दामोदर तिमल्सेना
सोमवार, भदौ २३, २०७६

राजनीतिक परिवर्तन संस्थागत हुँदै गएको अवस्थामा कर्मचारीतन्त्रलाई बेलैमा व्यवस्थापन गर्न नसक्दा एकातिर सार्वजनिक सेवा प्रवाहमा प्रतिकूल प्रभाव परेको छ भने अर्कातिर कर्मचारीहरूको वृत्तिविकासमा अन्योल सिर्जना भएको छ । पमा लिन सकिन्छ, तर जातीय आधारमा यसको दुरुपयोग भइरहेको छ । जातीय आधारमा पनि आर्थिक तथा सामाजिक रूपले सम्पन्न वर्गले नै यसको फाइदा लिनु, एकै व्यक्तिले पटक–पटक यसको फाइदा लिनु, कुनै निश्चित समयका लागि भए पनि जातीयताका आधारमा दीर्घकालीन आवश्यकताको विषय बनाइनु, गरिब, असहाय, उत्पीडित वा पिछडिएको क्षेत्रका मानिसहरूको संरक्षण, उत्थान, सशक्तीकरण र आरक्षणको लागि खासै पहल नहुनु नै यो व्यवस्थाको नकारात्मक पक्षहरू हुन् ।

333
प्रकाश शर्मा 
सोमवार, भदौ २३, २०७६

जम्मा ५५ वटा एयर स्ट्रिप छन्, जसमध्ये ३३ वटा मात्रै सञ्चालनमा छन् । यीमध्ये प्रायः दुर्गमका एयरपोर्टहरू सञ्चालनमा आएका छैनन् । कुनै समय टिकट पाउन हम्मे–हम्मे हुने कतिपय विमानस्थल एक्कासि निकम्मा भए भने कतिपय निर्माण भएर चौरमा मात्रै सीमित भए । यो विडम्बनापूर्ण अवस्था आउनुका कारण धेरै होलान्, तीमध्ये केही यहाँ प्रस्तुत गरिएको छ । दुर्गममा सेवाको दौरान हासिल गरेका यात्रु तथा सज्जनवृन्दहरूको भनाइलाई आधार मानेर केही समस्या केलाउने प्रयास गरिएको छ ।

561
जगदीश दाहाल
सोमवार, भदौ २३, २०७६

संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणमा रहने उद्यमको माध्यमबाट समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवम् आकांक्षा पूरा गर्न स्वेच्छाले एकताबद्ध व्यक्तिहरूबाट स्थापित संगठन सहकारी हो । समाजका विभिन्न तप्काका नागरिकहरूमा रहे–भएको नगद सहकारीको माध्यमबाट जम्मा गरी सदस्यहरूबीचमा मात्रै परिचालन हुने अर्थात् एक–अर्काको उद्यम–व्यवसायमा मद्दत पु¥याउने कुरा भएकाले सहकारीको अवधारणा आफैंमा अत्यन्त राम्रो हो ।

2534
भगवान खनाल
आइतवार, भदौ २२, २०७६

आज निजामती दिवस । अपराह्न ४ बजे सिंहदरबारभित्र विविध कार्यक्रम पनि गरिँदैछ । हरेक वर्षका निजामती दिवसका नारा भने त्यसले प्रवाह गरेको सेवाले कुरीकुरी बनाइरहेको प्रतीत हुन्छ । संसारभर सार्वजनिक प्रशासन त्यहाँका जनताको सेवाप्रवाहको कार्यका लागि बनेको सार्वजनिक निकाय हो । यसलाई देशको सार्वजनिक प्रशासन हाँक्ने एक मियो मानिन्छ ।

2445
रिसव गौतम
आइतवार, भदौ २२, २०७६

सन् १९३० को विश्व आर्थिक मन्दीको प्रभावस्वरूप अन्तर्राष्ट्रिय व्यापारमा उदारीकरणका कदमलाई अधिकांश मुलुकबाट आर्थिक रणनीतिका रूपमा स्वीकार गरिएको पाइन्छ । विश्वयुद्धले जर्जर बनाएको विश्व अर्थव्यवस्थालाई पुनर्जीवन दिने प्रयास सन् १९४४ बाट भएको पाइन्छ । सन् १९४४ भएको ब्रेटन उड सम्मेलनबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक अभिवृद्धि र मौद्रिक स्थिरताका लागि विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, अन्तर्राष्ट्रिय व्यापार संगठन लगायतको स्थापना गरिएको थियो । यो संस्था मध्ये विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष कार्यान्वयनमा आउन सफल रहे । अन्तर्राष्ट्रिय व्यापार संगठन भने कार्यान्वयनमा आउन सकेन ।

341
दिलीपकुमार मुनंकर्मी
आइतवार, भदौ २२, २०७६

बैंकहरूले प्रकाशन गरेको आर्थिक वर्ष ०७५-७६ वित्तीय विवरणमा ६५ अर्ब रुपैयाँ मुनाफा देखाएपछि बैंकले बढी नाफा कमाउन थालेका नियन्त्रण गर्नुपर्छ भन्ने सर्वत्र आवाज उठ्यो । तर, बैंकहरूको मुनाफाका लागि परिचालित रकम, सञ्चालन तथा कर्मचारी खर्च र आयकर कटाएर बाँकी रहेको खुद मुनाफाबाट नियामकीय कोष छुट्याउँदा सेयरधनीको हातमा पर्ने लाभांशको दर मुद्रास्फीतिलाई समेत नधान्नेतर्फ कसैको ध्यान पुगेको देखिन्न ।

3183
गोविन्द चापागाईं
शुक्रवार, भदौ २०, २०७६

राजधानीको उत्तर–पूर्वमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा महामेला लागेको छ । भाद्र शुक्ल अष्टमी अर्थात् कागे अष्टमीका दिन बर्सेनि यहाँ मेला लाग्छ । नगरपालिकाको नाम नै कागेश्वरी मनोहरा नगरपालिका भएकाले पनि यस धार्मिक पर्यटकीय स्थललाई नगरपालिकाले विशेष महत्व दिएको छ । यो महामेला ३ दिनसम्म विशेष कार्यक्रम गरी मनाउने आयोजकले बताएको छ ।

430
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

दलविहीन पञ्चायती व्यवस्थामा औद्योगिक विकासको जग बसाल्ने प्रयास नभएको थिएन, तर निजी क्षेत्रको पहुँच र भूमिका सीमित थियो । विशेष गरी जलविद्युत्को क्षेत्रमा राज्यको उपस्थितिलाई सीमित गरिएको थियो । २०४७-४८ ताका स्थापना भएको सरकारले देशमा आर्थिक विकासलाई जोड दिन सर्वदलीय बहस सुरु गरियो । बहसमा भएको निष्कर्षले एउटा औद्योगिक लगानी मञ्च खडा गर्ने निधो भयो ।

369
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

वित्तीय संस्थाहरूले व्यक्ति तथा व्यावसायिक समूहहरूसँग करार गर्ने ब्याज र ब्याजदरको अभ्यास झट्ट हेर्दा सम्पूर्ण रूपले प्राविधकजस्तो लागे पनि यसको सामाजिक पक्ष पनि उत्तिकै महत्वपूर्ण र झन् सान्दर्भिक हुन आउँछ । साहू–महाजनकहाँ गई ब्याजमाा पैसा लिएर गर्जो फुकाउने हाम्रो नेपाली परम्पराले वि.सं. १९९४ सालमा स्थापित नेपाल बैंक लिमिटेडको स्थापनासँगै संस्थागत रूप हासिल गरेको इतिहास सर्वविदितै छ । स्थापनाकालमा सो बैंकको मुख्य काम भनेकै धितोमा निक्षेप स्वीकार गरी ब्याजमा कर्जा प्रवाह गर्ने थियो ।

335
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

विश्वका कुनै पनि जातजातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुन्छ । त्यसमा पनि आदिवासीका उत्पत्ति थलो र उनीहरूका ऐतिहासिक भूमि मात्रै नभएर अन्य जातजातिका भन्दा भिन्नै वा फरक आफ्नो छुट्टै मातृभाषा, धर्म, वेशभूषा, संस्कार, संस्कृति, रहनसहन आदि हुन्छ । त्यस्तै यहाँ नेपालका प्राचीन जातिमध्ये किरात महाजातिभित्रका एक जाति (समुदाय) कुलुङ जातिका बारेमा छोटो चर्चा गर्ने प्रयास गर्दै उनीहरूको उद्गमथलो ‘महाकुलुङ’ भूमिलाई ‘महाकुलुङ हेरिटेज ट्रेल’ का रूपमा पर्यटकीय हिसाबले किन विकास नगर्ने ? भनी यहाँ एक चर्चा गरिएको छ ।

283
दामोदर तिमल्सेना
बिहिवार, भदौ १९, २०७६

पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पूर्व–पश्चिम फैलिएको नेपालको समथल भूभाग तराई क्षेत्र कुल भूभागको १७ प्रतिशत रहेको र कुल जनसंख्याको ५०.२७ प्रतिशत जनसंख्याको बसोबास रहेको छ भने नेपालका ठूलठूला औद्यौगिक सहरहरूका साथै कृषिक्षेत्रको उर्वर भूमिका रूपमा रहेको तराई क्षेत्रको समृद्धि र विकासमार्फत नै नेपालको राष्ट्रिय अर्थतन्त्र मजबुत हुन जाने देखिन्छ । औलो उन्मूलनपछि तीव्र रूपमा आवादी तथा बसोबास भएको यस क्षेत्रमा बाहुन, क्षेत्री, थारु, राजवंशी, यादव, मुस्लिम समुदायको बसोबासका कारण बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचानको केन्द्रबिन्दु रहेको छ ।

479
प्रा. डा. हरि शर्मा
बिहिवार, भदौ १९, २०७६

अन्ततोगत्वा समग्रमा नेपाल सरकार र विशेषतः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आगामी नेपाल भ्रमण वर्ष–२०२० प्रति गम्भीर रूपमा प्रस्तुत भएको छ । यसको श्रेय सरोकारवाला युवामन्त्रीलाई जान्छ । उहाँले हालै आफू मन्त्री भएको महिना दिनपश्चात् आफ्नो मातहतका सम्पूर्ण निकायको अध्ययन गरी उद्योगको दिगो विकासका लागि नेपाल भ्रमण वर्ष २०२० लाई समेत सरकारबाट कसरी टेवा पु-याउन सकिन्छ, त्यसतर्फ किटान साथ आफ्नो मन्त्रालयका प्रतिबद्धताहरूलाई स्पष्ट रूपमा अनलाइनलगायत विभिन्न सञ्चारमाध्यमहरूबाट जनसमक्ष प्रस्तुत गरेका छन् ।

329
झलनाथ खतिवडा
बुधवार, भदौ १८, २०७६

नेपाल र नेपालीले मनाउने चाडपर्वहरू अनगिन्ती छन् । यो हाम्रो देशको चिनारी हो र देशको पहिचान पनि हो । नेपाल एउटा सार्भभौमसम्पन्न मुलुक हो । नेपाली समुदायमा विभिन्न जातजाति, भाषाभाषी छन् । हिमाल, पहाड, तराई, मधेस, पूर्व, पश्चिम सबै ठाउँमा आ–आफ्ना मूल्य–मान्यता र रीतिरिवाजअनुसारका चाडपर्व मनाउने गरिएको छ, जसले गर्दा चाडपर्वलाई घरपरिवार, छरछिमेक साथीभाइ तथा इष्टमित्रहरूमा भेटघाट गर्ने, मीठो–मसिनो बनाएर खाने, खबर आदानप्रदान गर्ने, चेली–माइतीको सम्बन्ध सुमधुर बनाई आपसी भलाकुसारी गर्ने माध्यमका रूपमा लिने गरिएको पाइन्छ ।

357
प्रकाश शर्मा ढकाल
बुधवार, भदौ १८, २०७६

गत वर्ष नेपालमा ११ लाख ७२ हजार पर्यटकको आगमन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा करिब २५ प्रतिशतले वृद्धि हो । चौधौं योजनाले वार्षिक पर्यटक आगमन संख्या १२ लाख पु¥याउने, औसत बसाइ १५ दिन, प्रतिपर्यटक प्रतिदिन औसत खर्च ६० डलर पु¥याउने लक्ष्य लिएकोमा पर्यटक आगमनको संख्यात्मक लक्ष्यको करिब नजिक–नजिक पुगे पनि अन्य लक्ष्य प्राप्त हुन सकेनन् ।

414
कारोबार संवाददाता
मंगलबार, भदौ १७, २०७६

गरिबी नेपालको सामाजिक तथा आर्थिक विकासको प्रमुख बाधक तत्वका रूपमा रहेको छ । यो राज्यको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवेश र कुशासनको उपज हो, जसले मानवको जीवनलाई अशक्तता, एकांकीपन, हीनताबोध र विपन्नतामा पु¥याउँछ । गरिबहरूले जीवनभर न्यून ज्यालामा श्रम गर्नुपर्ने, बचत गर्न नसक्ने, दैनिक जीवन निर्वाह गर्न मुस्किल पर्ने र अधिक जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था रहेको हँुदा गरिब पुनः गरिबीको दुष्चक्रमा पर्ने गर्छन् ।

370