकारी लगायत आज कृषिजन्य वस्तुहरू आयात गरेर धान्नु परिरहेको छ । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषिक्षेत्र आज यसरी पछाडि धकेलिनुका पछाडि कारण के रहेका छन् ?

375
झलनाथ खतिवडा
मंगलबार, भदौ १०, २०७६

नेपाल सरकारले निर्माण गरेका विद्युतीय पोलमा देखिने अनगिन्ती तारको भारले भनिरहेको छ कि कोही यस्तो बुझ्ने व्यक्ति छ भने मलाई यो जालोबाट मुक्त गरिदेऊ, किनकि मेरो यति धेरै भार थेग्ने क्षमता छैन । अधिकांश सहरका बिजुलीका खम्बाले भनिरहेका शब्दहरूलाई हामीले बुझ्न सकिरहेका छैनौं । खम्बामा रहेका तारहरूबाट कहिलेकाहीं विध्वंस हुने गरेको समाचार कुनै नौलो होइन । अस्ति भर्खर मात्र नेपालको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबार परिषद्मा आगलागी भयो ।

346
रमेश घिमिरे
मंगलबार, भदौ १०, २०७६

डिप्रेसन र आत्महत्या विश्वकै टाउको दुखाइको विषय हो । विश्वमा कुल मृत्युमध्ये १.५ प्रतिशत आत्महत्या हुन्छ भने नेपालमा ५ प्रतिशत । नेपालको ३ करोड जनसंख्यामा वार्षिक ५ हजारको हाराहारी आत्महत्या हुने गरेको छ । त्यसमध्ये झुन्डिएर आत्महत्या गर्नेको संख्या ७० प्रतिशत छ । नेपालमा हत्यालाई सरकारी पहुँच र शक्तिको भरमा आत्महत्या ठहर गर्ने÷गराउने प्रवृत्ति रहेको आरोप लाग्दै आएको छ । पहुँच र शक्तिवाला व्यक्तिले व्यक्तिगत रिसिबी वा फाइदाका लागि कसैको हत्या गरी आत्महत्याको रूप दिने गरेको हुन सक्छ । त्यसको विपरीत आत्महत्यालाई पनि टोलवासीको भीडले हत्याको रूप दिने प्रयत्न भएको हुन सक्छ । अमूक व्यक्तिलाई हत्याराको आरोप लगाउने र उसलाई दिक्क पारेर ऊबाट पैसा झार्ने नियत राखिएको हुन सक्छ ।

460
गजेन्द्र बुढाथोकी
मंगलबार, भदौ १०, २०७६

आउँदो पाँच वर्षभित्रमा ५ ट्रिलियन अमेरिकी डलरको अर्थव्यवस्था भइ विश्वकै प्रमुख तीन ठूला अर्थतन्त्रमा मुलुकलाई पु-याउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका महत्वाकांक्षी लक्ष्यमा उनको दोस्रो कार्यकालको पहिलो वर्ष नै दाँतमा ढुंगा लागेको छ । अहिले भारतीय अर्थतन्त्रमा मन्दीका पूर्वसंकेतहरू देखिएका कुरा पूर्वगभर्नर रघुराम राजन, पूर्वआर्थिक सल्लाहकार अरविन्द सुब्रमन्यमले मात्र होइन, मोदी सरकारकै बहालवाला नीति आयोगका उपाध्यक्ष राजीव कुमार र भारतीय केन्द्रीय बैंक, रिजर्ब बैंक अफ इन्डियाका गभर्नर शक्तिकान्त दासले समेत स्वीकार गरेका छन् ।

912
समीर रेग्मी
सोमवार, भदौ ९, २०७६

सन् २०२० को चुनावसम्म भए पनि अमेरिका मन्दीमा फस्ने चेतावनी मत्थर भएको छ । अमेरिकी अर्थतन्त्रको ठूलो हिस्सा उपभोक्ता खर्चमा निर्भर रहँदै आएको छ । त्यसैले अमेरिकी अर्थतन्त्र वृद्धिमै जाने वा रोकिने भन्ने विषय उपभोक्तामा नै निर्भर रहन्छ । उनीहरूले खर्च गर्ने वा नगर्ने भन्ने विषयले अमेरिकी अर्थतन्त्रको वृद्धि हुने वा मन्दीमा फस्ने भन्ने विषयको निक्र्योल गर्छ । अहिलेसम्मको उपभोक्ता खर्च राम्रै छ ।

720
अच्युतप्रसाद पौडेल ‘चिन्तन’
सोमवार, भदौ ९, २०७६

बाबुको मुख हेर्ने पर्व कुशे औंसी सकिनासाथ हिन्दू नारीहरूको एकलौटी पर्व तीज विशेष चहलपहलका साथ सुरु हुन्छ । यस पर्वलाई ‘हरितालिका विशेष पनि भनिन्छ । सत्ययुगमा पर्वतराज हिमालयकी पुत्री पार्वती शिवलाई आफ्नो जीवनसाथी बनाउने इच्छामा थिइन् । बाबु हिमालयले विष्णुसँग बिहे गर्ने सुनेर खिन्न हुँदा साथीहरूद्वारा हरण गरिएर अन्यत्र एकान्त स्थलमा गई शिवको प्रार्थना गरेका कारण सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिकाको अर्थमा यस दिनलाई हरितालिकाका रूपमा मनाइने गरिएको चर्चा भविष्य पुराणमा वर्णित छ । भाद्र शुक्ल तृतीया तिथिलाई तीज अर्थात् हरितालिका भनिन्छ ।

463
युवकध्वज जीसी
सोमवार, भदौ ९, २०७६

एकीकृत शत्रुजीव व्यवस्थापन आर्थिक रूपले न्यायोचित एवं पर्यावरणीय दृष्टिकोणबाट उपयुक्त दिगो जसमा एकभन्दा बढी बाली संरक्षणका विधिहरूको प्रयोग गरी कीरा, चरा, मुसा, झारपात र बाली रोगलाई कृषकले आर्थिक नोक्सानी बेहोर्नु नपर्ने गरी व्यवस्थापन गरिन्छ । यस पद्धतिमा विभिन्न प्रकारका प्रणालीहरू संयुक्त रूपमा प्रयोग गरिन्छन् । जस्तै— खेती गर्ने तरिकाबाट नियन्त्रण प्रणाली (जस्तो— बालीचक्र र सफाइ गरिने), प्राकृतिक परजीवी र हिंस्रक कीराहरूको उपयोग जस्तै : माकुरा, बारुला, सिकारी कीराको प्रयोग, कुन प्रकारका पिराहा जीव र रोग विद्यमान छन् र कुन स्तरमा छन् सो यकिन गर्न नियमित रूपमा बाली सर्वेक्षण र अरू नियन्त्रण प्रणालीहरूको पूरकका रूपमा अति उपयुक्त जीवनाशक विषादीहरूको सावधानीपूर्वक उपयोग । यसको अर्थ रासायनिक विषादी पनि अन्य विधिहरू कामयाबी भएनन् भने अन्तिम अस्त्रका रूपमा सुरक्षित समूहका विषादी मात्र यस विधिमा पनि संलग्न गरिन्छ । यसको मतलब रासायनिक पदार्थ एकीकृत शत्रुजीव व्यवस्थापनको सौता होइनन् ।

374
सागर परियार
आइतवार, भदौ ८, २०७६

सुन्दा अचम्मम लागेको हो । हामीले धन सम्पत्तिलगायत केके उपहार दिएको भन्ने सुनेका थियौ । तर किशोरीलाई शौचालय उपहारभन्दा अचम्म पनि लाग्न सक्छ । तर यो सत्य हो । पातारासी गाउँपालिका ५ की हिरादेवी बोहोरा महिनावारी हुँदा पहिला विद्यालय आउँथिनन् । विद्यालयमा लैगिंकमैत्री शौचालय नभएकै कारण विद्यालय नआउने गरेको उनले बताइन् । त्यस्तै लोर्पा गाउँकै सरस्वती बोहोरा र जवाना बोहोरा पनि महिनावारी हुँदा हप्ता दिनसम्म विद्यालय आउँथेनन् ।

279
सुदर्शन आचार्य
आइतवार, भदौ ८, २०७६

नेपाल सरकारले यातायात क्षेत्रमा व्यवस्थापन गर्न भनेर वि.सं. २०४१ मा यातायात व्यवस्था विभागको स्थापना गरेको थियो । सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली–२०५४ को नीतिगत व्यवस्थाबमोजिम मानिसको आवागमन र वस्तुहरूको ओसारपसारका लागि सुरक्षित, भरपर्दो र सुलभ यातायात सेवा उपलब्ध गराउनु नै विभाग र मातहतका निकायहरूको प्रमुख उद्देश्य राखेको थियो ।

507
दिलीपकुमार मुनकर्मी
आइतवार, भदौ ८, २०७६

केन्द्रीय बैंकको व्यवस्था अनुरुप न्यूनतम आठ अर्बको चुक्ता पुँजी योजनाले आव २०७५-७६ मा पूर्णता पाउँदै गर्दा बैंकहरु पुनः नयाँ नियामकीय व्यवस्थाहरू र व्यवसायिक विस्तारका लागि थप पुँजी व्यवस्थापनमा केन्द्रित हुनपर्ने बाध्यतासँगै पर्याप्त निक्षेप र लगानीयोग्य रकमको अभावका बावजुद सन्तोषजनक नाफा कमाउन सफल भएका छन् । एनएफआरएस लागू भएसँगै वित्तीय ढाँचामा परिवर्तनले कतिपय शीर्षकका रकम मिलान हुँदा तुलना र गणना असहज भएकाले यहाँ चौथो त्रैमासिक वित्तीय विवरणका आधारमा बैंकहरुको वर्तमान अवस्थाको सामान्य समिक्षा गरिएको छ ।

1264
गोविन्द चापागाईं
शुक्रवार, भदौ ६, २०७६

देश अहिले अत्यन्त बाढीपहिरोको चपेटामा परेको अवस्था छ । धेरै नेपाली दाजुभाइहरूले बाढीपहिरोका कारण मानवीय क्षति बेहोर्दै आइरहेका छन् । कतिको जनधनको क्षति भएको छ । यसमा नेपाली सेना, सशस्त्र प्रहरीलगायत सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाले आ–आफ्नो ठाउँबाट उद्धार तथा राहत वितरणजस्ता महत्वपूर्ण कार्य गर्दै आइरहेका छन् । यसमा हामी सबै नेपालीले गौरव गर्नैपर्छ ।

243
कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६

मानव सभ्यताको विकास, विस्तार र निरन्तरताका सन्र्दभमा मानव जातिले आआफ्ना परम्परा तथा मान्यतालाई स्थापित गर्ने खालका विभिन्न सामाजिक क्रियाकलापलाई समाजमा स्थापित गर्दै आइरहेका छन् । मानिसले आफ्नो संस्कृति तथा परम्परालाई जोगाउँदै त्यसैमार्फत आयआर्जनका माध्यमसमेत बनाएका छन् । कतिपय मुलुकमा आफ्नोे मुलुकको संस्कृति र परम्परालाई प्रवद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरूलाई समेत आकर्षणकोे थलो बनाएका दृष्टान्तहरू छन् ।

492
भीमप्रसाद पन्त
शुक्रवार, भदौ ६, २०७६

आर्थिक वर्ष ०७६-७७ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूले कायम गर्नुपर्ने ब्याजदर अन्तर २०७७ असारसम्ममा ४.४ प्रतिशतमा ल्याइसक्नुपर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले बजारमा वाणिज्य बैंकहरूको नाफामा २५ प्रतिशतसम्मले कमी आउने र पुँजीबजारलाई समेत प्रभावित हुन सक्ने हल्ला फैलाइएको छ । यस प्रकारको हल्लाको पछि लाग्नुको सट्टा तथ्यांकको सही विश्लेषण गर्नु र केन्द्रीय बैंकले ल्याएको नीतिको प्रभावकारी कार्यान्वयन गर्नु उपयुक्त हुन्छ । पहिलो कुरा, पछिल्लो चार वर्षमा वाणिज्य बैंकहरूको नाफा औसतमा ४० प्रतिशतले वृद्धि भएको र ब्याजदर अन्तरसम्बन्धी नयाँ व्यवस्थाले बैंकहरूको नाफा आर्थिक वर्ष ०७६-७७ मा समेत ३० प्रतिशतभन्दा बढीले वृद्धि हुने देखिन्छ ।

1258
कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६

पाठकले लेखको शीर्षक मात्रै हेरेको भरमा वा शीर्षक मात्रै पढेर नकारात्मक नसोच्नुहोला । किनभने, आमनेपालीमा मिडियाका अन्य माध्यममा प्रकाशित वा प्रसारित लेख, फिचर, समाचार, प्रतिक्रिया आदि पूरै पढेरभन्दा पनि शीर्षक पढेर÷सुनेर हल्का ढंगले वा भनौं जताभावी प्रतिक्रिया दिने आम प्रचलनजस्तै भएको छ ।

351